गणतन्त्रको विकल्प सोच्न सकिँदैन-जनमत अध्यक्ष सिके राउत

महोत्तरी- जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके राउतले राजावादीहरुको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरु हुन नसक्ने र त्यतातिर सोच्न नसकिने बताएका छन् ।
सरकारको कमजोर डेलीभरीका कारण केही असन्तुष्टिहरू देखिएता पनि ठूला दलहरू भने आफूलाई सुधार गर्न तयार हुनुपर्ने उनको तर्क थियो । `हाम्रो पार्टीले लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने सवालमा केन्द्रीय समितिबाट पनि निर्णय गरेको छ l हामीमा कुनै दूविधा छैन´ अध्यक्ष डा. राउतले भने, `जनमत पार्टी पनि गणतान्त्रिक पार्टी हो यसमा हामीले नौलो गणतन्त्र भनेका छौ l'
महोत्तरीको बर्दिवासमा तीन दिनदेखि जारी केन्द्रीय समितिको वैठकको समापनको क्रममा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष राउतले सरकारको कार्यसम्पादन कमजोर भए कै कारण राजावादीहरूले टाउको उठाएको पनि दाबी गरे । शुसासन र विकासको क्षेत्रमा सरकारको कार्यसम्पादन शून्य देखिएको बताउँदै उनले गणतन्त्र रक्षाको लागि ठूला दलहरू नै सुध्रनुपर्ने धारणा व्यक्त गरे l
अध्यक्ष राउतले समाजवादी मोर्चाले गर्ने भनिएको प्रदर्शनको मतप्रति भने फरक मत राखे र जबाफ व्यवहारबाट दिनु राम्रो हुने र व्यवहार परिवर्तन गर्नुपर्ने सुझाव दिए l उनले नेपालको परिवेशमा समाजवादभन्दा जनमत पार्टीले सुझाएको नौलो गणतन्त्र नै आवश्यक देखिएको अभिमत प्रकट गरे l
केन्द्रीय समितिको निर्णयको स्वीकार्यता फराकिलो हुने भन्दै केन्द्रीय समिति बैठक आह्नवान गरिएको हो ।
जनताको सरकारसँग भेट हुनेबित्तिकै वैरभाव हुने स्थिति अन्त्य गर्नुपर्छ ।
भगवान छन् न्यायप्रेमी जनता छन् l केही समयको परीक्षा हो l कसैसँग शिर नझुकाउनु l