‘रक्सीले दिएको पुनर्जीवन' फेरि त्यस्तो कहिल्यै नहोस्

विश्व प्रसिद्द साइकल यात्री पुष्कर शाह यतिबेला अमेरिकामा छन् l उनी विदेशमा स्थापित ज्ञान,सिप र प्रविधि अब आफ्नै माटोमा खर्च गर्न उत्प्रेरित गर्ने उदेश्यले 'नेपाल फर्कौ र चुमौ आफ्नो माटो अभियानमा विश्व भ्रमणमा निस्केका हुन् l
आफू २२ वर्ष अघि अमेरिका आउँदा ध्वस्त भएको वोर्ल्ड टावर सेन्टर र आफ्नो टावर चढने त्यतिनै बेलाको योजना बारे नोस्टाल्जिक बनेर केही फोटो सहित आफ्नो फेसबुक वालमा पोष्ट गरेका छन् l उनको सोही संस्मरण र रक्सीले दिएको पुनर्जीवनलाई हामीले अर्थपूर्ण संयोग मानेर पस्केका छौं l पुष्कर आफ्नो भित्तोमा लेख्छन् :
११ सेप्टेम्बर २००१, बिहान ८ बजे नै हामी वर्ल्ड सेन्टर चढ्ने योजना थियो ।अघिल्लो दिन साँझ परी सकेकोले हामीले फोटो मात्र खिच्यौ ।म न्यूयोर्क मानहाटनको वर्ल्ड ट्रेड नजिकै साथी पलको घरमा थिएँ । ‘पुष्कर, पुष्कर छिटो यता आउ’ बैठक कोठाबाट पल चिच्यायो । म ट्वाइलेट थिएँ, के के न भएछ भन्दै बैठक कोठामा गएँ ।
‘हेर त हामी जान लागेको ठाउँ’ l
पल एकोहोरो टेलिभिजन हेर्दै अत्तालिँदै बोलिरहेको थियो ।
वर्ल्ड ट्रेड सेन्टरको टावर टुमा प्लेन ठोक्किएको थियो ।भर्खर बिहानको ९.१५ भएको थियो । हामी ८ बजे नै त्यँहा पुग्ने योजना थियो । त्यसको केही मिनेट पछि नै टावर वानमा पनि अर्को प्लेन पस्यो । हामी त हेरेको हेर्यै । हामी दौडिदै छतमा गयौं र फोटो खिच्न थाल्यौ। केही मिनेट भर मै दुईटै टावर गर्ल्याम्म ढले । हामी त्यहीं त जान लागेको । एकै छिनपछि त्यही टावर चढि रहेको हुने थियौ । बिहान २ बज सम्म बियर पिएर नबसेको भए छिट्टै उठिन्थ्यो ( ह्याङ ओभर ) छिट्टै उठेको भए वर्ल्ड ट्रेड सेन्टरको टावर चढि सकिन्थ्यो । कठै त्यतै खरानी बनिने रैछ । बियरले मृत्युलाई छक्याएको त्यो बिहान, आज २२ बर्ष पुगेछ । त्यही ठाउँमा अर्को टावर ठडिएछ । फेरि त्यस्तो कहिल्यै नहोस ।विश्वमा शान्ति फैलिरहोस् l
akabarey.com परीक्षण प्रसारणमा छ l
विमानस्थल उद्घाटनको दुुई वर्षपछि मङ्गलबार पोखराबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक...
पर्यटकको भीड बढ्दै जाँदा पुल हल्लिएर पदयात्री तर्सिने र दुर्घटना निम्तिन सक्नेतर्फ समेत ध्यान दिनुपर...
विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिए...