अधिवक्ता सुन्दरबहादुर शेनी व्यक्ति, चित्र र चरित्र

अधिवक्ता सुन्दरबहादुर शेनीको जन्म (साविक चैनपुर– १, कोट बझाङ्ग हाल जयपृथ्वी नगरपालिका–१०, बझाङ्गमा २०४५ असार २ गते (१६ जुन, १९८८) मा बुबाः जय बहादुर स्नेही ) आमाः कृन्तीदेवी स्नेहीको माइला सुपुत्रको रूपमा भएको हो दुई जना दिदी र ३ जना दाजुभाईमा माइलो भाइ सुन्दरले ४ वर्षको उमेरमा दिदीहरू तथा दाजुभाइसँग स्कुल जाने क्रममा औपचारिक विद्यालय अध्ययनको सुरूवात गरेर २०६१ मा दोश्रो श्रेणीमा एसएलसी (श्री सत्यवादी माध्यमिक विद्यालय,भोपुर,बझाङ्ग) बाट पूरा गरेका हुन् २०६४ सालमा प्रविणता प्रमाणपत्र तह (पशुपति बहुमुखि क्याम्पस, चावहिल,काठमाडौ, स्नातक तह कानूनमा (एल.एल.वि, ५ वर्ष) २०७२ सालमा काठमाडौँ स्कुल अफ लबाट र स्नातक र त्रि–चन्द्र बहुमुखी क्याम्पस काठमाडौँबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् l हाल शान्ति र विकास अध्ययन विभागमा एमफिल (दर्शनाचार्य) / विद्यावारिधि, (एमफिल–पीएचडी) गदैछन् । राजनीतिक रूपमा नेपाली कांग्रेसको भातृ सङ्घ नेपाल दलित सङ्घको केन्द्रीय सदस्यको रूपमा कार्यरत शेनी राजनीतिलाई समाजसेवाको विशेष क्षेत्र र देश निर्माण गर्ने अवसरको रूपमा प्रयोग गर्न चाहन्छन् l
'अध्ययनभन्दा बढी म जीवनको भोगाइबाट आफ्ना वरिपरि भएका घटनाहरूबाट कामलाग्ने कुराहरू ग्रहण गर्ने र सिक्ने स्वभावका सुन्दर धैरै बोल्नभन्दा पनि आफ्नो सान्दर्भिक रचनात्मक भनाइ राख्ने बानी रहेका' बताउँछन् । आफ्ना विचारहरू अत्यन्तै शिष्ट,सन्तुलित सौम्य,मर्यादित र बौद्धिक तार्किक ढङ्गले व्यक्त गर्ने सुन्दरसँग कुटनैतिक क्षमता रहेको देखिन्छ l
२०७७ जेठ १० गते नवराज विकलगायत युवाहरूको रुकुमको सोतीमा भएको जातीय नरसंहारले सुन्दरबहादुर शेनीको मन यति धेरै पोल्यो कि उनले आफ्नो समुदायमाथि जातको कारण भएको त्यो नृशंस हत्यालाई टुलु टुलु हेरेर बस्न सकेनन् र त्यसको प्रतिवाद गर्न कानुनी लडाई लडने विचार गरे र न्यायको लागि वकिलहरूको समूह लिएर रूकुम पश्चिम पुगे र थुन छेकको बहसमा भाग लिए l आफ्नी आमा दमको पुरानो रोगले ग्रस्त पारेको थियो आमाको स्थिति आज हो कि भोलि जस्तो थियो तर आमाले सुन्दरलाई भन्नु भयो : ‘तैले मेरो स्वास्थ्य होइन नवराज र तिनको परिवारको न्यायको लागि लडन जा, नवराजहरू पनि मेरा लागि तँ जस्तै छोराहरू हुन्, अन्याय गरियो उनीहरूलाई l तैले आफूले पढेको विषय र हाम्रो समुदायको मुद्दा भएको कारण मेरो लागि भन्दा त्ययातिर चिन्ता गर ‘आमाको यी भनाइ र उत्प्रेरणाले