नेपालको परिवर्तनले बङ्गलादेशको ढाँचा बोक्न सक्दैन - प्रा.डा. युवराज संग्रौला

बङ्गलादेशको वर्तमान राजनीतिक परीवर्तन त्यहाँको जनताको आत्मनिर्णयको अधिकार हो l अन्य देशले सम्मान गर्नु पर्छ, तर त्यहाँ भएको आन्दोलनका गतिविधिहरूले अनेकन "शंका पनि उब्जाएका छ्न ।" जुन व्यक्तिले स्वतन्त्रताको आन्दोलनको नेतृत्व गर्यो, उसमाथिको अभद्रताले यो हदको आन्दोलन निष्कलङ्क देखिएको छैन ।
विगतमा नेपालमा पनि माओवादी आन्दोलनताका पृथ्वीनारायणको सालिक फुटाउने, मधेस आन्दोलनको बेला वीपी कोरालाको सालिक तोड्फोड गर्ने काम भए यी कार्य नितान्त गलत र अभद्र थिए । राष्ट्रको इतिहासमा योगदान दिने व्यक्तिको अपमान गर्ने आन्दोलन "लोकतान्त्रिक आन्दोलन" हुन सक्तैन । शेख हसिनाको अधिनायकवादको विरोधका अतिरिक्त "विदेशी खेल प्रष्ट देखिन्छ ।"
१. नेपालमा परीवर्तनका लागि आन्दोलन गर्ने जनताको अधिकार हो, तर जुन तरिकाले बङ्गलादेशको आन्दोलन भयो त्यसका अतिरिक्त एउटा अनिश्चित र अवान्छित अराजकताको आह्वान केही मानिस गरीरेहेका छ्न, त्यो उचित छैन । जनताले भ्रष्ट शासनलाई मतपत्रबाट सत्ता च्युत गर्ने र दण्ड दिने व्यवस्था हामीसँग छ ।
२. नेपालमा यस किसिमको अराजकताको समर्थन गर्ने मानिस अरूबाट प्रयोग हुन सक्ने खतरा छ । भावनाको वेगले राष्ट्रमा राजनीतिक स्थायित्व आउँदैन l जुनसुकै किसिमको उदेश्यहीन अतिवाद र अधिनायकवादका बिचमा भिन्नता हुन्न ।
३. दक्षिण एसिया भूराजनितिको चपेटामा पर्ने संकेत देखिन थालेको छ । विश्वमा देखिन थालेको उत्तर र दक्षिण बिचको तनाव बङ्गलादेशमा पोखिएको छ । बङ्गलादेशमा हवाई अखडा दिन शेख हसिनाले इन्कार गरिन् , बङ्गलादेश टुक्र्याउने खेल भए । तर भारतले यो कुरा बुझ्न सकेन र शेख हसीनाले उनका पार्टी समर्थकलाइ मात्रै जनता देखेर ठूलो भुल गरिन् । यस्अतो भूल प्राय: शासकहरू गरिरहन्छन् l बुढेसकालमा मानिसको सुद्धी हराउँछ भन्ने उनका सहयोगीले बुझेर काम गर्न सकेनन् ।
बङ्गलादेशको राजनीतिक परिदृश्य स्वाभाविक होइन । यसका दुईपाटा छन् l शेख हसिनाको सरकार डुबेको थियो, भ्रष्टाचारमा । आर्थिक विकास राम्रो भयो, तर त्यसले अकल्पनीय "आम्दानी समानता" जन्मायो । गजबको कुरा त "यो असमानताको सम्बोधन गर्ने होइन, सहिदका नाममा आंरक्षणको गलत बाटो यो सरकारले लियो र जमाइते स्लाम जस्तो घोर दक्षिण पन्थी शक्तिले खेल्ने मौका पायो । एक वर्ष अगाडि म बाङ्लादेश "चिटगंङ्ग इन्डिपेन्डेन्ट युनिभर्सिटी" हुँदा त्यहाँका विद्यार्थीमा भुसको आगो जस्तो बढिरहेको आक्रोश र निराशा देख्न सक्थें । जतिबेला जहाँ पनि बोलिन्थ्यो "बङ्गबन्धु ।" यो कुरा शेख हसिना सरकारको लोकतन्त्र विरोधी चरित्र थियो, जो आजको दिन निर्माण गर्न जिम्मेवार छ । तर उनले यो बुझिनन्, उनी आफ्नो ताकत अपराजयी ठान्थिन् । चाटुकारहरूले घेरेका थिए । दोस्रो कारण "विदेशी" को दादागिरीमाथि शेख हसिनाले संझौताहीन लडाइँ लडेकै हो । विदेशी एन्जिओ माथिको शक्ति र विदेशी गतिविधि माथिको नियन्त्रण उनको सही निर्णय थियो । तर पछिल्लो पटक उनी जनताको समर्थन लिन असफल रहिन् ।