रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक,महाधिवेशनबारे औपचारिक निर्णय हुने

काठमाडौँ-वैशाखको अन्तिम साता तोकिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबारे औपचारिक निर्णय गर्न बिहीबार केन्द्रीय समितिको बैठक बस्दैछ । पार्टी सचिवालय बैठकको निर्णय र पार्टी कार्यवाहक सभापतिको आव्हानमा बिहीबार बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी प्राप्त भएको छ ।
बैठकका एजेन्डाहरू
वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकका एजेन्डा चारवटा रहेको सो पार्टीले जनाएको छ । जसअनुसार अघिल्लो बैठकको निर्णयसहितको पार्टी गतिविधिमा केन्द्रीय सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्ने पहिलो एजेन्डा रहेको छ । दोस्रो एजेण्डामा महाधिवेशन कार्य विवरणका सम्बन्धमा रहेको छ ।
रास्वपाले यसअघि वैशाख २५ देखि २७ सम्म पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो । तर सभापति रवि लामिछाने सहकारी मुद्दामा थुनामा पुगेपछि महाधिवेशन तोकिएको मितिमा नहुने निश्चितजस्तै भैसकेको छ । यसअघि बसेको सचिवालय बैठकमा समेत वैशाखको महाधिवेशन सार्ने कि हाललाई स्थगन मात्र गर्ने भन्नेबारेमा छलफल भएको थियो । उक्त छलफलमा औपचारिक निर्णय केन्द्रीय समिति बाटै गर्न उपयुक्त हुने र त्यसको स्वीकार्यता फराकिलो हुने भन्दै केन्द्रीय समिति बैठक आह्नवान गरिएको हो ।
महाधिवेशनबाहेक केन्द्रीय समिति बैठकमा विशेष रिपोर्टिङ (जनयात्रा कार्यक्रम, ब्लु प्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, सङ्गठन सबलीकरण) र विविध विषयमा छलफल चल्ने रास्वपाका नेताहरूले जानकारी दिएका छन् ।
आइतबार काठमाडौंको आम्रपाली वैंकेटमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट भण्डारी पुन: अध्यक्षमा सर्वसम...
एमालेले आजको पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता, खुलापन र गणतन्त्रको महत्व बताउने अवसरको रूपमा सेलिब्र...
अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्...