कवि ऋषिराम अर्यालका एकैसाथ दुई कृति लोकार्पित

काठमाडौ - विजया दशीको पावन अवसर पारेर कवि ऋषिराम अर्यालले दुई कृति सार्वजनिक गरेका छन् । राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा प्रकाशित “हिउँको टोपी” कवितासङ्ग्रह तथा “शीतको लौरो” नामक मुक्तक सङ्ग्रह अर्याल पारिवारका सदस्य तथा अन्य इष्टमित्र सहित गृह विमोचन ( लोकार्पित ) गरिएको छ ।
कवि ऋषिराम अर्यालका दाजु श्रीराम अर्यालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा स्रष्टाका भाइ दयाराम अर्यालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्रष्टा सम्मान गरेका थिए । राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेको शुभेच्छाबाट प्रारम्भ भएको कृतिहरुमा क्रमशः हिउँको टोपी कवितासङ्ग्रहमा ८३ वटा कविता रहेका छन भने 'शीतको लौरो' मुक्तक संग्रहमा भित्र २८४ वटा मुक्तक रहेको छ ।
एकैसाथ कविता तथा मुक्तक प्रकाशन गरेर कवि ऋषिराम अर्यालले नेपाली साहित्यका लागि योगदान गरेकोमा राष्ट्रिका साहित्य प्रतिष्ठानका तर्फबाट स्रष्टालाई बधाई ज्ञापन गरियो । कवि ऋषिराम राष्ट्रिय कविता महोत्सवमामा पुरस्कृत भइसकेका स्थापित कवि हुन् l
प्रमुख अतिथि श्रीराम अर्यालले स्रष्टाका अरु सिर्जनाहरू पनि क्रमशः प्रकाशित हुदै जाओस् परिवार तथा आफन्तको चाहना यही नै हो। पारिवारिक सहयोग पूर्णरूपमा रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l