३३ वर्ष पुरानो मुद्दामा कांग्रेस सांसद केसी जेल चलान

तुलसीपुर : लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । रुकुम पूर्वको प्रदेशसभा (ख) बाट निर्वाचित केसी ३३ वर्षअघि जिल्ला अदालत रुकुमले दोषी ठहर गरेको कीर्ते मुद्दामा कारागार चलान भएका हुन् । यसअघि प्रहरीको फरार सूचीमा रहेकै अवस्थामा विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट विजयी भएका थिए ।
अदालतले दोषी ठहर गरेका व्यक्ति प्रदेशसभा सदस्य भएको भन्दै चौतर्फी विरोध भएपछि केसीले आज रुकुम पूर्व जिल्ला अदालतमा आत्मसमर्पण गरे । उनलाई आज नै कारागार चलान गरिएको रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिए ।
श्रीमतीसँगको अंश मुद्दामा कीर्ते गरेको भन्दै २०४८ असार ९ गते अदालते एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । सम्बन्ध विच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले जाहेरी दिएकी थिइन् । सोही मुद्दामा दोषी ठहर भएका केसी कैद भुक्तान नगरी बसेका थिए ।
विसं २०७५ साल वैशाख ३१ गते रुकुम पश्चिम जिल्ला अदालतले केसीविरुद्ध पूर्व फैसलाअनुसार कारबाही नभएको भन्दै रूकुम पूर्वी जिल्ला अदालतका नाममा त्यसबारे पत्राचार गरेको थियो ।
अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्...
रास्वपाले पार्टीको दस्तावेजमै उल्लेख गरिसकेको विषय हो यो अन्यथा होइन l
केन्द्रीय समितिको निर्णयको स्वीकार्यता फराकिलो हुने भन्दै केन्द्रीय समिति बैठक आह्नवान गरिएको हो ।