कास्की हिरासतको सीसीटिभी फुटेजबाट रविको फोटो खिच्ने व्यक्ति,डा.निकोलस भुसाललाई प्रहरीले कारबाही गर्ने

काठमाडौँ, पौष ४ - जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलास भुसाल कारबाहीमा पर्ने भएका छन् l उनले केही दिन अगाडि कास्की हिरासत जाँदा सुतिरहेका रवि लामिछानेको फोटो सीसीटिभी फुटेजबाट लिएर सार्वजनिक गरेका थिए l
उक्त फोटोलाई लिएर हिजो बेलुकीदेखि रास्वपा कार्यकर्ता र अन्य मानवाधिकार विषयमा चासो राख्नेहरूले गम्भीरतापूर्वक लिएर प्रहरीको आलोचना गर्नुको साथै कुन उदेश्य र प्रयोजनको लागि यस्तो गरियो भनेर प्रश्न गरिरहेका थिए l
सार्वजनिक रूपमा व्यापक चर्चा र चासो साथै यो मानवाधिकारको विषय र हिरासतमा रहेको व्यक्तिको गोपनियता भङ्गसँग सबन्धित कुरा भएकोले यस विषयले नेपाल प्रहरी र गृहमन्त्री समेतको ध्यानाकर्षण भयो l फलस्वरूप सो फोटो सार्वजनिक गर्ने व्यक्तिलाई बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानलाई नकरात्मक प्रभाव पार्ने गरी फोटो प्रकाशित भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरीले फोटो सार्वजनिक गर्ने व्यक्तिलाई कारबाही गर्ने उल्लेख गर्दै विज्ञप्तिमा लेखेको छ ‘…प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारवाही गरिने र नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मुल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछौं l
रवि हिरासतमा सुतिरहेको फोटो डा. निकोलसको फेसबुक आइडीबाट सार्वजनिक भएको थियो । निकोलसले फोटो आफूले खिचेको स्वीकार गरेर आफू जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको साबिती बयान भिडियो मार्फत सार्वजनिक गरिसकेका छन् l
जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा जारी प्रेस विज्ञप्ति :
भुसालको फोटो सामाजिक संजालबाट लिइएको हो - सम्पादक
अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्...
रास्वपाले पार्टीको दस्तावेजमै उल्लेख गरिसकेको विषय हो यो अन्यथा होइन l
केन्द्रीय समितिको निर्णयको स्वीकार्यता फराकिलो हुने भन्दै केन्द्रीय समिति बैठक आह्नवान गरिएको हो ।