दलित समुदायका अभियन्ताहरू एकै ठाउँमा, बृहत् गोलमेच सम्मेलनको प्रस्ताव

काठमाडौँ- पुष २० गते काठमाडौँको भृकुटीमण्डपस्थित रत्नराज्यलक्ष्मी क्याम्पसको सभाहलमा दलित समुदायका अभियन्ताहरूको बैठक बसेर बृहत् गोलमेच सम्मेलन आगामी वैशाख महिना भित्र सम्पन्न गर्ने निर्णय सर्वसम्मतिले गरेको छ l छरिएर आ-आफ्नै ढङ्गले दलित समुदायको हकहितको लागि अभियान आन्दोलन र गतिविधि गरिरहेका दलित अभियन्ताहरू गोलमेच सम्मेलन गरेर अगाडि बढन सहमत भएका छन् l देशका विभिन्न भागबाट मधेश प्रदेशबाट र युवा विधार्थी अभियन्ताहरूको उलेख्य उपस्थिति बैठकमा रहेको थियो l
गोलमेच सम्मेलन तयारी,व्यवस्थापन, नीति निर्माण, वैचारिकी निर्माण, देशभरी छरिएर गतिविधि गरिरहेका अभियान र अभियन्ताहरूलाई एकीकृत गर्ने समिति निर्माण आदि विविध विषयमा समिति गठन समेत बैठकले गरेको छ l
समाजिक न्याय अभियानका संयोजक पूर्व राजदूत डा. निर्मल विश्वकर्माको संयोजकत्वमा सबै अभियानहरूलाई समेटेर १०१ सदस्य भएको सम्मेलन मूल आयोजक समिति निर्माण गरिएको छ । सो समितिमामा 'कास्टवाच नेटवर्क'का संयोजक डा. मित्र परियार, 'दलितका लागि दलित अभियान'का संयोजक खगेन्द्र सुनार, 'दलित जागरण अभियान'का संयोजक राजेश मयाल अग्निीशिखा, 'छुवाछुत विरुद्ध राष्ट्रिय अभियान'का संयोजक कर्ण विश्वकर्मा,भीम आर्मी नेपालका संयोजकयोजक सुनिल राम, 'युवा अभियान'की संगीताकुमारी राम, 'दलित मुक्ति अभियान'का संयोजक कृष्ण विश्वकर्मालगायतका सदस्यहरू रहेका छन ।
उक्त बैठकले 'कास्ट वाच नेटवर्क'का संयोजक डा.मित्र परियारको संयोजकत्वमा दलित अभियान संयुक्त मोर्चा निर्माण समिति निर्माण गरेको छ । सो समितिमा 'सामाजिक न्याय अभियान'का संयोजक पूर्व राजदूत डा. निर्मल विश्वकर्मा, 'दलितका लागि दलित अभियान'का संयोजक खगेन्द्र सुनार, 'दलित जागरण अभियान'का संयोजक राजेश मयाल (अग्निीशिखा), 'छुवाछुत विरुद्ध राष्ट्रिय अभियान'का संयोजक कर्ण विश्वकर्मा, 'भीम आर्मी नेपाल'का संयोजक सुनिल राम, 'युवा अभियान'की संगीताकुमारी राम, 'दलित मुक्ति अभियानका' संयोजक कृष्ण विश्वकर्मा लगायतका सदस्यहरू रहेका छन । सो समितिले सबै दलित अभियानहरूलाई एकिकृत गर्ने अभिभारा पाएको छ l
बैठकले सो सम्मेलन सम्पन्न गर्न विभिन्न पाँच वटा उपसमिति निर्माण गरेको छ । ती उपसमितिहरूमा डा. निर्मल विश्वकर्माको संययोजकत्वमा दलित मुक्ति विचार निर्माण, अग्निशिखाको संयोजकत्वमा आर्थिक, सरोजदिलु विश्वकर्माको संयोजकत्वमा व्यवस्थापन, रेम विश्वकर्माको संयोजकत्वमा प्रचार प्रसार तथा मिडिया परिचालन, प्रकाश प्रतिकको संयोजकत्वमा युवा परिचालन र सुनिल रामको संयोजकत्वमा संघसंगठन जन परिचालन समिति गठन गरेको छ ।
