कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ विमोचन

कथाकार कृष्ण कुसुमले आफ्नो कथासंग्रह ‘पार्श्वधुन’ विमाेचन गराएका छन् । काठमाडौंको प्रज्ञाप्रतिष्ठानको पारिजात हलमा शनिबार आयोजित कार्यक्रममा कथाकार तथा कवि अभय श्रेष्ठ, साहित्यकार नयनराज पाण्डे, निबन्धकार तथा समालाेचक कुमारी लामा, पत्रकार माेहराज शर्मा र लेखकका बुवा दीपकराज न्याैपानेले संयुक्तरूपमा 'पार्श्वधुन'काे विमाेचन गरेका हुन् । कार्यक्रममा शिखा बुक्सको तर्फबाट पुष्पराज पौडेलले सङ्क्षिप्त प्रकाशकीय मन्तव्य राखेका थिए l
शिखा बुक्स काठमाडौंले प्रकाशन गरेको कथासंग्रहमा नेपाल र अमेरिकी परिवेशका तेह्र कथाहरू समावेश गरिएको छ । साहित्यकार नयनराज पाण्डेले कुसुमका कथामा नौलोपन देखिएकाे भन्दै उनी भविष्यमा उम्दा कथाकार हुनसक्ने बताए । उनले नेपाली कथा लेखनको ट्रेन्ड आज पनि गुरुप्रसाद मैनाली कै लयमा रहेको यही लय कथाकार कुसुमले पनि भञ्जन गर्न नसकेको गुनासो गरे l नयनराजको आत्मस्वीकृति थियो l हामी सानो समाजमा छौं l हाम्रा सुख दुख साझा छन् l हाम्रा रुचि र लगावहरू उस्तै छन् l आक्रोश र मोह समान छन् l त्यसैले परम्परागत शैली भत्काउन हामीलाई कठिन भएको हो l मेरा पनि कमजोरी यही हुन् जस्ता कृष्णका छन् यद्दपि हामीले हाम्रा रचनाहरूको रिचेकिङ्, रिटोटलिं र रिभिजिट भने गर्ने पर्छ l सिर्जनामा म कसैलाई गुरु मान्ने पक्षमा छैन l आफू हिंड्ने बाटो आफै निर्माण गर्ने हो l युगीन फरकपन आजको आवश्यकता हो l
यसैगरी, कथाकार तथा कवि अभय श्रेष्ठले अलिक अगाडिबाट नै कुसुमले कथा लेख्दै आएकाे र अहिले आउँदा निकै माझिएकाे बताए ।
निबन्धकार तथा समालाेचक कुमारी लामाले मानवीय संवेदनाका मसीनो पाटोलाई अन्त्यन्तै फरक ढंगले टिपेको अब्बल र माझिएको लेखाइ भए पनि नारीलाई हेर्ने पुरुषको परम्परागत दृष्टिदोष भने कुसुमका कथामा पनि दोहोरिएर आएको पक्षमा ध्यान केन्द्रित गराइन् l सौन्दर्य चेतनाको पुरातनपन्थ त्याग गरेर नवीन सौन्दर्य चेतनाको भाष्य कोर्न सबैले मेहनत गर्नु पर्ने लामाको विचार थियो l शब्दहरूको रिपिटेसन बारेमा पनि कुमारीको ध्यानाकर्षण थियो l
विमोचन कार्यक्रमको संचालन महेश क्षितिजले गरेका थिए l आफ्ना कथाहरूमा विमर्श भइरहँदा गम्भीर मुद्रामा समालोचना सुन्दै बसेका कथाकार कृष्ण कुसुमलाई मोहनराज शर्माको प्रश्न थियो तपाई कस्तो महसुस गर्दै हुनहुन्छ ? कृष्ण भन्दै थिए : 'परीक्षार्थी हुँ गुरुहरूको अगाडि बसेको विद्यार्थीले जे र जस्तो अनुभूति गर्छ, त्यही गरिरहेको छु l विद्वान् समीक्षकहरूको समालोचनालाई पथ प्रदर्शन गरेको रूपमा ग्रहण गर्नेछु l'
प्राय: टेक्नोक्र्याट रुखा र सुत्रवद्द हुन्छन्, भावुक र सहृदयी हुँदैनन् भन्ने भाष्यलाई कडा जबाफ हो, कवि गजलकार र कथाकार इन्जिनियर कृष्ण कुसुमको व्यक्तित्व भन्ने कुरा पनि समीक्षकहरूको समीक्षाको विषय बनेको थियो l कार्यक्रममा साहित्यिक व्यक्तित्व, पत्रकार, समीक्षक र कृष्णका शुभचिन्तकहरूको बाक्लो उपस्थिति थियो l
विमोचित पुस्तक 'पार्श्वधुन'को मूल्य ३७५ रुपियाँ राखिएकाे छ । यसअघि कुसुमको ‘अमृतको प्याला’ गजलसंग्रह, ‘अञ्जुलीमा अभियन्ता’ संयुक्त कविता संग्रह, ‘अञ्जुलीमा अभियन्ता- २’ संयुक्त गजल संग्रहलगायतका पुस्तक प्रकाशित छन् ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l