संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन

काठमाडौं, भाद्र, २६
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।
बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिएका छन् l
एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्लाहपछि उनको पार्थिव शरीर घर लैजाने तयारी छ । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनका दुवै छोरा विदेश रहेको बुझिएको छ l
सुवास नेम्वाङ् को सङ्क्षिप्त राजनीतिक इतिहास
सुवास नेम्वाङको जन्म २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको थियो ।
उनी २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भए । नेम्वाङले इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जितिरहे । उनी २०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम- २ विजयी बनेर संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहे ।
कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्यप्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भए उनी । ७४ को संसदीय निर्वाचनमा एमाले- माओवादी गठबन्धनबाट उनी विजयी भए ।
गत पुस १० मा राष्ट्रपतिमा उम्मेदवारी दिएका नेेम्वाङलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पराजित गरेका थिए ।
कानुनमा स्नातक गरेका नेम्वाङ केही समय कानुन व्यवसायमा पनि थिए । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति बने । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका उनी तत्कालीन नेकपा मालेमा संगठित भए ।
२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेमा नेम्वाङ आवद्ध भए । २०५४ को छैटौं महाधिवेशनदेखि उनी निरन्तर एमाले केन्द्रीय कमिटीमा छन् ।
२०७१ सालमा भएको नवौं महाधिवेशनपछि उनी स्थायी कमिटी सदस्य बनेका थिए । २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा नेम्वाङ उपाध्यक्ष थिए । हाल संसदमा संसदीय दलको उपनेता समेत रहेका नेम्वाङ् रुघाखोकीको कारण सामान्य अस्वस्थ थिए l
माननीय सदस्यहरू भनेर कुनै कार्यक्रममा बोलियो,भनियो र सुनियो भने त्यसको बिम्बमा सालीन सुवास नेम्वाङ्गको आवाज प्रतिबिम्बन हुन्थ्यो l यिनै सालीन नेतामा akabarey.com हार्दिक स्मरण गर्दछ l
akabarey.com परीक्षण प्रसारणमा छ l
झा २०७७ फागुन ७ मा केपी ओली प्रधानमन्त्री भएको बेला मधेसको प्रदेश प्रमुख नियुक्त भएका थिए ।
सडक नबन्दा आवतजावतमा मात्र नभई यहाँको व्यवसाय नै धरासयी भएको छ l
मंगलबार सिरहाकै नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतीघरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्...