अमेरिकाको डिभी लट्री (चिट्ठा ) सन् २०२५ को लागि आवेदन खुल्यो

अमेरिकाको डिभी लट्री( चिट्ठा ) भर्ने मिति खुलेको छ । न्युयोर्क समय अक्टोबर २ बुधबार मध्यान्ह १२ बजेदेखि डिभी लट्री खुलेको हो । नोभेम्बर ५ मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने छ । दर्ता अवधिमा एक व्यक्तिको लागि एक भन्दा बढी निवेदनहरू पेश भएमा त्यस व्यक्तिको लागि सबै आवेदनहरू अयोग्य हुने चेतावनी ब्यूरो अफ कन्सुलर अफेयर्सले दिएको छ ।
अमेरिकाले हरेक वर्ष हजारौँलाई डाइभर्सिटी भिसा चिट्ठा अन्तर्गत विभिन्न मुलुकका नागरिकलाई आफ्नो मुलुकमा भित्र्याउँदै आएको छ । यो तीन दशकअघिबाट गर्दै आएको हो ।नेपालीसहित विश्वका विभिन्न मुलुकका नागरिकले अमेरिका जानका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा अनलाइनबाट डाइभर्सिटी भिसा अर्थात् डिभी चिट्ठा भर्दै आएका छन् ।
अमेरिकाले आफ्नो मुलुकमा विश्वका विभिन्न मुलुकका मानिसलाई भित्र्याउनका लागि डिभी चिट्ठा कार्यक्रम ल्याएको हो ।आफ्नो देशको जनसङ्ख्यालाई अझ विविध तुल्याउनका सन् १९९१ म तत्कालीन राष्ट्रपति जर्ज एचडब्ल्यू बुशले डिभी कार्यक्रम थालेका थिए । त्यसयता हरेक वर्ष यो कार्यक्रम जारी छ ।
यसको अर्थ पछिल्ला ५ वर्षमा ५० हजारभन्दा कम मानिसहरू जुन देशबाट अमेरिका आउँछन् त्यो देशका लागि मात्र यो कार्यक्रम उपलब्ध छ । अमेरिकामा धेरै आप्रवासन दर भएका अन्य मुलुकका लागि डिभी चिट्ठा कार्यक्रम उपलब्ध छैन । उनीहरूले अमेरिका जान अरू नै माध्यम प्रयोग गर्नुपर्छ ।
डिभीको लागि क्युवा अयोग्य
यो बर्ष क्युवा डिभी लोटरीका लागि अयोग्य भएको छ भने योग्यताका सन्दर्भमा विगतका बर्षहरूको तुलनामा कुनै परिवर्तन गरिएको छैन । प्रणालीमा समस्या हुनसक्ने भएकाले डिभी भर्नका लागि अन्तिम मितिसम्म नकुर्न सुझाव दिइएको छ ।
यसपटक भरेकाहरूको डिभी लट्रीको नतिजा सन् सन् २०२५ को मे ३ मा आउनेछ । त्यसपछि उनीहरूले अक्टोबदेखि भिसा पाउन सुरु गर्नेछन् । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरूले पनि यसपटक डिभी भर्न सक्नेछन् । साथै यसपटक पनि डिभी लट्रीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छैन ।
डिभीका लागि योग्यता
डिभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ ।यदि यी योग्यताहरू छैनन् भने डिभी भर्नुको अर्थ छैन । कतिपयले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्दा प्रहरी खोरमा पुग्नुका साथै अमेरिका प्रवेशमा सधैका लागि प्रतिबन्ध समेत भोग्नु परेको उदाहरणहरू पनि छन् l
डिभीका भर्दा ध्यानदिनु पर्ने कुराहरू
डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, फोटो, ठेगाना, फोन नम्बर, इमेललगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्ने । कतिपयले पहिले नै डिभी भर्दा प्रयोग भएको फोटो पटकपटक प्रयोग गर्दै आएका हुन्छन् । त्यस्तै कतिपयले अमेरिकाको भिसामा पहिले प्रयोग भएको फोटो समेत डिभी भर्दा प्रयोग गर्छन् । यस्तो गल्ती गर्नु हुँदैन । नयाँ फोटो खिचेर डिभीभर्नु नै बुद्धिमानी हुनेछ l पूरानै फोटो प्रयोग गर्दा डिभीका लागि अयोग्य हुने सम्भावना रहन्छ ।
डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरूले उनीहरूको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ । एकल उल्लेख गरेर भर्दा पर्ने सम्भावना बढी हुन्छ भन्ने भ्रममा परेर समेत कतिपयले एकल उल्लेख गर्छन्, जुन गलत हो । डिभी भर्दा एकल भरेका विवाहितले डिभी परेपछि समस्या भोग्दै आएका थुप्रै उदाहरणहरू छन् । त्यस्तै डिभी भर्दा छोराछोरीको विवरण उल्लेख नगरेकाहरू ले पनि डिभी परेपछि भिसा लिने बेलामा समस्या भोग्दै आएका छन् । कतिपयको भिसा समेत अस्वीकृत हुने गरेको छ । त्यसैले डिभी भर्दा दम्पत्ति र छोराछोरीको सम्पूर्ण विवरण उल्लेख गर्न सुझाव दिइएको छ ।
डिभी भर्दा सरकारको आधिकारिक वेवसाइटबाटमात्र भर्नुपर्छ । सरकारको आधिकारिक वेवसाइटमा डिभी भर्ने लिंक उपलब्ध भइसकेको छ ।
डिभी सकभर आफैले र विश्वासिलो ठाउँबाट मात्र भर्नु राम्रो हुन्छ l
डिभी सकभर आफैले र यदि सम्भव नभए विश्वासिलो ठाउँबाट मात्र भर्नु राम्रो हुन्छ l कुनै अर्को संस्था वा व्यक्ति वा वेवसाइटमार्फत डिभी भर्दा ठगिने र रकम गुमाउनेमात्र होइन आफ्ना विवरणहरू समेत मिसयुज हुने सम्भावना भएको र कतिले विगतमा यस्तो गरेको पाइन्छ l
एउटाभन्दा धेरै आवेदन दिनेहरू स्वत अयोग्य हुने अमेरिकी सरकारको विदेश मन्त्रालयले चेतावनी दिएको छ । कतिपयले एउटाभन्दा बढी आवेदन दिंदा डिभी पर्ने चान्स बढी हुने भ्रममा परेर धेरै आवेदन समेत दिने गरेका छन् । तर यसो गर्दा तपाईका सबै आवेदनहरू डिभीका लागि अयोग्य हुन्छन् । फरक फरक ठाउँबाट डिभी दोहोर्याएर भर्नु हुँदैन l कतिपयले यस्तो भूल गरेको पाइन्छ जुन सर्वथा गलत हो l
कतारको अल लुक्ता स्थित ट्युनिसियन स्कुलको कभर्ड हलमा ३१ मार्चमा मध्यान्ह १२:३० बजेबाट कार्यक्रम सुरु...
संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँ...
विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको हो ।