आफ्नी विरामी आमाको स्वास्थ्यभन्दा देशले हजारौ वर्षदेखि बोकेर आएको जात व्यवस्थाको निकृष्ट व्यवहारको विरुद्ध लडन सुन्दर रूकुम पुगे l नवराजहरूको मुद्दा अहिले जिल्ला अदालतले दोषीलाई कारबाही गर्ने फैसला गरेको र सो फैसला गैर दलित न्यायाधीश खड्गबहादुर केसीले गरेका हुन् भने नवराजको पक्षमा थुप्रै गैर दलित वकिलहरू दलित वकिलहरूसँग गएर बहस गरे l यसले हाम्रो समाज रुपान्तरण हुँदै गएको सन्देश प्राप्त भएको छ l अन्यायको विरुद्ध जोकोही सँगै लड्नु पर्छ भन्ने न्यायिक भावनाको विकास भएको छ l शेनी गैर दलितको यो सहृदयी भावलाई सम्मान गर्छन् l
सेनीलाई तत्कालीन अवस्थामारूकुम जाने हौसला आमाको साथै उनकी जीवनसंगीनी दीक्षा गजमेरले समेत दिएकी थिइन् जतिबेला दिक्षा कोरोना संक्रमणले थलामा परेकी थिइन् l दिक्षा वरिष्ठ सव इन्स्पेक्टरको रूपमा नेपाल प्रहरीमा कार्यरत छन् l राजनीतिक रूपमा सचेत बौद्धिक वकिल हुनुको कारण शेनी आफ्नो समुदायले विगत लामो समयदेखि आज पर्यन्त जातको कारण भोग्नु परेको अपमान खप्नु परेको पीडा र गुमाउनु परेको ज्यानको कारण जहिल्यै संवेदनशील र चिन्तित थिए छन् l
जातीय विभेदको मुद्दा र विषय दलित समुदायको मात्र मुद्दा होइन यो अन्तराष्ट्रिय मानवाधिकार घोषणापत्रको समेत विषय हो तसर्थ यसको लागि गैरदलितको साथ र सहयोग त्यति नै अपरिहार्य छ जति दलितको त्यसैले दलित सम्बद्ध विषय र मुद्दा गैर दलित समेतले उठाएर त्यसको पक्षमा सबैले आ आफ्नो ठाउँ कानुनी क्षेत्र, धार्मिक क्षेत्र, सामाजिक क्षेत्र राजनीतिक क्षेत्र र मनोवैज्ञानिक क्षेत्रबाट पनि आवाज उठाउनु पर्ने र यसको पक्षमा दृष्टिकोण आउनु पर्ने कुरा शेनी उल्लेख गर्छन् l मानवता विरुद्धको अपराधको मुद्दा सबैको मुद्दा हो l नेपाल र विशेष गरी दक्षिण एशियामा अभ्यास गरिएको जातीय विभेदको मुद्दा र हाल विश्वव्यापी भएको जातीय विभेदको मुद्दाको आयाम एकै छैन यसको आर्थिक राजनीतिक सामाजिक सांस्कृतिक र धार्मिक लगायत बहुपक्षीय क्षेत्रहरू छन् तसर्थ यसको अन्त्यको लागि एक ठाउँमात्र उपचार गरेर पुग्दैन धेरै ठाउँ र धेरै पक्षमा उपचारको खाँचो छ शेनी सुनाउँछन् l काठमाडौँमा समेत डेरा खोज्न जाँदा दलित समुदायका व्यक्तिहरू प्रताडित हुनु पर्ने डेरा पैर पनि जात थाहा पाएर डेरा नदिने डेराबाट निकालिने थुप्रै घटना भएका छन् l सांसद र न्यायाधीश समेत डेरा पाउनबाट वन्चित हुनु परेको छ l तर केही साहसी महिलाहरूले जातीय विभेदको घटनालाई बाहिर ल्याए र आफू र आफ्नो समुदायमाथिको अन्यायको विरुद्ध कानुनी कारबाहीमा गए l कैलालीकी दीपा नेपाली, दोलखाकी करुणा विश्वकर्मा र लमजुङकी रूपा सुनार l दीपा र करुणाको पक्षमा सुन्दर शेनीले आफै अदालतमा पुगेर वकालत गरे भने रुपाको पक्षमा सार्वजनिक बहस पैरवी गरी सामाजिक रूपमा न्यायको आव्हान गरे l
