सुदूरपश्चिम र छाउ अनुभूति

छाउ गोठ एक अनुभव तर फरक अनि रमाइलो साउनको मुसलधारे पानी परेको छ म सोच्दै छु यो झरीमा केन्द्रका मिडियामा सुदूररका दूर बस्तीका गोठमा रात बिताएकी कुनै नारीको व्यथा र कथा अथवा छाउ गोठको चर्चा किन चलेको छैन ? बर्षभरी सेलाएर किन पुष माघमा मात्र चर्चा हुन्छ ? साउन भदौको मुसलधारे झरीमा पनि त चुहिन्छ होला छाउ गोठ ?
चैत वैशाखको हावाहुरीले पनि त उडाउछ होला गोठ ? खरले छाएको गोठको छानो त्यति बेला किन चर्चा पाउदैन होला ? म सम्झन्छु उच्च शिक्षा अध्ययन गर्ने उदेश्यले काठमाडौ पसेकी मलाई घर कता नि ? बोली त पश्चिमको जस्तो छ भन्ने प्रश्न्न धेरैले सोधेका थिए/ सोध्छन् l घर सुदूरपश्चिमभन्ने जवाफ फर्कन नपाउँदै छाउगोठ र छाउपडीबारे प्रश्न आउँछ आउँछ । प्रश्नकर्ताका आँखाले मलाई यसरी हेरिरहन्थे मानौ म छाउगोठबाट भर्खर निस्केर काठमाडौं आइपुगेक हुँ । मसँग छाउ हुँदाको आलो रगत नै बाँकी छ झैं गर्छन् र म मुसुक्क मुस्कुराउँदै जवाफ दिन्थे धैर्य गर्नुहोस् महोदय ! मैले नि छाउगोठबारे सुनेकी मात्र हुँ देखेकी छैन ।
सबै सुदूरपश्चिमबासीसँग छाउगोठका व्यथा हुदैनन् । म पनि सुदूरको एक गाउँमा छाउ भएकी हुँ l मसँग कथा मात्र छ, व्यथा छैन l
सुन्नु हुन्छ त मेरो रमाइलो अनुभव ?
म डोटीमा जन्मेकी हुँ जन्मिदाको समयमा आधारभूत शिक्षा स्वास्थ खानेपानीको पहुँच पुगेकै थियो म । सोह्र वर्ष गाउँमा बिताएकी नारी हुँ । रमाइला यादहरू धेरै छ्न मसँग र म त्यही गाउँमा पहिलोपटक छाउ भएकी थिएँ । कुनै कविले कवितामा र कुनै आख्यानकारले आख्यानमा व्याख्या गरे जसरी, कुनै एनजीओ आइएनजीओको रिपोर्टमा उल्लेख भएर राष्ट्रिय मिडियाबाजी भए झैँ मलाई छाउहुँदा एक्लै घरदेखि टाढा कुनै छुट्टै गोठमा राखिएन । मैले मेरो गाउँसँगै वरिपरिको अरू गाउँमा पनि कहीं देखिन छाउगोठहरू जति काठमाडौँका पत्रपत्रिकाहरूमा देखिए l केही अपवाद हुनसक्छन् र छन् तर अपवाद अपवाद हो आम नियम होइन l विभिन्न सरकारी र गैरसरकारी संस्थाका रिपोर्टहरू जसरी भरिन्छन् तिनमा अपवादलाई नियमको रूपमा आम समस्याको रूपमा सामान्यीकरण गरिएको पाइन्छ । मभन्दा अगाडिका मेरा दिदी फुपूहरू र मभन्दा पछाडिका मेरा बैनीहरू पहिलोपल्ट छाउ हुँदा आमाबुबा भन्दा टाढा त हुन्थे तर एक्लै हैन आफू उमेरका साथीसँग हुन्थे निराश ,उदास र हतास मुद्रा र स्थितिमा हैन, रमाइलो वातावरण र परिवेशमा राखिन्थे/राखिन्थ्यौं ।
