तराई मधेशमा आज जुडशीतल मनाइँदै

वैशाख,२जनकपुर: तराई मधेशका जिल्लामा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै छ । जुडशीतलको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदासमेत दिइएको छ । जुडशीतल पर्वलाई तराईमा विशेष रूपमा लिने गरिन्छ ।
पहिलो दिन
विक्रम संवत् परम्पराको नयाँ वर्ष सुरुमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको मानिन्छ ।
वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा पहिलो दिन चना, बदाम, जौँ, मकै, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र सख्खरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ ।
दोस्रो दिन
यसैगरी दोस्रो दिन (वैशाख २ गते) बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल सिंचित गरी वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने आशीर्वाद दिँदै जुडशीतल पर्व मनाउने गरिन्छ ।
आजका दिन रुखबिरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखबिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो ।नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ ।
आजको दिन मिथिलाञ्चलको केही स्थानमा हिलोपानी खेल्ने चलन पनि गरिन्छ । घरघरमा सोइजनको तरकारी, करहीबरी, तरुवालगायत विशेष परिकार बनाएर खाने चलन जुडशीतलमा छ ।जुडशीतल पर्व तराई मधेशको खाद्य संस्कृति चिनाउने र मानवीय सम्बन्ध मजबुत बनाउने पर्वको रूपमा पनि परिचित छ ।
स्मरणीय : तस्बिर भाग्यश्री चौधरीको फेस बुकबाट l
शालिग्रामको दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वासले परिवारसहित दर्शन गर्न मानिसहरू आउँछन् l
कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।
हनुमानलाई परब्रह्म र रौद्ररूपमा पनि स्मरण गरिन्छ l