खगेन्द्र सुनारको नेतृत्वमा दलित समुदायको ऐतिहासिक प्रदर्शन, दशौ हजारको उपस्थिति

काठमाडौँ, असोज ४ - गत साउन २३ गते देखि अनवरत ४४ दिन माइतीघर मण्डलमा नेल सहित धर्नामा बसेका 'दलितका लागि दलित' अभियानका संयोजक खगेन्द्र सुनारले काठमाडौँमा असोज ३ गते संविधान दिवसको दिन बृहत शक्ति प्रदर्शन गरेका छन् l
दशौँ हजारको जुलुस माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको थियो l जुलुसमा कोही अर्धनग्न थिए l थिए भने दुई दर्जन मान्छेहरू साङ्लोमा बेरिएर प्रदर्शन गरेका थिए l बाजा गाजा सहित प्रदर्शनमा दलित समुदायका व्यक्तिहरू उपस्थित भएका थिए l
दलितलाई खै ? भन्ने टिसर्टमा विभिन्न जिल्लाबाट मानिसहरू आएका थिए l आफ्नो परम्परागत पेशा सम्बद्ध सिप पनि प्रदर्शन गरिएको थियो l इतिहासमा सम्भवत दलित समुदयाको यति ठुलो शक्ति प्रदर्शन कहिल्यै भएको थिएन l सभामा खगेन्द्र सुनारले मात्रै बोलेर आफ्नो भावी योजना प्रस्तुत गरेका थिए l उनी भन्दै थिए : 'अब 'दलितको लागि दलित'ले दलितलाई खै ? भन्दै सातै प्रदेशको गेट अगाडि प्रदर्शन दशैँ अगावै गर्ने र दशैँ पश्चात देशभर ७७ जिल्ला र त्यसपछि पालिका स्तरसम्म 'दलितलाई खै भन्दै पुग्ने हाम्रो योजना छ त्यसमा दलित समुदायको साथ आवश्यक छ यसै गरी दिनु होला l
दलितलाई संविधानले ग्यारेन्टी गरेको चिज भन्दा पर गएर हामीले अहिले केही माग गरेका छैनौ l सरकार दमन र अमर्यादा गरेर पेलेर मिचेर नै जान्छ भने हामी हतियार ब्नौनेका सन्तान हतियार बनाउन र खेलाउन दुवै जान्दछौ तर हामी आज पनि भनिरहेका छौं हामी शान्तिपूर्ण बाटो बाट नै दलितको माग र मुद्दामा बहस गर्न तयार छौं l हाम्रो आत्मसम्मान र मर्यादाको ग्यारेन्टी गर्ने संवैधानिक हक लागु गरियोस् l अन्यथा चुप लागेर सहेर सधैं जी हजुर भनेर दलित दबिएर बस्न तयार छैन l हामी आफ्नो बुतामा यहाँ भेला भएका हौँ अब दलित जाग्यो दलित जागे पछि सेलाउँदैन र आफ्नो हक लिएर नै छोड्छ l हामीले कसैको दयामायाको भिक मागेका होइनौ l सार्वभौम नागरिक अधिकारको निर्वाध प्रयोग र समुचित वितरणमा हाम्रो हिस्सा खोजेका हौँ l
दलितले पाउने अधिकार उधारोमा होइन हाता हाती र नगदमै लिन दलित तयार छ l हाम्रो लडाई कुनै गैर दलितका विरुद्ध बाहुन क्षेत्री लगायत अने समुदाय र व्यक्तिका विरुद्ध होइन l हाम्रो लडाई राज्यसँग हो l राज्यले दिने पर्ने समता मर्यादा र अधिकारको लागि हो l कुनै अमुक समुदायसँग हाम्रो दुश्मनी छैन l हामी आफू भोको बसेर देश निर्माण गरेका सिल्प, प्रविधि गायन बाद्यन कला, श्रम र आविष्कारमा योगदान गरेका समुदायका मान्छे हौ हामीलाई राज्यमा बराबरी हक र सम्मान चाहिन्छ l हामीमाथिको हजारौ वर्ष देखिको अत्याचार रोक्न हामी यहाँ भेला भएर आव्हान गरिरहेका छौ l खगेन्द्र आफ्नो माग सारमा यसरी प्रस्तुत गर्दै थिए l
'विशेषत: दलित समुदायका लब्ध प्रतिष्ठित व्यक्तिहरू, व्यापारी, व्यवसायी, प्राज्ञिक व्यक्तिहरू, बुद्दिजीवीहरू अनि सर्व साधारण दलितहरूको उल्लेख्य उपस्थिति रहेको सभामा प्राय सबै जिल्लाको सहभागिता रहेको थियो l प्रेम नारायण विश्वकर्मा र प्रकाश प्रतिकारको उदघोषणमा सम्पन्न सभामा कलाकारहरूले गीतसंगीत प्रस्तुत गरेर रमाइलो माहोल सिर्जना गरेका थिए l
२०७७ जेठ १० मा रूकुमको सोतीमा अन्तर्जातीय प्रेम सम्बन्ध र विवाहको विषयलाई लिएर नवराज विश्वकर्मा लगायत ६ युवाहरूको सामुहिक हत्या पश्चात 'दलितका लागि दलित' अभियान मार्फत खगेन्द्र सुनार दलित जागरणको आन्दोलन गरिरहेका छन् l
अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्...
रास्वपाले पार्टीको दस्तावेजमै उल्लेख गरिसकेको विषय हो यो अन्यथा होइन l
केन्द्रीय समितिको निर्णयको स्वीकार्यता फराकिलो हुने भन्दै केन्द्रीय समिति बैठक आह्नवान गरिएको हो ।