सुन्दरबहादुर शेनी एक त्यस्ता अभियन्ता हुन् जसले समावेशी र समानुपातिको मर्म बमोजिम मन्त्री परिषद गठ्न भएको छैन भनेर पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वको मन्त्री परिषद विरुद्ध परेको मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, त्रिलोक चन्द्र विके, शान्ता थापा, श्याम विश्वकर्मासँगै सुन्दरले पनि बहस गरेका थिए l वर्तमान केपी ओलीको सरकारमा पनि दलित समुदायबाट कुनै पनि व्यक्तिलाई प्रतिनिधित्व नगराइएकोमा सुन्दरबहादुर शेनीहरूले चर्को विरोध गरे, नेपाली कांग्रेस पार्टी सामू पनि तीव्र असहमति राखे जसको फलस्वरूप पछि अन्यथा नहुने गरी रुपा विकलाई राज्यमन्त्री बनाउन केपी ओली सरकार बाध्य बन्यो l सुन्दर मानवताको मुद्दा आफ्नो प्रमुख प्राथमिकता रहेको बताउँछन् l मानवताको मुद्दा प्रमुख विषय बन्दा दलित, महिलाको जनजाति लगायत उत्कोपीडनमा परेका सबैको मुद्दा स्वत: आउँछ भन्ने उनको विश्वास छ l
नेपालको कानुनी र सामाजिक क्षेत्रमा निस्सन्देह एक उल्लेखनीय व्यक्ति हुन् शेनी । उनको क्षमता र अनुभव साथै विविध विशेषज्ञताले उनलाई कानुनी व्यवसायी, मानव अधिकारको वकालतकर्ता र सामाजिक न्यायको हिमायतीअभियन्ताको रूपमा नेपाली समाजले चिन्दैछ / चिनेको छ l शेनी विभिन्न कानुनी क्षेत्रहरूमा संलग्न छन्, जस्तै: ठेक्का, मानव अधिकार, पारिवारिक कानून, र आपराधिक मुद्दाहरू, जसले कानुनी समस्या समाधान गर्ननेपाली समाज र पीडामा बसेका नागरिक, सीमान्तकृत र दलित समुदायलाई सघाएको छ l
अन्तर्राष्ट्रिय कानुन र सार्वजनिक नीति समाज (SILPP) का संस्थापक सदस्यको रूपमा र हाल न्याय र अधिकार संस्थान (JURI (नेपाल) का कार्यकारी बोर्ड सदस्यको रूपमा, शेनीले कानुनी जागरूकता र सार्वजनिक नीति वकालतलाई प्रवर्द्धन गर्न नेतृत्व र दृष्टिकोण प्रदर्शन गरेका छन् । नेपालमा विभिन्न तहका अदालतहरूमा उनले ग्राहकहरूको प्रतिनिधित्व गर्नुका साथै, कर्पोरेट संस्थाहरूका कानुनी सल्लाहकारको भूमिकामा समेत काम गरेका छन्, जसले जटिल कानुनी परिदृश्यहरूमा उनको व्यवहारिक विशेषज्ञता र रणनीतिक ज्ञानलाई देखाउँछ ।
