लुम्बिनी एमाले अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

रुपन्देही, भाद्र, २०
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । मङ्गलवार नेतृत्वका लागि भएको निर्वाचनको बुधवार बिहान भएको मत परिणाममा अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।
मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् ।विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका छन्। पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ ।
यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो ।त्यस्तै गरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन् । उनीसँगै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पूजन विश्वकर्माले ९८, रुकुमका शान्त कुमार वलीले ५६ मत ल्याएका थिए । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भएका छन् । उनीसँग दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याएका थिए ।
महिला उपसचिवमा लीला रानामगर ३५२ मत ल्याएर विजयी भएकी छन् । उनीसँग बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याएका थिए ।यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । उनले प्रतिस्पर्धी विष्णुराज बीसीलाई २०७ मत अन्तरले पराजित गरेका हुन् ।मङ्गलवार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।
विजयी उम्मेदवारहरूलाई बुधवार बिहान ९ बजे नै शपथग्रहणको कार्यक्रम राखिएको निर्वाचन मण्डलका सचिव तथा पार्टी पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिएका छन् । पदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कँडेल समूहका हुन् । यो नेतृत्व छनौटका लागि पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल समूहले कँडेल र महासचिव शंकर पोखरेल समूहले रिजाललाई साथ दिएर प्यानलगत उम्मेदवारी दिएर चुनावी मैदानमा गएका थिए ।
एमालेमा प्रतिनिधिहरुको मतका आधारमा नेतृत्व चयन प्रक्रिया भने माओवादीसँग एकता भएसँगै रोकिएको थियो । त्यसअघि भने नियमित अधिवेशन, अधिवेशनमा जुटे सहमति र नभए मतदानबाट नेतृत्व चयन गर्ने पार्टीको परिचय एमालेले राजनीतिक वृत्तमा बनाएको थियो ।
ओली आफैं मतदानबाटै एमाले अध्यक्ष निर्वाचित भएका थिए,तर तिनै ओलीले अध्यक्ष भएपछि पार्टीका हरेकजसो कमिटीको नेतृत्व आफैं मनोनीत गर्न थाले । माओवादीसँग एकताले प्रतिनिधिहरूले नेता चयन गर्ने प्रणाली बन्द नै गरिदियो । विशेषगरी एमाले विभाजनपछि बनेका कमिटीहरुको नेतृत्व चयनमा पार्टी केन्द्रबाट हस्तक्षेप भयो । लुम्बिनीमा भएको यो चुनावलाई एमालेले आफ्नो कोर्स करेक्सन गरेर प्रजातान्त्रिक लयमा आएको टिप्पणी गरिएको सुनिन्छ l
अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्...
रास्वपाले पार्टीको दस्तावेजमै उल्लेख गरिसकेको विषय हो यो अन्यथा होइन l
केन्द्रीय समितिको निर्णयको स्वीकार्यता फराकिलो हुने भन्दै केन्द्रीय समिति बैठक आह्नवान गरिएको हो ।