हामी केटीहरूको लागि सबैभन्दा खुशिको पल हुन्थ्यो कसैले आएर भनिदिए फलानी त पहिलो पाली छाउ भै छ नि ? किनकि पहिलोपल्ट छाउ हुँदा आफूसँगका साथी दौंतरी आउँथें l रात बिताउन ( पहिलो पल्ट मैनावारी हुँदा सुत्न जाने पछि उनीहरू नि आउछन् आफू हुँदा भनेर पर्म गर्ने चलन छ ) मभन्दा पहिलेका दिदीहरू साथीहरू पहिलोपटक महिनावारी हुँदा स्कुल गएनन् चौथो दिनसम्म l त्यतिबेला चार दिन हुँदासम्म घरमै बस्ने चलन थियो । किताब छोएमा पाप लाग्छ भन्ने गरिन्थ्यो । म स्कुल जाने समयमा महिनावारी भएकी थिएँ l एक्लै घर बस्नु पर्छ भनेर कसैलाई केही न भनी स्कुल गएकी थिएँ l आफूले छोएको पानीको भाँडो घरबाट टाढा घोप्टायर राखेर गएका कारण सबले अनुमान गरिसकेका थिए यो छाउ भै सकेकी छ भनेर एक पल्ट छुनु र सय पल्ट छुनु एकै भनेर मलाई स्कुल जानबाट रोकिएन । दिनमा स्कुल जाने अनुमति नभए नि एक्लै छोडिदैनथ्यो । संगिनीहरू ( साथी) बेला बेला गएर भेटने गफ गर्ने गर्दथे या भनौ दिन रात त्यही घरमा बिताइन्थ्यो ।
आजभोलिका बैनीहरू पहिलो पटक छाउ हुँदा पराउने ( राती सङ्गै सुत्न जाने ) चलन छाडेका छैनन् । उसै गरी जान्छन् जसरी हामी जान्थ्यौं तर बैनीहरू एक्लै दिनभरी घरमा बस्दैनन स्कुल जान्छन् । मलाई कहिलेकाहीँ सम्झिदा खुशी लाग्छ घरमा नबसी स्कुल जाने चलनको सुरुवात मेरो गाउँमा मैले गरेकी थिएँ। हाम्रा छाउगोठ भनेका शहरको मोहले घर छोडेर गएकाको घर हुन्थ्यो । ( पहिले गाउँमा मान्छे बढी घर कम हुँदा त गोठामै सुतेका थिए होलान् तर अलगै गोठ खासै कहीं देखिएन घरकै गोठमा भने सुत्थे होलान् ) गाउँकी कोही छोरी छाउ हुँदा त्यो घरले पनि सहारा पाउथ्यो केही दिनका लागि । अरूको घरमा रात बिताउन घरकाको अनुमती लिनुपर्ने समय र समाज थियो तर मेरा साथी पहिलोपटक छाउ भएकी छ भन्दा त्यति भने पुग्थ्यो । आमा बुबाले आफै बुझ्थे अबका चारपाँचदिन छोरीको घरमा बास हुने छैन भन्ने थाहा हुनथ्यों l जीवनको सबैभन्दा रमाइलो क्षण थिए जब जब कोही संगी, दिदीबहिनी पहिलोपल्ट महिनावारीवारी हुन्थे । रातभरिको हाँसो ठट्टा रमाइलो अँधेरी रात उजाला मन । कुनै साथी छाउ हुनुमात्र खुसीको क्षण बन्थे l मिठामिठा फलफूल पाक्ने सिजन हुनुले अझ खुशी थपीदिन्थ्यो । सुनसान रातमा मिठा फलफूल चोरेर खानुको मजा बेग्लै थियो । जवानीको रङ्ग चड्दै गरेको भएर पनि होला विशिष्नुट अनुभूति, बेग्लै अनुभव र फरकपनको महसुस हुन्थ्यो l