सुन्दरबहादुर शेनी नेपालमा प्रतिष्ठित कानुनी विशेषज्ञ र सामाजिक कार्यकर्ता हुन, जो सन् २०१८ मा अमेरिकी विदेश विभागको अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व कार्यक्रमका पूर्वविद्यार्थी हुन र सन २०१५ मा अमेरिकी दूतावास युवा परिषदका सदस्य थिए । शेनीको योगदान अदालतको सीमाभन्दा बाहिर पनि फैलिएको छ । उनी संयुक्त राष्ट्र संघीय दिगो विकास लक्ष्य राष्ट्रिय नेटवर्क नेपाल, न्याय र अधिकार संस्थान (नेपाल, दलित युवा सहकार्य का–संस्थापक, सबैका लागि न्यायका कार्यकारी बोर्ड सदस्य, राष्ट्रिय दलित वकिल मञ्चका सह–संस्थापक, र सार्वजनिक हित मुद्दाहरूमा निःशुल्क कानुनी कार्य दायर गर्दै सामाजिक न्याय प्रवद्धन र सीमान्तकृत समुदायहरूका लागि न्यायमा पहुँच बढाउन प्रतिबद्ध भएर अहोरात्र खटेका छन् l एनजिओ, आईएनजिओ, र सरकारी संगठनहरूको लागि परामर्शदाता र क्षमता निर्माण विज्ञको रूपमा काम गर्नुले कानुनी संरचना सुदृढ गर्न र दिगो विकासलाई प्रवर्द्धन गर्न उनको समर्पणलाई थप उजागर गरेको पाइन्छ ।
सुन्दर सेनी, नेपालमा विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न र जनहित मुद्दा दायर गर्न महत्तवपूर्ण वकिलहरू मध्येका एक हुन नेपाल सरकारले हरित ऊर्जा आधारित सवारी साधनलाई प्रवद्धन गर्न सर्वोच्च अदालतले म्याण्डामस आदेश जारी गरेको छ ।
अधिवक्ता सुन्दरबहादुर सेनीले नेपाल विद्युत प्राधिकरणलगायतलाई विपक्षी बनाइ चैत १ मा सर्वोच्च अदालतमा नेपाल विद्युत प्राधिकरणले प्रशारण लाइन भूमिगत गर्ने काम रोक्न माग गरिएको मुद्दा दर्माता गराएका थिए र सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराइको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै परमादेश माग गरिएकोमा लिखित प्रष्टिकरणको जवाफ पेस गर्न आदेश जारी गरिएको थियो l
उनले एसडीजी राष्ट्रिय मञ्च, राष्ट्रिय योजना आयोगको स्वैच्छिक राष्ट्रिय समीक्षा कार्यदल, र राष्ट्रिय युवा परिषदमा स्रोत व्यक्ति, प्रशिक्षकको भूमिकामा रहेका छन् । स्थानीय सरकारका प्रतिनिधिहरूलाई लैङ्गिक सम्बेदनशीलता, बजेटिङ, जलवायु परिवर्तन, र मानव अधिकारजस्ता विषयहरूमा प्रशिक्षण दिनु उनको समावेशी शासन प्रवर्द्धन र तल्लो स्तरमा क्षमता निर्माण गर्ने प्रतिबद्धताको प्रतीक हो ।
सुन्दरबहादुर शेनी पेशागत यात्रा कानुनी विशेषज्ञता, सामाजिक क्रियाशीलता, र नेतृत्वको मिश्रण हो, जसले उनलाई नेपालको कानुनी र सामाजिक परिदृश्यमा एक प्रमुख व्यक्ति बनाएको छ । न्याय, मानव अधिकार, र दिगो विकासको प्रवर्द्धनमा उनले गरेको योगदान विशेष र स्मरणीय छ l
