सुवास नेम्वाङको मृत्युको कारण स्थगित बीपी साहित्य महोत्सव असोज ३ गते हुने

काठमाडौँ, असोज, १
नेपाली कांग्रेसले संविधानसभा अध्यक्ष सुवास नेम्वास नेम्वाङको निधनपछि रोकिएको बीपी साहित्य महोत्सव ३ गते गर्ने भएको छ। महोत्सव आयोजक कमिटीको बैठकले महोत्सवको समापनसभा ३ गते गर्ने निर्णय भएको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए ।
उनका अनुसार स्थगित भएको तेस्रो र अन्तिम दिन (भाद्र २६ गते) को कार्यक्रम संविधान दिवसको अवसरमा असोज ३ गते विहान १०ः ३० बजेदेखि साँझ ५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।
गत साउनमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार कांग्रेसले २४ गतेदेखि २६ गतेसम्म पार्टी मुख्यालयमा महोत्सवको आयोजना गरेको थियो।
अन्तिम दिनको कार्यक्रममा सहभागीताको लागि राजनीतिक दल नेता, लेखक, साहित्यकार, बुद्धिजीवि, अध्येता, अनुसन्धाता एवम् सामाजिक, सांस्कृतिक क्षेत्रमा रुची राख्ने सबै तह र तप्काका सम्पूर्णमा अनुरोध गरेको छ । समाजलाई कांग्रेससँग जोड्ने अभियानको एउटा विशिस्ट कडीको रूपमा विगतको दुई दिने कार्यक्रम सफल भएको निस्कर्ष निकालेको कांग्रेसले असोज ३ को कार्यक्रम पनि त्यस्तै उत्साहपूर्ण हुने विश्वास लिएको कुरा कांग्रेस नेताकार्यकर्ता बताउँछन् l
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l