‘गणेशकवि श्यामदास वैष्णव’नामक जीवनीकृतिको लोकार्पण

नइ प्रकाशनको संयोजनमा वानीरा फाउन्डेसनले शुक्रबार राजधानी काठमाडौँमा गणेशकवि श्यामदास काठमाडौँ, नइ प्रकाशनको संयोजनमा वानीरा फाउन्डेसनले शुक्रबार राजधानी काठमाडौँमा गणेशकवि श्यामदास वैष्णवको शतवार्षिकी मनायो । सो अवसरमा नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘गणेशकवि श्यामदास वैष्णव’नामक जीवनीकृतिको पनि लोकार्पण गरिएको छ l
प्रमुख अतिथि लोकमानसिंह कार्कीलगायत नीर शाह र ई.शङ्कर गिरीबाट लोकार्पित उक्त कृतिमा वैष्णवको जीवनका सम्पूर्ण दस्तावेजलाई सङ्क्षेपमा प्रस्तुत गरिएको छ । समारोहका प्रमुख वक्ता नीर शाहले श्यामदास वैष्णवका जीवनका विविध पक्षमाथि प्रकाश पार्नुभएको थियो ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा मदनदास श्रेष्ठ, भगवती बस्नेत र नरेन्द्रराज प्रसाईले वैष्णवको जीवन र कृतिकाबारे मन्तव्य प्रकट गर्नुभएको थियो ।
‘गणेशकवि श्यामदास वैष्णव’नामक जीवनीकृतिमा वैष्णवको बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजात, उत्तम कुँवर र वानीरा गिरीसँगको अन्तरसम्बन्ध पनि सविस्तार खुलाइएको छ ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l