समीक्षा अधिकारी भन्छिन् : 'प्लिज मलाई नगिजोल्नुहोस् '

काठमाडौं–७ साउन,२०८०
गायिका समीक्षा अधिकारीले आफ्नो दिदीसँग जोडेर लेखिएका भ्रामक समाचार तथा तथा समाजिक सञ्जालमा आएका पोस्टप्रति आपत्ति जनाएकी छन्। समीक्षा अष्ट्रेलियिन सरकारको कालोसूचीमा परेको भन्दै अनलाइन समाचार तथा सामाजिक सञ्जालमा पोस्टहरू आइरहेका थिए।
उनले यो भ्रामक समाचार भएको भन्दै तथ्यहीन कुरा नलेखिदिन आग्रह गरेकी छन्। उनले आफू अँध्यारो समयलाई बिर्सेर अगाडि बढ्न खोज्दै गर्दा बदनाम गराउन गराएको भन्दै नगिजोल्न आग्रह गरेकी छन्।
‘मेरो व्यक्तिगत कुराहरू हुन्छन् मेरो अनुमतिविना मेरो भिसाको स्टाटस चेक गर्न तपाईं बसेको देशको कानुनले दिन्छ। मसँग एकचोटि सोधेको भए दिदीको बारेमा मै तपाईंहरूलाई बताउँथें। मेरो दिदीले कुनै नियम तोडेर होइन अष्ट्रेलियाको नियम परिधिमा रहेर त्यहाँ पढ्दैछन्।
दिदीसँगको कुरा जोडेर प्लिज म र मेरो परिवारलाई तथ्यहीन कुरा नलेखिदिनुस्। सक्नुहुन्छ २ वटा मीठा शब्द बोलिदिनुस्, जसले मनोबल बढाओस्। सक्नुहुन्न मलाई मानसिक तनाव नदिनुस्,’ उनले लेखेकी छन्। समीक्षाको स्टाटस जस्ताको त्यस्तै :
नमस्ते म समिक्षा अधिकारी !
आज सामाजिक संजालमा मेरो बारेमा आएका न्युजहरु हेरेर म आफै आश्चर्य चकित भएकी छु।
हुन त मैले यो भन्दा ठुलो प्रहरहरु खपी सकेकी छु तै पनि आज सामाजिक संजालमा आएको कुराले म अष्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजु भाइ दिदि बैनीहरु लाई सोध्न चाहन्छु यहाँ निर मेरो गल्ति के भयो ।
एउटा उमेर पुगेको मान्छे अष्ट्रेलिया नियम परिधि भित्र रहेर आफ्नो बसाइ अष्ट्रेलियामा लम्बाएर बस्दा एकतर्फी रुपले अलिकति कुरा पनि नबुझी किन म माथि प्रहार गर्नु भो ? अहिलेको मेरो भिषा निबेदनको स्थितिमा फाइनान्सको केहि डकुमेन्ट थप गर्नु पर्ने स्थितिमा मैले पठाई सकेकी छु भएको यति हो ।
म एउटा अध्याँरो समयलाई आफ्नै बलबुता र दर्शक, शुभचिन्तकको मायाले बिर्सेर अगाडी बढ्न खोज्दै गर्दा किन मेरो बदनाम गराउन उद्दत हुनु हुन्छ, मैले भोग्न पर्ने भोगी सके सहन पर्ने सहि सके प्लिज मलाई नगिजोल्नुस, मेरो व्यक्तिगत कुराहरु हुन्छन् मेरो अनुमति बिना मेरो भिषाको स्टाटस चेक गर्न तपाई बसेको देशको कानुनले दिन्छ । म संग एक चोटी सोधेको भए दिदिको बारेमा मै तपाईहरु लाई बताउँथे । मेरो दिदिले कुनै नियम तोडेर होइन अष्ट्रेलियाको नियम परिधिमा रहेर त्यहाँ पढ्दै छन् । दिदि संगको कुरा जोडेर प्लिज म र मेरो परिवारलाई तथ्यहिन कुरा नलेखिदिनुस ।
सक्नु हुन्छ २ वटा मिठा शब्द बोलिदिनुस जसले मनोबल बढावोस सक्नु हुन्न मलाई मानसिक तनाव नदिनुस। आज यती मात्र भन्न चाहे कि म ब्ल्याक लिस्ट मा परेको भन्ने खबर सरासर झुठो हो I मलाई अहिले तिज कार्यक्रम को लागी दिदी बहिनी इभेन्ट ले बोलाएको हो । म १८ बर्ष पुगिसकेको छु र मैले गार्जियन एप्प्लाई गरेको छु भन्ने कुरा सरासर झुठो हो ।
यस्ता भ्रामक समाचार मा बिश्वास नगरिदिनु हुन बिनम्र आग्रह गर्दछु । ।
फेरी पनि यो सबै भन्दै गर्दा म देश विदेशमा रहेका समस्त मेरा भगवान सरहका दर्शकको माया, ममता र सदभाबले पटक पटक टुक्रिएर फेरि जोडिदै गरेकी तपाईकी चेली हुँ मैले कुनै गलत काम गरेकी छैन यदि गलत गरेकी रहेछु भने म त्यसको सजाय भोग्न तयार छु।
सबैको राम्रो होस् सबैको जय होस् !!
तपाईकी
समिक्षा अधिकारी
कार्यक्रममा नेपाल,बेलायत स्विट्जरल्याण्ड, बेल्जियम, हङ्गकङ्ग महिला हिपहप कलाकारले र्याप प्रस्तुत गर्...
कारण परियार र सोह्र वर्षीय किशोरी गायिका जारा रीत प्रसाईको युगल स्वरमा सजिएको गीतले धमाका मच्चाउने व...
दर्शकको दर्शकको निर्णायक भोटका आधारमा करणले जित हासिल गरेका हुन् l