केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट, स्वास्थ्यकर्मी आन्दोलित

काठमाडौं, असोज, १४
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा डाक्टरमाथि कुटपिट भएको छ। आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो। डाक्टरमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्।
नेफ्रोलोजीको ओपीडीमा बिरामी लिएर आएका ३–४ जनाको समूहले डाक्टरमाथि कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ। भीड बढी भयो एकछिन बाहिर जानूस् भन्दा डाक्टरमाथि आक्रमण भएको पाइएको छ।
डाक्टरमाथि कुटपिट भएको सूचना आएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरेर घटनाबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी कुमोध ढुंगेलले जानकारी गराएका छन् l हिजो मात्र डाक्टरहरू सँग सम्झौता भएर आज देखि आन्दोलन स्थगित गर्ने काम भएको थियो l
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण...
भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् ।
स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको छ l अहिलेसम्म पारसलाई चौथो पटक हृदयघात भएको हो ।