गोलमेच सम्मेलन मूल आयोजक समितिले नेपालमा दलित मुक्तिको नयाँ वैचारिकी निर्माण गर्ने र त्यसले दलित मुक्तिको मार्गदर्शन प्रदान गर्ने भनाइ मूल आयोजक समितिका संयोजक डा. निर्मल विश्वकर्माले बताए ।दलित एकताको चाहना राख्नेले एकतामा आउनु पर्ने, विचार मन्थनमा सहभागी हुनु पर्ने अनि मात्र एकता बलियो र सन्देशमूलक हुने भनाइ निर्मल विश्वकर्माको थियो l सबैको चाह हुँदा एकता सम्भव हुन्छ यो एकतालाई अझ फराकिलो र व्यापक बनाएर लैजाने अभिभारा अब हामीले ग्रहण गरेका छौ त्यही अनुसार आज उपस्थित हुन नसक्नु भएका अन्य अभियन्ताहरूसँग संवाद भेटघाट छलफल गरेर अगाडि बढ्ने उदेश्य रहेको akabarey.com लाई डा.विश्वकर्माले जनाकारी दिए l
मुद्दा केन्द्रित, भविष्य केन्द्रित र सत्तामा सम्मानजनक र औचित्यपूर्ण सहभागिताको लागि लड्नुपर्ने विचार 'दलितका लागि दलित'का संयोजक खगेन्द्र सुनारको थियो l दलित आन्दोलनको नयाँ वैचारिकी निर्माण गरेर जानुपर्छ विचारको आधारमा समुदायलाई गोलबद्द गर्न सकिन्छ विचार प्रमुख हतियार रहेको विचार कास्ट वाच नेटवर्कका प्रमुख डा. मित्र परियारले राखेका थिए l
यसैगरी गोलमेच सम्मेलन पश्चात यो समुदायको एउटा राष्ट्रिय शक्ति निर्माण हुने भनाइ सो सम्मेलन आयोजक समितिका राजेश मयाल अग्निीशिखाले बताए । बैठकले अब गरिने संविधान संशोधनप्रति पनि गहन छलफल गरेको छ । सत्तासीन पार्टीहरू बीच संविधान संशोधन गर्ने सहमति गरेको अवस्थामा अब गरिने संविधान संशोधन दलित मैत्री नभए सो समिति आन्दोलन र प्रतिकारमा उत्रने चेतावनी समेत दिएको छ । बैठकमा सहभागीहरूले दलित अभियन्ताहरूको यस किसिमको सामुहिक उपस्थिति सहकार्य र बृहत् गोलमेच गर्ने सहमतिले दलित समुदायमा एक किसिमको आसाको संचार गरेको र ऊर्जा भरेको विचार व्यक्त गरेका थिए l
गैरदलित समुदायका अभियन्ताहरू होमराज आचार्य र सञ्जीव कार्कीसमेत उपस्थित रहेर दलित समुदायसँग सहकार्य,एकता र हातेमालो गर्दै सामाजिक न्याय र मानवाधिकारको विषयमा मानवीय मर्यादाको पक्षमा सँगै रहने विचार अभिव्यक्त गरेका थिए l अभियन्ता आचार्यले दलित समुदायको मुद्दा देशकै र समाजका सबै तह र तप्काका व्यक्तिको सार्वजनिक सरोकारको विषय भयको भए पनि आफ्नो मुक्तिको लागि दलित समुदाय आफै लड्नु पर्ने र अन्य समुदाय सहयोगी बन्नुपर्ने र हामीहरू सहयोगी भूमिकामा रहने विचार राखेका थिए l
विभक्त दलित आन्दोलन र अभियानले लक्ष्यमा पुर्याउन नसक्ने हुँदा एकीकृत बृहत र एकमुष्ट दलित आन्दोलन मार्फत् राज्यसत्तालाई आफ्नो माग सुन्न बाध्य बनाउनु पर्ने तर्फ अभियन्ताहरू सहमत देखिन्थे l आपसका कतिपय बुझाइ,असहमत पक्ष र अन्य अन्योलका विषयमा परस्परमा पटक पटक बसेर सामुहिक निस्कर्ष निकाल्दै दलित समुदायको हकहितको लागि एक ढिक्का रहेर कार्यगर्ने सहमति दलित समुदायका अभियन्ताहरूले गरेका छन् l
अग्निशिखाले संचालन गरेको उक्त वैठकमा सुनिल रामले स्वागत मन्तव्य राखेका थिए l अन्य सहभागीहरूले आजको बैठकलाई आफ्नो समर्थन, जिज्ञासा र विचार अभिव्यक्त गरेर हर्ष प्रकट गरेका थिए l
दलित समुदायले भोग्दै आएको शोषण, दमन, र जातीय विभेदको ऐतिहासिक दस्तावेजीकरण गर्नु रहेको छ ।
सुर्खेत वीरेन्द्रनगरमा राष्ट्रिय दलित गोलमेच सम्मेलनको कर्णाली प्रदेश स्तरीय अन्तरक्रिया तथा भेला का...
अब एक पटक दलित समुदायलाई सत्तामा पुर्याउन जरुरी छ । शक्ति के हो भनेर देखाउन जरुरी छ ।