१. दलित गैर–सरकारी संस्था महासंघमा मानव अधिकार अधिकृत (२०१३ देखि २०१४ तथा १० औ राष्ट्रिय मानव अधिकार महाभेलाका सचिवलय सचिव भई काम गरेको अनुभव छ ।
२. प्रभु म्यानेजम्याट प्रा.लीमा २ वर्ष कानून अधिकृत रूपमा काम गरेका छन् ।
३. परियोजना संयोजक समावेशी फाउण्डेशन मा १ वर्ष l
४. उपप्राध्यापक, ओरिएन्ट कलेज बसुन्धरा, काठमाडौं ।
व्यावसायिक अनुभव :
कार्यकारी बोर्ड सदस्य (८ सेप्टेम्बर २०२३ देखि हालसम्म)
न्याय तथा अधिकार संस्थान–नेपाल
कम्पनी सचिव (१ सेप्टेम्बर २०२२ देखि हालसम्म)
सिटी होटेल लिमिटेड (हयात प्लेस, काठमाडौं)
सूचीकृत कम्पनी
साझेदार - प्रबन्ध निर्देशक (१ जुलाई २०२२ देखि हालसम्म)
भिमसेन कानूनी एसोसिएट्स प्रा.लि. (कानुनी फर्म)
अनामनगर–२९, काठमाडौं
मुख्य जिम्मेवारीः
कानूनी दस्तावेज र सम्झौता तयारी
कम्पनी दर्ता र अद्यावधिक
बोर्ड समिति बैठकको माइन्युट तयार पार्नु
शेयर स्थानान्तरणका लागि कागजात तयार गर्नु
कर, ऋम्इ र सम्बन्धित सरकारी कार्यालयहरूसँग मिलेर काम गर्नु
महासचिव (२०२० देखि हालसम्म)
अन्तर्राष्ट्रिय कानून र सार्वजनिक नीति समाज (SILPP)
राधाकृष्ण मार्ग–२, घट्टेकुलो, काठमाडौं
मुख्य जिम्मेवारीः
नीति समीक्षा गर्ने संघसंगठनहरूसँग समन्वय
सरकार र सम्बन्धित निकायहरूसँग अनुसन्धान र छलफल
नेपालका वर्तमान मानव अधिकार मुद्दाहरूमा कार्यक्रम आयोजना गर्नु
लैंगिक हिंसा, साइबर अपराध र छुवाछूतविरुद्ध सार्वजनिक चासो मुद्दाहरूमा निःशुल्क कानूनी सेवा उपलब्ध गराउनु
क्षमता विकास विशेषज्ञ
ग्लोवलद्वारा समर्थित परियोजना अन्तर्गतः
“निर्वाचित महिला प्रतिनिधिहरूको समग्र क्षमता विकास समर्थन र नेपालका सुदूरपश्चिम प्रदेशमा लैङ्गिक उत्तरदायी र समावेशी उप–राष्ट्रिय शासन प्रवर्द्धन“
(१८ नोभेम्बर – ३० जुन २०२१)
न्याय तथा अधिकार संस्थान नेपाल (JURI)
मुख्य जिम्मेवारीहरूः
‘क्षमता निर्माण थिमेटिक विशेषज्ञ’ र ‘फोकल पर्सन’ को रूपमा काम गर्दै परियोजना सामग्रीको गुणस्तर सुनिश्चित गर्नु ।
परियोजनाको क्षमता विकास योजना तयार पार्नु र समयमै कार्यान्वयन सुनिश्चित गर्नु ।
परियोजना कर्मचारीलाई परियोजनाका लक्ष्यमा ध्यानकेन्द्रित गर्दै क्षमता विकासमा सहयोग पुर्याउने अभिमुखीकरण प्रदान गर्नु ।
डोटी र कैलालीमा (लैङ्गिक समानता तथा समावेशिता) तालिम म्यानुअल तयार गर्नु र तालिम सञ्चालन गर्नु ।
स्थानीय सरकारको बजेट र योजना प्रक्रियाको छ चरणमा न्भ्क्क्ष् र मानव अधिकार दृष्टिकोणबाट समीक्षा र सुझावहरू प्रदान गर्नु ।
अध्यक्ष (फेब्रुअरी २०१९ – सेप्टेम्बर २०२१)
