पत्रकार भैरव रिसालको निधन

२५ चैत, काठमाडौं: वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ ।रिसालको राति पौने ८ बजे निधन भएको हो l मुटु तथा फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसाललाई चैत २४ गते दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
पत्रकार रिसालले आफ्नो देहावसानपछि शरिरलाई मेडिकल अध्ययन प्रयोजनका लागि दान दिने घोषणा गरेका थिए ।अब उहाँको मृत शरीर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहने छ l जसलाई मेडिकल विद्यार्थीहरूले आफ्नो अध्ययन अनुसन्धानको लागि प्रयोग गर्नेछन् l
९७ वर्षीय पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए । राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका पत्रकार रिसाल राससमा अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आवद्ध रहे ।रेडियो सगरमाथाको स्थापनाकालदेखि संलग्न पत्रकार रिसालले लामो समयसम्म रेडियो कुराकानी स्तम्भमा आफ्नो विचार प्रस्तुत गर्थे भने उहिले बाजेका पालामा नामक कार्यक्रम चलाउथे ।उनी रासससबाट प्रमुख संवाददाता भएर अवकाश भएका थिए ।
पत्रकार रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बाश्री र वातावरण संरक्षण पुरस्कार प्राप्त गरेका थिए । उनका ‘साधुलाई शूली’ (जेल डायरी), ‘उहिलेको बाजेको पालामा’ ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति, ‘सुशीला–भैरव’ ‘भैरव दाइ’, ‘उहिलेको नेपाल (अनूभवसंग्रह)लगायत पुस्तक प्रकाशित छन् । रिसालले ९७औँ जन्मदिनका अवसरमा गत २६ साउनमा तीनवटा कृति सार्वजनिक गरेका थिए । विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखरचनाको संग्र्रह ‘भैरव रिसालका छानिएका रचना– २’ तथा ‘बितेका कुरा’ र ‘अविश्रान्त भैरव’ कृति सार्वजनिक गरिएका थिए । रिसालका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
उनी जयतु संस्कृतम आन्दोलनमा पनि सक्रिय रूपमा लगेका व्यक्ति हुन् l २९ साउन १९८५ मा भक्तपुरको गुन्डुमा जन्मिएका रिसाल घट्टेकुलोस्थित निवास बस्दै आएका थिए । ०४८ को आमनिर्वाचनमा रिसाल नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर- २ मा चुनाव लडेका थिए । कांग्रेसका जगन्नाथ आचार्यसँग पराजित भए ।
स्मरणीय : फाइल फोटो प्रयोग गरिएको छ l
घरबासमा आउने विदेशीको तुलनामा स्वदेशी पाहुनाको सङ्ख्या अधिक रहेको छ l
सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक...
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्र...