आमूल परिवर्तन नागरिक पार्टीको १ नं प्रदेश स्तरीय कार्यकर्ता भेला सम्पन्न

आमूल परिवर्तन नागरिक पार्टीले धार्मिक तथा अल्पसंख्यकहरूकाे राजनीतिमा सहभागिता तथा देशकाे वर्तमान अवस्था विषयक अन्तरक्रिया तथा १ नं प्रदेश स्तरीय कार्यकर्ता भेला धरान स्थित होटल स्टार पूर्वीमा सम्पन्न गरेकाे छ ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता कमला हेमचरीले धार्मिक अल्पसंख्यक तथा सीमान्तकृतहरूको वर्तमान अवस्था र राजनैतिक पहुँचबारे कार्य पत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले कार्यपत्र प्रस्तुत गरेपछि अन्तरकृया सम्पन्न गरि तेह्रथुमका देबेन्द्र कुमार लिम्बुकाे संयाेजकत्त्वमा १५ सदस्यीय प्रदेश नं १ काे तदर्थ समिति समेत चयन गरेकाे छ ।
समितिकाे सहसंयाेजकमा निमा तामाङ (झापा), सचिवमा लालबहादुर मगर(उदयपुर), सदस्यहरुमा ओवेद चौधरी (माेरङ), रोशन सेन्चुरी(खाेटाङ),ललिता मोची (झापा),धनराज राई(खाेटाङ),देवनन्द खत्री (सुनसरी),चम्फा कार्की (माेरङ),सृजना सिलवाल विक(खाेटाङ),सरिता थापा मगर(माेरङ),पावल धिमाल (माेरङ),दिल बहादुर नेपाली (धनकुटा),सिद्धि चौधरी(उदयपुर) र वकील दर्जी(संखुवासभा) रहेका छन् ।
कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष दलमर्दन कामीले हाम्रो पार्टीले हिजोको पार्टीहरूले जस्तो धोखाधडी नगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । हामी उत्पीडनमा परेका जाति,धार्मिक एवम् अल्पसंख्यकहरूको बारेमा वकालत गर्नेछौं । याे पार्टी उत्पीडितहरूकाे पार्टी हाे । हामी आत्मा र सत्यताकाे राजनीति गरिरहेका छाैं । अरू पार्टीहरू जस्ताे भ्रष्ट र दलालहरूकाे पार्टी हैन उनले प्रदेश नाम कोसी भएको उनले भने प्रदेशको नाम कोसी आम प्रदेशबासीहरूको मन्जुरी छैन यसलाई पुनर्विचार गर्नैपर्छ । पार्टी अध्यक्ष कामीले धरानको प्रसंग जोड्दै भने धरान देशको एउटा नमुना शहर हुनैपर्छ बनाउनै पर्छ, हर्क साम्पाङ्गको कामको प्रसंसा गर्दै उनले अलि बाेलीलाइ नियन्त्रण गरेर कामलाइ बढुवा दिए देशलाई आवश्यकता हर्क साम्पङ्गकाे छ र सहकार्य गरेर जान सकिने कुरा बताए ।
कार्यक्रमका प्रमुख वक्ता तथा विशिष्ट अतिथि डा.शमूएल संग्राम राईले भने " अब ख्रिष्टियनहरू पनि एक ठाउँमा आउँदैछन् र अनिवार्य आउन पर्छ ।" उनले उत्पीडित तथा धार्मिक, अल्पसंख्यकहरूको पक्षमा डटेर लाग्नुहोस् म तपाईहरुको साथमा छु भन्ने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा पार्टीका उपाध्यक्ष बलराम विश्वकर्मा, नेपाल ख्रिष्टियन पत्रकार संघको केन्द्रीय अध्यक्ष तारा लामगादे, पहिचानबादी मोर्चाका नेता जेन्टल लावती, नेपाल जनमुक्ति पार्टीका उपमहासचिव बिष्णु थामदेन, ख्रिष्टियन नागरिक संघका केन्द्रीय उपाध्यक्ष केशर बहादुर श्रेष्ठ, राजनीतिज्ञ एवम् समाजसेवी नेकपा एसका जिल्ला नेता राजेश भण्डारी लगायतले आफ्नो मन्तव्य राखि सम्बाेधन गरेका थिए ।
साे कार्यक्रममा पार्टी उपमहासचिव तथा युवा विभाग प्रमुख श्यामबहादुर राई,कोषाध्यक्ष देवेन्द्रकुमार लिम्बू,सचिव शशी कुमार वि. क, डीवि तामाङ,धरान उपमहानगर कमिटीका अध्यक्ष केशव कालिकाेटे लगायतकाे उपस्थिति रहेकाे थियाे । पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा पार्टीका उपमहासचिव नरेश क्षितिजले स्वागत मन्तव्य राखेका थिए भने सचिव निमा शेर्पाले कार्यक्रम संचालन गरेका थिए ।
अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्...
रास्वपाले पार्टीको दस्तावेजमै उल्लेख गरिसकेको विषय हो यो अन्यथा होइन l
केन्द्रीय समितिको निर्णयको स्वीकार्यता फराकिलो हुने भन्दै केन्द्रीय समिति बैठक आह्नवान गरिएको हो ।