वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न आमुल परिवर्तन नागरिक पार्टीको आग्रह

२०८१ चैत २३ प्रेस विज्ञप्ति जारी गर्दै आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष दलामर्दंन कामीले नेपाल सरकार स्वास्थ्य मन्त्रालय काठमाण्डौको ध्यानाकर्षण गराएका छन् l प्रेस विज्ञप्तिमा उल्लेख छ :
काठमाण्डौ उपत्यकामा बढिरहेकोे मौसम प्रदूषणको मात्रा अत्यन्तै उच्च भएको छ । जसले उपत्यकावासी नागरिकहरूको स्वास्थ्य र जनजीवनमा गम्भीर असर पुर्याईरहेको छ । समयमा वर्षा नहुनु,सवारी साधन यातायातका धुँवा धूलो र अन्य प्रदूषणको मात्राले श्वासप्रश्वास र शारीरिक स्वास्थ्यमा दिनानुदिन समस्या बढिरिरहेको छ । वायु प्रदूषणका कारण मलेरिया, रुघाखोकी, ज्वरो,श्वासप्रश्वासमा समस्या, एलर्जी र हृदयघातको जोखिम बच्चा र बृद्धअवस्थाका साथै दीर्घरोगीहरु प्रभावित भई अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेका छन् । यस परिपेक्षमा हाम्रो पार्टीले नेपाल सरकार स्वास्थ्य मन्त्रालय लगायतका सम्बन्धित निकायलाई स्वस्थ्य जस्तो गम्भीर समस्याप्रति चिन्ता र चासो राखि ध्यानाकर्षण गराउँदै, पार्टीको तर्फबाट निम्न सुझावहरु सहित तत्काल समस्याको समाधानका लागि हार्दिक अनुरोध गर्दछौं ।
१. प्रदूषणको वास्तविक अवस्था र त्यसको असर बारे स्वस्थ्य चौकी, स्वास्थ केन्द्र निर्माण गर्ने । २. नागरिकलाई बढ्दो प्रदूषणकाे खतराका बारेमा जानकारी दिन सचेतना कार्यक्रमको आयोजना छिटो गरियोस् । साथै, प्रदूषणका कारण उत्पन्न हुने रोग र त्यीनका रोकथामका उपायहरू बारेमा जनचेतना फैलाउन अभियान संचालन गर्ने । ३. काठमाण्डौको धुलो र वायु प्रदूषण घटाउन दीर्घकालीन वातावरण संरक्षण नीतिहरू र योजनाहरू तत्काल बनाउने । ४. सवारीलाई जतिसक्दो हानिकारक इन्धनको प्रयोग घटाउने,विद्युतीय ईन्धनकाे प्रयाेग गर्ने, हरियाली वृद्धि गर्ने र फोहोर व्यवस्थापन गर्ने । ५, प्रदूषणबाट उत्पन्न हुने रोगको उपचारका लागि अस्पताल र स्वास्थ्य केन्द्रमा विशेष उपचार कक्षको स्थापना र स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने । संसारकै पहिलो नम्बर प्रदुषण शहरमा परिणत हालको काठमाण्डौ उपत्यकामा प्रदूषणकाे मात्रा अत्यन्तै चिन्ताजनक समस्याले गम्भीर बनिसकेको छ र यसका कारण नागरिकहरूको जीवनको गुणस्तर तीब्र रुपमा घट्दै गएको अवस्था छ । यसर्थ नेपाल सरकार र सम्बन्धित निकायलाई यथाशीघ्र प्रदुषण नियन्त्रणका उपायहरु अपनाई नागरिकको स्वास्थ्यप्रति गम्भीर हुन ध्यानाकर्षण गराउँदछाैं ।
आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्षद्ववारा जारी प्रेस विज्ञप्ति :
झा २०७७ फागुन ७ मा केपी ओली प्रधानमन्त्री भएको बेला मधेसको प्रदेश प्रमुख नियुक्त भएका थिए ।
सडक नबन्दा आवतजावतमा मात्र नभई यहाँको व्यवसाय नै धरासयी भएको छ l
मंगलबार सिरहाकै नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतीघरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्...