गैरआवासीय नेपाली सङ्घको विश्व सम्मेलन मार्च २०२४ मा गर्ने निर्णय

सुरेश भट्ट आश्रिन, दोहा कतार
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय संघको आज सेप्टेम्बर १६, २०२३ शनिबार संघका अध्यक्ष बिनोद कुँवरको सभापतित्वमा अन्तर्राष्ट्रिय समन्वय परिषदको १८ औं बैठक सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघको दशौं महाधिवेशनपछि विभक्त भएको संस्था यतिबेला समुहमा विभाजित भएको छ । एकातर्फ डा. बद्रि केसी नेतृत्वको समूहले महाधिवेशनको दौडधुप थालेको छ, भने अर्कोतर्फ डा. शेष घले संरक्षित समूहको नेतृत्व गरिरहेका अध्यक्ष विनोद कुँवर नेतृत्वको समूहले महाधिवेशनको संखघोष गरेको छ ।
गैरआवासीय नेपाली सङ्घको विधान २०२२ले व्यवस्था गरेनुसार सङ्घको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी मार्चभित्र महाधिवेशन प्रतिनिधिहरूको प्रत्यक्ष उपस्थितिमा नेपालमा गरिने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई साक्षी राखी गरिएको एकता सम्झौतापत्रलाई एकताको मर्मअनुकूल र सहमतिअनुसार बद्रि केसी नेतृत्वले अक्षरश कार्यान्वयन गर्न नमानेको निष्कर्ष निकाल्दै विनोद कुँवर नेतृत्वको एनआरएनएले छुट्टै महाधिवेशन गर्ने निर्णय गरेको हो । यस्ता छन् बैठकका निर्णय ।
१. गैरआवासीय नेपाली संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा बिश्वो सम्मेलन मार्च २ र ३, २०२४ मा नेपालमा प्रतिनिधिहरु स्वयं उपस्थित भएर गर्ने निर्णय गरिएको छ।
२. गैरआवासीय नेपाली संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा बिश्वो सम्मेलन सफल रुपमा सम्पन्न गर्नको लागि अध्यक्ष बिनोद कुँवरको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ। ११ औं महाधिवेशनका आयोजक समितिका सल्लाहकारहरुमा निर्वतमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घले, निवर्तमान संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचन, निवर्तमान उपाध्यक्ष सोनाम लामा, पूर्व आइसीसी सदस्य जमुना गुरुङ, पूर्व संरक्षक दिल गुरुङ, सम्पूर्ण वर्तमान सल्लाहकारहरु र सम्पूर्ण मानार्थ परिषद सदस्यहरु रहनु भएको छ। त्यसैगरी आयोजक समितिमा सम्पूर्ण पदाधिकारीहरु, परिषद सदस्य र सबै एनसीसी अध्यक्षहरु समेत रहनुहुनेगरी मूल आयोजक समिति गठन गरिएको छ। समितिका सदस्य सचिवमा कार्यकारी निर्देशक राजेश सम्शेर राणा रहनु भएको छ।
३. गैरआवासीय नेपाली संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नको लागि गत बिशेष साधारणसभाको निर्णय अनुसारको ३ देखि ५ सदस्य रहने गरी एक निर्वाचन समितिको गठन गरिनेछ। निर्वाचन समितिका प्रमुख र सदस्यहरुको नियुक्ति संघका अध्यक्ष र महासचिवले गर्नेगरी निर्णय गरिएको छ।
४. संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा बिश्वो सम्मेलनको लागि आर्थिक ब्यबस्थापन र श्रोत बिकासको लागि उपाध्यक्ष भोमा लिम्बुको संयोकत्वमा समिति गठन गरिएको छ।
५. संघको ११ औं बिश्वो सम्मेलन ब्यबस्थापनको लागि उपाध्यक्ष थर्क सेनको संयोजकत्वमा ब्यबस्थापन समिति गठन गरिएको छ।
६. संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशनको लागि संघको गत बिशेष साधारणसभाले पारित गरेका परिमार्जित दफा र नियमहरु समेत समेटेर ११ औं महाधिवेशनको लागि एनसीसीहरुको लागि बिधान (मास्टर कपी) तथा राष्ट्रिय महाधिवेशन सहज बनाउनको निर्देशिका तथा अन्तराष्ट्रिय महाधिवेशन संचालन निर्देशिका समेत तयार पार्नको लागि उपाध्यक्ष बाबुराम (बिआर) लामाको संयोजकत्वमा समिति गठन गरिएको छ।
७. गैरआवासीय नेपाली संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन ब्यबस्थापन गर्न महासचिव जानकी गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ। यस समितिले महाधिवेशन प्रतिनिधिहरुको समेत प्रमाणीकरण कार्य गर्नेछ।
८. संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा बिश्वो सम्मेलनको लागि प्रचार प्रसार तथा प्रकाशनको लागि सचिव कृष्ण संजेल केसीको संयोजकत्व समिति गठन गरिएको छ।
९. संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा बिश्वो सम्मेलनको घोषणा २०२४ जारी गर्नको लागि प्रवक्ता प्रकाश धमलाको संयोजकत्वमा समिति गठन गरिएको छ।
१०. संघको बिधान २०२२ लाइ आवश्यक भए सो र बिशेष साधारणसभा २०२३ ले पारित गरेका परिमार्जित दफा र नियमहरु समेत समेटेर बिधान संसोधनको लागि क्षेत्रिया संयोजक केशब कडेलको संयोजकत्वमा बिधान मस्यौदा समिति गठन गरिएको छ।
११. संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा बिश्वो सम्मेलनको कार्यक्रम ब्यबस्थापन गर्न यूथ एम्बसडर दिपेश खत्रीको संयोजकत्वमा कार्यक्रम ब्यबस्थापन समिति गठन गरिएको छ। १२. गैरआवासीय नेपाली संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा बिश्वो सम्मेलनको लागि बनाइएका समिति संयोजकहरुले समितिमा आवश्यकता अनुसार सदस्यहरु मनोनित गर्न र आवश्कता अनुसार उपसमितिहरु समेत गठन गर्न सक्नुहुनेछ।
मुन्तजामा रहेको होटेल होलिडे भिल्लामा मध्यान्ह १२ बजेबाट सांगीतिक प्रस्तुतिसहित हुने भएको छ ।
कतारको अल लुक्ता स्थित ट्युनिसियन स्कुलको कभर्ड हलमा ३१ मार्चमा मध्यान्ह १२:३० बजेबाट कार्यक्रम सुरु...
संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँ...