नयाँ वर्षको दिन मात्र फूल फुल्ने राजा सहलेशको फूलबारी

जनकपुर- नयाँ वर्षको एक दिन मात्र फुल्ने फूल ! सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । पूर्व–पश्चिम राजमार्ग खण्डअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन राजाको फूलबारीमा यस्तै फूल देख्न पाइन्छ । जहाँ प्रत्येक नेपाली नयाँ वर्ष वैशाख १ गते फूल फुल्छ र बेलुकी भएपछि ओइलाएर जान्छ l
सलहेस फूलबारीको नाामले प्रसिद्ध रहेको ऐतिहासिक फूलबारीमा वैशाखको पहिलो दिन त्यहाँ रहेको हारमको रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ पख भएपछि ओइलाएर जान्छ ।
सो रुख फूलबारीको मध्यभागमा रहेको राजा सहलेको गहबर (मन्दिर) सँगै टाँसिएको सो रुखमा वर्षको एकदिन एकाबिहानै फूल फुल्नु र साँझपख ओइलाएर जानु आजसम्म रहस्य नै बनेको छ ।
माला आकारको सेतो फूलको थुङ्गा जस्तो देखिन्छ र साँझपख ओइलिएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ । ती रुख के का हुन् कसरी यतिका वर्षसम्म बाँचिरहेका छन् भन्ने खोजको विषय हो । वनस्पतिविद्हरूका अनुसार छैटौँ-सातौँ शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन ।
किम्वदन्ती यस्तो छ :
राजा सहलेश एउटा दुसाद (दलित) जातिका व्यक्ति राजा भए र राजा सहलेशको जीवनगाथासँगै सलहेस फूलबारी र वर्षको एक पटकमात्र फुल्ने फूलका बारेमा पनि एउटा रोचक तथा सत्य घटना रहेको छ ।
छैटौँ-सातौं शताब्दीतिर त्यसबेला मिथिला भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो । त्यो ठाउँ अहिले सिरहा नगरपालिकामा पर्दछ । त्यसबेला त्यहाँका सामन्त, जमिन्दार, भैरव, भूपाल, सोनम र मन्दोदरीको कोखबाट एउटा इन्द्रस्वरुप वीरबालक जयवर्द्धन (सहलेश) को जन्म भएको थियो । सानैदेखि सौर्यवान प्रखर वुद्धिमान धनी र शौर्यशाली थिए सलहेस ।
सलहेसको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरमा किराँत प्रदेश तिब्बत र भुटानतिरबाट आर्यवर्तमा अन्नबाली पशु लुटेर लान बारम्बार आक्रमण हुने गर्दथ्यो । बारम्बार हुने भोट र किराँतको आक्रमणलाई रोक्न सलहेसका बुबा भूपाल सोमदेव तरेगना गढ (हालको लहान बजारभन्दा चार किलोमिटर उत्तर तर्फ) का राजा हिन्दुपति शम्सेर भण्डारीलाई सघाउन गए ।
भोट र किराँतसँग भएको युद्धमा भूपाल सोमनदेव सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सहलेश महिसोथा गढको गढपति बने । सलहेस गढपति भएपछि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयका पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो शैन्य सङ्गठनलाई सुसङ्गठित पारेका थिए ।
पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सहलेश समातिएपछि मालिनी भन्ने सुन्दरीले सहयोग गर्दा सलहेस र मालिनीबीच प्रेम भएको भन्ने किम्वदन्ती रहिआएको छ ।
राजा सलहेस दलितमध्ये दुसाध जातिका भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सहलेशको गहवर बनाई देउताको रुपमा पूजा गर्ने परम्परा रहिआएको छ ।
लहान नगरपालिकादेखि चार किलोमिटर पश्चिम दक्षिणमा १२ बिगाहा क्षेत्रफलमा फैलिएको धार्मिक फूलबारीमा हारनको रुखमा वैशाख १ गतेका दिन मात्र सुनाखरी फूलमाला देखा पर्छन् र दिन ढल्दै जाँदा उक्त माला विस्तारै ओंइलाउँदै जान्छन् । अचम्मको उक्त फूल हेर्न भारतबाट समेत असङ्ख्य श्रद्धालु आउने र मेला भर्ने गर्दछन् । मेलामा छिमेकी मुलुक भारत बिहारको सहरसा, सुपौल, पूर्णिया, दरभंगा, पटनासम्मका दर्शनार्थीसमेत आएका थिए । आफ्नो क्षेत्रमा लोकनायकको रूपमा पुजिने सलहेश र प्रेमिका मालिनीको प्रेम प्रतीकको रूपमा लिइने सुनाखरी फूलको माला हेर्न हरेक वर्षको नयाँ वर्षको दिन छिमेकी भारत र स्वदेशका हजारौँ मानिसको भिड लाग्ने गर्दछ ।
किम्वदन्तीअनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सहलेशको प्रतिक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् । साँचो मनले जसले भाकल गर्छ उसको मनोकामना पूरा हुने जन विश्वास छ । मेलाको दिन दर्जनौं युवायुवतीको जोडी आएर ती फूललाई साक्षी मानी प्रेम विवाह गर्ने गर्छन् ।
यो मात्र एउटा यस्तो देउता हो जसलाई सबै समुदायका मान्छेले पुज्ने गर्छन् । राजासहलेशको गाथालाई जीवन्तता दिन अहिले पनि गाउँ–गाउँमा गीत र महराइमार्फत सलहेस गाथा गाउने परम्परा जीवितै छ ।
आफ्ना समयमा पराकर्मकै बलमा नागरिकलाई सुशासनको प्रत्याभूति गराउने लोक देउता सहलेशको जीवन गाथासँग जोडिएको धार्मिक तथा ऐतिहासिकस्थल सहलेश फूलबारी, मानिकद, पकरिया गढ, पतारी पोखरीको विकासमा सरकारले ध्यान दिनसके यसले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुनुको साथै ग्रामीण अर्थतन्त्रको विकासमा थप टेवा पुग्ने देखिन्छ ।
उनले मिथिलाका यस्ता गौरवशाली इतिहास बोकेका धरोहरको संरक्षण सम्बर्द्धन र विकास गर्न सरकारले अग्रसरता देखाउन आवश्यक छ ।
बिहानीपख फुल्ने र साँझपख मौलाएर जाने यस्तो अनौठो फूलको वैज्ञानिक अनुसन्धान हुनुपर्छ ।
याँ वर्षको फूलबारीको मध्यभागमा मालिनीको गहवर (मन्दिर) सँगै रहेको हारमको रूखमा एक दिन मात्र फुल्ने विश्वास गरिएको माला आकारमा देखिने सुनाखरी प्रजातिको फूल हेर्न झापा, सुनसरी, मोरङ, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लाबाट आएका दर्शनार्थीको मेलामा भिड आज पनि लाग्न थालेको छ l
स्मरणीय : फाइल फोटो प्रयोग गरिएको छ l
झा २०७७ फागुन ७ मा केपी ओली प्रधानमन्त्री भएको बेला मधेसको प्रदेश प्रमुख नियुक्त भएका थिए ।
सडक नबन्दा आवतजावतमा मात्र नभई यहाँको व्यवसाय नै धरासयी भएको छ l
मंगलबार सिरहाकै नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतीघरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्...