एक आदर्श शिक्षक तारानाथ काफ्लेको - जीवनगाथा

हाम्रो छिमेकी गाउँ जफेका यशस्वी गुरु हुनुहुन्छ - तारानाथ काफ्ले । दोलखाको दक्षिणी भेगमा धेरैले स-गौरव लिने नाउँ पनि हो - तारानाथ गुरु । लामो समय शिक्षण पेशामा रहनु भएको उहाँका धेरै शिष्यहरू छन् । शिक्षण पेशाबाट अवकाश भएको लामो समयपछि उहाँले 'अतीतका पानाहरू' जीवनानुभूति स्मृतिसङ्ग्रह प्रकाशित गर्नुभएको छ ।
एउटा मानिसको जीवनमा आउने दु:ख-सुख, हुरी-हुण्डरी, खुसी / अवसाद सबै कुरालाई इमानदारीपूर्वक यो पुस्तकमा समेटिएको पाइन्छ । यो पुस्तक पढ्दा उहाँ इमानदार लेखकमा पर्नु हुन्छ । प्रायः मानिसहरूले जीवनी लेख्दा आत्मश्लाघा पोख्ने, आफूलाई केन्द्रमा राख्ने र इतिहासलाई आफूअनुकूल व्याख्या गर्ने गरेको पाइन्छ । तर यस पुस्तकमा लेखक ईमानदार देखिनु भएको छ । यो लेखकीय हिसाबले सुन्दर र महत्त्वपूर्ण पक्ष हो ।
आफ्नो जीवनको महत्त्वपूर्ण समय ग्रामीण शिक्षामा खर्चिनु भएका तारानाथ काफ्लेको जीवन सङ्घर्ष पढ्दा कौतुकमय र कलात्मक लाग्छ । शिक्षामा समर्पित गुरुहरूले उहाँको जीवनबाट आदर्श पाठ सिक्छन् । उहाँको योगदान, निष्ठा र आदर्श जीवनशैली हरेक हिसाबले अनुकरणीय र उच्चतम् लाग्छ ।
एउटा प्राथमिक तहको प्रधानाध्यापकको जिम्मेवारीबाट आफूलाई त्यस भेगकै आदर्श शिक्षकको उपमा पाउनु जो कसैलाई सम्भव हुँदैन । तारानाथ गुरु त्यसभेगमा अङ्ग्रेजी र गणित विषयको शिक्षक हुनुहुन्थ्यो । जतिबेला उहाँ शिक्षक बन्नु भयो त्यतिबेला सामान्य विषय पढाउने गुरु पाउन पनि हम्मेहम्मे थियोे । उहाँले कालापानी प्राथमिक विद्यालय बि.सं.२०१८ सालदेखि शिक्षण पेशा प्रारम्भ गर्नुभएको रहेछ । त्यसपछि उहाँले बि.सं. २०५६ सालसम्म निरन्तर शिक्षण पेशा निष्ठापूर्वक लाग्नुभएको देखिन्छ ।
शिक्षण पेशाअघि उहाँले काठमाडौं, भैरहवा र भारतीय विभिन्न शहरमा संघर्ष गर्नुभएको रमाइलो-रमाइलो स्मृति र अप्ठ्याराहरूसँग जुध्नु परेको कथाले पुस्तक पठनीय बनाउनु भएको छ ।
१४ वर्षको उमेरमा तारानाथ काफ्ले दिदी-भिनाजुको साथमा भैरहवामा बसेर पढ्नुहुन्थ्यो । उहाँको भिनाजु केपी शर्मा नेपाली काङ्ग्रेसको वरिष्ठ नेता हुनुहुन्थ्यो । भैरहवामा नेपाली काङ्ग्रेस नेता वीपी कोइराला पनि उहाँका भिनाजुलाई भेट्न पुग्नुहुन्थ्यो । एकदिन कोइरालाले उहाँको दिदीलाई सोध्नुभएछ - "तपाईंहरूलाई केही अप्ठ्यारो छ कि ?" उहाँको दिदीले भाइलाई देखाउँदै भन्नुभएछ -" अरु सबै ठिकै छ, यो भाइलाई पढाउन अलिक मुस्किल परिरहेको छ ।" त्यसपछि वीपी कोइरालाले खल्तीबाट रू. पचास झिकेर दिदीलाई दिनु भएछ । "यो भाइको पढाइ खर्च अब प्रत्येक महिना तपाईंहरूलाई यो सहयोग दिने व्यवस्था मिलाइदिन्छु ।" तारानाथ काफ्लेले तत्कालीन अवस्थामा वीपीको सहयोगले आफ्नो पढाइ संभव भएको प्रसंग पुस्तकमा उल्लेख गर्नुभएको छ ।
उहाँले शिक्षण पेशा तीनवटा विद्यालयमा गर्नुभएको देखिन्छ । [ कालापानी जफे, गोल्मेश्वर मालु र सीतापाइला जफेमा ]
तारानाथ काफ्लेले सरल भाषामा जीवनको दु:ख- सुख कलात्मक हिसाबले पुस्तकाकार रूपमा उतार्नु भएको छ ।
परिवारको फेहरिस्त पुस्तकमा मज्जासँग पढ्न पाइन्छ ।
आफूले अध्यापन गराएका विद्यार्थीहरू ( मन्त्रीदेखि विभिन्न क्षेत्रका उच्च तहमा पुगेकाहरू )लाई सम्झिनु भएको छ ।
तारानाथ काफ्ले आफ्नो सन्दर्भमा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, प्रा.डा. ध्रुवराज पोखरेल, राष्ट्रिय ज्येष्ठ नागरिककोषका अध्यक्ष वसन्तराज कार्की, वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, साहित्यकार जीत कार्की लगायत डेढ दर्जन शिष्य तथा आफन्तको आफू केन्द्रित स्मृति पनि सङ्गृहीत गर्नुभएको छ ।
जीवनको लामो समय शिक्षण पेशा गरेर सबैको आस्थाको केन्द्र बन्नु भएका आदरणीय शिक्षासेवी, 'आदर्श व्यक्तित्व' श्रद्धेय गुरुदेव श्री तारानाथ काफ्लेको दीर्घजीवन, सु-स्वास्थ्य तथा ऎश्वर्यशाली व्यक्तित्वका लागि शुभकामना अर्पण गर्दछु ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l