डा. गोविन्द केसीले आज अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने

काठमाडौँ-आज आज फागुन ६ गत मंगलबार दिउसो ३ः३० बजे डा. गोविन्द केसीले नेपालस्थित अमेरिकी दूतावास अगाडि शान्तिपूर्ण धर्ना दिएर दूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका छन् l
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हालै लिएका कदमहरूले नेपाल लगायत संसारका विभिन्न देश तथा त्यहाका नागरिकहरूलाई जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक असर पारेको भन्दै डा. केसीले अमेरिकी दुतावास अघिल्तिर प्रदर्शन गर्ने भएका छन् l
पश्चिम एसियाको गाजा पट्टीका प्यालेस्टाइनीहरूको जातीय सफाया गर्ने खालका प्रस्तावले त्यहाँको भू–राजनीति अस्थिर बनेको र अन्तर्राष्ट्रिय मानवीय कानुनको पनि खिल्ली उडाएकोविरुद्धमा समेत ध्यानाकर्षण गर्ने उनले जानकारी दिएका छन् l
अनाहकमा गत तीन वर्षदेखि रुसले छेडेको युद्ध बेहोरिरहेको युक्रेनले पाइरहेको अमेरिकी सहयोगको अनिश्चितताले युक्रेनको लगायत अन्य छिमेकी राष्ट्रहरूको पनि अस्तित्व खतरामा परेको समेत केसीको निस्कर्ष छ l
ट्रम्पले गरेको निर्णयहरूमाथि पुनर्विचारको लागि शान्तिपूर्ण प्रदर्शनी तथा दूतावासमा ज्ञापनपत्र बुझाउने केसीको तयारी रहेको जानकारी केसीले गराएका छन् l
दुर्गा प्रसाईको जीवन रक्षाको लागि समेत विज्ञप्तिमा आव्हान गरिएको छ l
कैँची प्रहारबाट गम्भीर घाइते भएका लालबहादुरलाई राति नै धनगढीको निसर्ग अस्पताल पुर्याइएको थियो ।
मिलनले हत्या गर्नुको कारणमा भने पारिवारिक तानव भएको बताएका छन् ।