दलित युवा सहकार्य (DYA)
नयाँ प्लाजा, पुतलीसडक, काठमाडौं
मुख्य जिम्मेवारीहरूः
संविधानअनुसार काम गर्नु ।
अल्पसंख्यक अधिकारहरूको मानव अधिकारको रूपमा वकालत गर्नु ।
मानव अधिकारको प्रवर्द्धन र संरक्षणका लागि युवाहरूलाई परिचालन गर्नु ।
समकालीन मुद्दाहरूमा युवा संगठनहरूको प्रदर्शन मूल्यांकनका लागि तालिम प्रदान गर्नु ।
कानूनी अधिकृत (११ जनवरी २०१८ – ९ जनवरी २०१९)
न्याय सबैका लागि
अनामनगर–१०, काठमाडौं
मुख्य जिम्मेवारीहरूः
कानूनी कागजात तयार गर्नु ।
सीमान्तकृत र महिलाका अधिकारहरूको नीति समीक्षा र अनुसन्धान गर्नु ।
स्थानीय सरकारका न्यायिक समितिका सदस्यहरूलाई कानूनी मामिलामा तालिम उपलब्ध गराउनु ।
कार्यक्रम समन्वयक (४ जनवरी २०१७ – ५ जनवरी २०१८)
संविधानको कार्यान्वयनका लागि दलितहरूको परियोजना
समावेशी फाउण्डेशन
मुख्य जिम्मेवारीहरूः
दलित र अन्य मानव अधिकार अभियानहरूको समन्वयनमा सहयोग गर्नु ।
कार्यक्रमका लागि कार्यक्रमको दृष्टिकोण र रणनीतिहरू डिजाइन र विकास गर्नु ।
कार्यक्रमको कार्यान्वयनमा सक्रिय संलग्नता सुनिश्चित गर्नु ।
समयमै प्रतिवेदनहरू तयार पार्नु ।
नियमित रूपमा कार्यक्रमसँग सम्बन्धित निकायहरूसँग समन्वय र संचार गर्नु ।
संसदका सदस्यहरू, सरकारका विशेषज्ञहरू, र सम्बन्धित निकायहरूसँग मिलेर काम गर्नु ।
कानूनी अधिकृत (१ डिसेम्बर २०१४ देखि १४ जुन २०१६ सम्म)
प्रभु म्यानेजमेन्ट प्रा. लि.
गैरिधारा–२, काठमाडौं
मुख्य जिम्मेवारीहरूः
कम्पनी दर्ता कार्यालयमा कम्पनीको अद्यावधिक गर्ने काम ।
सम्झौता र कागजात बनाउने।
रोजगार आचारसंहिताको अनुगमन।
सरकारी निकायहरूसँग समन्वय गर्नु।
मानव अधिकार अधिकृत (११ सेप्टेम्बर २०१३ देखि ४ नोभेम्बर २०१४ सम्म)
मुख्य जिम्मेवारीहरूः
अनुगमन
छुवाछूत र भेदभावजन्य अभ्यासविरुद्ध केस अध्ययन गर्नु ।
मानव अधिकार सम्बन्धी कार्यशाला र सेमिनारहरू सञ्चालन गर्नु ।
सायो रिपोर्ट तयार गर्ने ।
मानव अधिकार म्याग्ना मेट २०१३ का सचिव
मुख्य विषयः समाजशास्त्र ÷ मानवशास्त्र, ग्रामीण विकास
काठमाडौं स्कूल अफ ल (२००९–२०१४),
मुख्य विषयहरूः अपराधशास्त्र र सजाय, फोरेन्सिक विज्ञान र मेडिकल कानून विज्ञान
तालिमहरूः
संयुक्त राष्ट्र संघका मानव अधिकार रक्षकका लागि संयन्त्रहरू सम्बन्धी तालिम (२०१३)
पाँच दिने उन्नत नारीवादी क्षमता विकास तालिम
हिमाल इनोभेटिभ डेभलपमेन्ट एण्ड रिसर्च प्रा.लि. द्वारा आयोजित (२७ मार्च २०२१ – ३१ मार्च २०२१)
परियोजनाहरू र उपलब्धिहरूः