उनलाई समर्थन र सहयोग गर्ने बिज्ञहरूलाइ चाटुकार पदखोरले हटाए, परिणाम उनी जे रोक्न चाहन्थिन त्यही बलियो भयो । सैनिक र प्रहरी जनता विरोधी थिए र भ्रष्ट थिए । उनीहरूले मुख बन्द गरे, जनताको । यस्तो लाग्थ्यो, बङ्गलादेश शैनिक शासन अन्तर्गत छ । उनलाई कमजोरी सहितको मान्छेबाट कमजोरी रहितको देवता बनाउन र उनको देवत्वकरण गर्न उनका समर्थक र नजिक रहेका चाटुकार मानिसहरू लागिरहे र त्यसैमा मस्त रहे, व्यस्त रहे । नेपाल यस अर्थमा भने फरक छैन । नेपालमा पनि सत्ता र शक्तिको नजिक रहने मान्छेको मूल कर्म भनेको नै त्यसको नित्य भजन उतार्नु र कमजोरी ढाकछोप गरिदिनु रहेको पाइन्छ l
४. बङ्गलादेशमा आन्दोलनकारीले पनि विरोधी मारीरहेका छन् । त्यसको लेखाजोखा पनि गर्नु पर्दछ l भद्र मानिसको ज्यान त्यहाँ अझै खतरामा छ । हिन्दुअल्प संख्यकमाथि अपराध भैरहेका छन् । थुप्रै मानिस भागिरहेका छन् l भारत हुँदै कतिपय मानिस नेपालमा शरणार्थी बन्ने संभावना पनि छ । यसले नेपालमा शरणार्थीको अर्को समस्या आउन सक्छ ।
५. सरकारले तत्काल नेपाल भारत सिमानामा परीचपत्रको अवलोकन गरेरमात्र मानिस नेपाल पस्न सक्ने व्यवस्था करिब छ महिनाको लागि गर्नु उपयुक्त हुन्छ l यसतर्फ राष्ट्रको र सरकारको ध्यान यथाशक्य पुग्नु पर्दछ l
६. युवा तथा विद्यार्थीले बङ्गलादेश घटनालाई "सतप्रतिशत" समर्थन गर्नु र नेपालमा त्यसै होस भन्नू मूर्खता हुनेछ । असफल नेताहरूलाई फ्याँक्ने नाममा देशको स्वाधीनता समाप्त हुन सक्छ । आँप झरेन भनेर बोटै काट्नु कति उचित हो ? कति अनुचित हो ? विवेक प्रयोगको आवश्यकताको खाँचो छ l
मित्रहरू, दिगो परीवर्तनलाइ विकासको खाका निर्माण गर्नुपर्छ । नयाँ घाँस उम्रिन्छ भनेर जंगलमा आगो लगाउने दुर्मति छोडौं । विचारले विकासका कार्यक्रमको खाका बनाउँछ l त्यसैले "म एउटा मानिस खोजिरहेछु होइन,म एउटा विचार खोजीरहेछु l उन्नत चेत खोजीरहेछु गाउन थालौं । लि क्वानले होइन सिङ्गापुर बनाएको, उनको अठोट र विचारले हो । नेपालको परिवर्तनले बङ्गलादेशको ढाँचा बोक्न सक्दैन ।
स्मरणीय: प्रा.डा. युवराज सङ्ग्रौलाको फेस बुक पेजबाट हामीले यो विचार र उहाँको फोटो साभार गरेका छौं l सम्पादक
देश जुन अवस्था र परिस्थितिबाट अघि बढिरहेको छ र संकटग्रस्त बन्दै छ यसले संभावित दुर्घटनालाई संकेत भने...
सरकारी तहबाट उनको घर जाने बाटोको नाउँ वासु शशी गल्ली राखियो ।
विद्यार्थी आन्दोलन कहिल्यै विसर्जन नहुने प्रवाह र जुनसुकै किसिमको निरङ्कुुशताको अपोजिसन हो– स्ववियु...