सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय दलित गोलमेच सम्मेलनको कर्णाली प्रदेश स्तरीय अन्तरक्रिया तथा भेला कार्यक्रम सम्पन्न

सुर्खेत वीरेन्द्रनगरमा राष्ट्रिय दलित गोलमेच सम्मेलनको कर्णाली प्रदेश स्तरीय अन्तरक्रिया तथा भेला कार्यक्रम सम्पन्न भएको छ l
पूर्व राजदूत डाक्टर निर्मल विश्वकर्माको प्रमुख अतिथ्यमा भएको उक्त कार्यक्रमको विशिष्ट अतिथि गोलमेच सम्मेलनका प्रवक्ता अग्निशिखा हुनुहुन्थ्यो l
जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनार एवं नेता, प्रतिनिधिहरू कर्मचारी, बुद्धिजीवीहरूको पत्रकारहरुको महत्वपूर्ण सहभागिता रहेको कर्णाली प्रदेश स्तरीय अन्तरक्रिया तथा भेला कार्यक्रमले कर्णाली प्रदेश स्तरीय १७ जनाको समन्वय समिति गठन गरेको छ l डम्बर नेपालीको संयोजकत्वमा गठित समितिको सचिव नारायण वि .क रहनुभएको छ l
समाचारको सम्पूर्ण जानकारी र तस्बिर दलितका लागि दलित अभियान' केन्द्रीय समिति भारतका सदस्य तथा वित्थडचिर प्रवासी दलित एकता समाज केन्द्रीय समिति प्रवक्ता सुसिल ओखेडाले उपलब्ध गराउनु भएको हो l
दलित समुदायले भोग्दै आएको शोषण, दमन, र जातीय विभेदको ऐतिहासिक दस्तावेजीकरण गर्नु रहेको छ ।
अब एक पटक दलित समुदायलाई सत्तामा पुर्याउन जरुरी छ । शक्ति के हो भनेर देखाउन जरुरी छ ।
कानुनी व्यवस्थाको अक्षरशः पालना गर्ने र त्यसबारे आममानिसलाई बुझाउन अभियान नै सञ्चालन गर्नुपर्ने आवश्...