फिल्ड समन्वयक (कन्सल्टेन्सी) युवा र शान्ति निर्माण अनुसन्धान सहयोगको लागि (काठमाडौं, कैलाली, र सुनसरी)संयुक्त राष्ट्र शान्ति कोष नेपालद्वारा आयोजित (१५ जुन देखि १५ जुलाई २०१६)
एक दिवसीय राष्ट्रिय स्तरको दलित युवा सम्मेलन छुवाछूत र जातीय भेदभावको उन्मूलनको लागि महिला नेतृत्व क्षमता विकास तालिम (पाँच दिनको तालिम, शिकर नगरपालिकामा, डोटी, पुनर्वास नगरपालिका, कञ्चनपुर, र भीमदत्त नगरपालिका, १५ फेब्रुअरी देखि ५ मार्च २०२२)
अन्तराष्ट्रिय सहभागीता
उच्चस्तरीय राजनीतिक मञ्चमा सहभागीता (संयुक्त राष्ट्र मुख्यालय, न्यूयोर्क (८ जुलाई देखि १८ जुलाई २०२४) उच्चस्तरीय राजनीतिक मञ्चमा सहभागीता (संयुक्त राष्ट्र मुख्यालय, न्यूयोर्क (१० जुलाई देखि १९ जुलाई २०२३)
(असमानताको कमीः प्रगति र सम्भावना) मा सहभागीता जेनेभा (२–३ अप्रिल २०१९) मानव अधिकार वकालत कार्यक्रम, (२४ नोभेम्बर देखि ८ डिसेम्बर २०१८) अमेरिकी सरकारद्वारा छनोट गरिएको ।
साउथ एशियन स्केल कम्पीटेसन,थाइलेण्ड (नेभेम्बर १–६, २०१८)
दक्षिण एशियामा शरणार्थी निष्कासन मुद्दाहरु सम्बन्धी सम्मेलन दक्षिण एसियाली जनता मञ्च,बंगलादेश द्धारा आयोजना (२९।१२।२०१७ देखि ०२।०१।२०१८)
स्वयंसेवकहरूद्वारा आयोजित कार्यक्रममा प्रस्तुति दिगो विकास लक्ष्य, नेपालमा दलितहरूप्रति जातीय भेदभाव र छुवाछूतबारे प्रस्तुत (२७ जनवरी २०१८, नगरकोट)
संयुक्त राज्य युवा परिषद नेपालमा चयनित थिमेटिक कार्यक्रम दलित जातीय भेदभाव र छुवाछूतको उन्मूलनमा युवाको भूमिका (२०१५)
प्रकाशित लेखहरूः
“निर्वाचन मिति तोक्न ढिला नगरे सरकार” (शनिवार, माघ १५, २०७८
“खोप कार्ड विना सार्वजनिक सेवामा बन्देज गर्नु मानव अधिकारको विरुद्धमा छ”(शुक्रबार, माघ २१, २०७८
“स्थानिय सरकारले बजेट तथा योजना बनाउदा ध्यान दिनुपर्ने कुराहरु”
सर्वोच्च अदालतमा दर्ता रिट निवेदनहरू :
आफै निवेदनक भई दर्ता गरेको सडकपेटीमा विद्युत प्रधिकरणले राखेको ठूला बाकसले अपाङ्गता भएको व्यक्ति,बालवालिका,वृद्धहरु तथा सडकको मापदण्ड अनुसार पैदलयात्रुलाई आवतजावतमा परेको कठिनाई बारेमा नीतिगत र कानूनी प्रश्न गरेका छन ।
संविधानको धारा ७३(९) बमोजिम समावेशी सिद्धान्त बमोजम मन्त्री परिषद गठन नगरेको र मूलत प्रधानमन्त्रीले मिति २०८०।११।२० गतेमा गठन भएको मन्त्रीपरिषदमा संविधानको धारा २४,४० र ४२ बमोजिमको दलित समुदायको प्रतिनिधित्व नभएको विषमा बहस गर्नु भएको थियो सर्वाच्चले दर्ता गर्ने नमानेको पछि दर्ता गरी रिट खारेजी गरेको फौसला भएको छ यसको पूर्णपाठ आउन बाँकी छ l