पहिलोपटक महिनाववारी हुँदा घरमा वास उठाल्ने ( सेलरोटी पकाउने ) चलन छ । चारदिन भएको दिन पधेरामा नुहाएर आएकी छोरीलाई टीका लगाएर नयाँ लुगा , दक्षिणा ,चामलको थालमाथि नरिवल ,छोकडा, चकलेट फलफूल राखेर दिने चलन रहेको छ । दिएको चामलको भात र त्यही दक्षिणाले चाउचाउ किनेर सबै मिलि खाएको सम्झना ताजै छन् अझै पनि । छाउ भएकी साथी चोखिएर आफ्नो घर जाँदा बिदाइ गरी पठाएको बेहुलीको घर जस्तो सुनसान र खल्लो महसुस हुन्थ्यो । रमाइला र स्वतन्त्रताका पलहरू सकिए भन्दै मन दुखी हुन्थ्यो । पहिलोपल्ट महिनावारी हुँदा त्यति धेरै नयाँ अनुभव र रमाइलो पल बिताएकाहरूकको मन झन धेरै निराश हुन्थ्यो किनकि अब प्रत्येक पटक महिनावारी हुँदा आफ्नै घरमा एक्लै सुत्नपर्छ भनेर ।
म भाग्यमानी मान्छु आफूलाई कि म कुनै छाउगोठमा जन्मिएन कुनै छाउगोठमा एक्लै बसिन । कुनै मिडियामा मेरो गाउँको कुनै कुप्रथाबारे हेर्न र सुन्न परेन । हो नेपालको अन्यत्र ठाउँमा भए जस्तै मेरो ठाउँ सुदुरपश्चिममा पनि रोग, भोक, छाउप्रथा, अशिक्षा,अचेतना र अविकास छ तर एक दुई अपवादलाई सामान्यीकरण गरेर जे र जसरी सुदुरपश्चिमको छाउ बारे समाचार बन्छन् र बाहिर आउँछन् त्यसमा अतिरन्जनाको अंश पनि त्यति नै हुन्छ l यहाँ स्मरणीय छ : नेपालको सुदुरपश्चिम त्यही ठाउँ हो जसले २०१५ को आम निर्वाचनमा महिला उमेद्वार द्वरिकादेवी ठकुरानीलाई चुनाव जिताएर पठाएको थियो जतिबेला आजको विकसित र विश्वको नमुना स्वीजरल्याण्डमा महिलालाई भोटिंग राइट समेत थिएन l नेपालमा एउटा महिला प्रत्यक्ष चुनाव जितेर मन्त्री बनेको १२ वर्ष पछि मात्र स्वीजरल्याण्डमा महिलालाई भोटिंग राइट प्राप्त भएको थियो l
बाँकी प्रत्येक हिन्दु सनातन धर्म मान्नेहरूको घरमा जसरी छाउ हुँदा मन्दिर जान पूजा गर्न र खाना पकाउन अनुमति छैन त्यही नियमको पालन भने म प पनि गर्छु । यो नियम भित्र छाउ हुँदाको शारीरिक अवस्था, स्वास्थ्यको जटिलता आदिको कारण महिनामा ४ दिनको आराम अवस्था भनेर लिन र बुझ्न सकिन्न र ? पर बस्नुको अर्थ छाउ गोठ या अन्तै अलग्गै बस्नु , अन्तै रहनु बिना स्याहार बिना आहार रहनु होइन , बरु आफ्नो शरीरको विशेष ख्याल गर्नु , उचित देखभाल गर्नु , स्वास्थ्य वर्द्दक पोषणयुक्तखाना खानु र आरामको अवस्थामा रहनु हो l स्त्री जातीको माषिक धर्म अर्थात् उनको शरिरबाट रगत बहेकै कारण मानव जातिको अस्तित्व पृथ्वीमा भएको हो त्यसैले यो प्राकृतिक कुरा स्वाभाविक सृष्टीको अनुपम बरदानलाई घृणा,अपमान,र छोइछिटोको सबालबाट बर्जित बनाइनु पर्छ, हुनु पर्छ l
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l