विभिन्न सात वटा सवैधानीक आयोगहरुमा पदाधिकारी नियूक्ति गरी आयोगहरूको गठनलाई अविलम्व पूर्णता दिलाएन रिट निवेदकहरू मध्य एक व्यक्ति हुन ।
विद्यालय स्वस्थ्य तथा नसिंङ्ग सेवा कार्याक्रम संचालन कार्याविधि,२०७३, मा विद्यादय नर्सको भर्ना छनोट सम्बन्धी व्यवस्था असमावेशी र स्थानियतहहरु मार्फत जारी भएका समावेशी विज्ञापनले समावेशीताको मर्म र भावना विपरित भएको रिट निवेदन मध्य एक हुन ।
समाजको विविधता र समुदायको बनोटको आधारमा समाजको शासकीय स्वरूप निर्धारण गर्नु पर्ने आजको खाँचो र आवश्यकता हो l समाजका हर समुदायमा आज क्यापेवल र निर्णायक क्षमता राख्ने शेनीजस्ता व्यक्तिहरू छन् l तसर्थ समाजको मुद्दा सम्बोधन गर्न सोही समुदायका व्यक्तिहरूलाई राज्यको मूल प्रवाहमा प्रवाहीकरणमा समावेश गर्न सक्नु पर्छ l हजारौं वर्षदेखि वन्चितिकरण अभाव र बहिस्करणमा बाँचेको समुदाय आज आफ्नै बल बुता मेहनत र लगनमा राज्यको जुनसुकै क्षेत्रमा पनि प्रतिस्पर्धा गर्न सक्षम छन् l तसर्थ यो समुदायलाई राज्यले सरकारले र सत्ताले जसरी प्रवर्द्दन गर्दै लैजानु पर्ने हो त्यसरी लैजान सकेको छैन l शेनी जस्ता प्रतिस्पर्धात्मक क्षमता भएका नागरिकलाई राज्यले प्राथमिकीकरण गर्न सक्नु पर्छ l राज्यका विभिन्न निकाय तह र तप्कामा समावेशी आधारमा नियुक्ति हुन् सकिरहेको छैन l एकल जातीय वर्चस्वको आधारमा मात्र नियुक्ति गर्ने विभेदी परिपाटी कायम छ l विगतमा निश्चित वर्ग र समुदायको मात्र शिक्षामा पहुँच थियो तर आज राज्यको गलत नीतिको अनेक बाधा र व्यवधान छल्दै शिक्षामा राम्रो पहुँच र प्रतिस्पर्धात्मक क्षमता भएका दलित समुदायका व्यक्तिहरू उदाएका छन् l हर क्षेत्रमा एकसेएक शेनी जस्ता क्षमतावान व्यक्तिहरू आएका छन् तसर्थ कुनै बहानामा दलित समुदायलगायत अन्य समुदायमा पढेलेखेका व्यक्तिहरू छैनन् भन्ने र पन्छिने काम सरकारले गर्नु हुँदैन l समावेशी र समानुपातिक सिद्धान्तको मर्म र संवैधानिक व्यवस्थाको ख्याल गरेर राज्यका उच्च तहका नियुक्ति, राजदूत,योजना आयोग, लगायत थुप्रै आयोगहरूमा तुरुन्त समावेशी समानुपातिक बनाउनु वान्छनीय देखिन्छ l
स्मरणीय : फोटोहरू सुन्दर शेनीले उपलब्ध गराएका हुन् l
नले दार्जिलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा र त्यही...
विश्वमा मान्छेको अधिकतम आयु १५० वर्ष भएको अनुसन्धानको निस्कर्ष छ l हाम्रै देसमा पनि सुनसरीका वीरनारा...
धनमाया विश्वकर्माहरूको रगत,पसिना र आँशुले प्राप्त लोकतन्त्रको फल खानेहरूलाई लोकतन्त्र कसरी प्राप्त भ...