श्रीबाबु कार्कीको निबन्धसंग्रह 'सन्दिग्ध शताब्दी' लाई कविराज स्रष्टा सम्मान

विराटनगर
कवि तथा निबन्धकार श्रीबाबु कार्कीको निबन्धसंग्रह 'सन्दिग्ध शताब्दी' लाई 'कविराज सम्मान प्रदान गरिएको छ । नारी स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष (२०८०) श्रीबाबु कार्कीलाई प्रदान गरिएको हो ।
‘मोहनलता स्रष्टा सम्मान – २०८०’ बाट इलामेली स्रष्टा वरिष्ठ कवि विमल वैद्य, ‘कविराज स्रष्टा सम्मान -२०८०’ कवि तथा निबन्धकार श्रीबाबु कार्की उदास, ‘उत्कृष्ट वर्ष पुस्तक पुरस्कार- २०८०बाट ‘चोभार ब्लुज’का लागि निकथाकार विक्रमभक्त जोशी, ‘राजेन्द्र-हेमलता स्रष्टा सम्मान-२०८०’ मुक्तककार आरती पाेखरेल, ‘काेशी प्रदेश लघुकथा सम्मान -२०८०’ लघुकथाकार मनीषकुमार शर्मा समित, यी सम्मानहरूमा ‘मोहन-लता स्रष्टा सम्मान’ पन्ध्रहजार रुपैयाँ राशि र प्रमाण-पत्र रहेको छ भने अन्य चार सम्मान ११ हजार रुपैयाँ राशि र सम्मान पत्र रहेको छ ।
विराटनगरमा आयोतित एक कार्यक्रममा वरिष्ठ कवि एवम् प्राज्ञ विवश पोखरेलले कार्कीलाई उक्त पुरस्कार प्रदान गरेका हुन ।
कार्यक्रमका प्रमुखअतिथि पोखरेलले कार्कीले निबन्धमार्फत नेपाली समाज , संस्कृति , प्रकृति र मानवीयपक्षको उत्खनन् गरेको बताए । कार्यक्रमका अतिथि पूर्वसंसद तथा नाट्यकर्मी खेम नेपालीले निबन्धले पाठकको मनलाई फराकिलो बनाइदिन सक्ने बताए ।
यस्तै निबन्धकार कार्कीले निबन्ध सिर्जनाले आफूलाई लेखनको ध्यानमा पुर्याएको बताए । निबन्धको पहिलो कृतिलाई पाठक र विज्ञले अत्याधिक मन पराइदिएका कारण आफूमा हौसला बढेको कुरा कार्कीले सम्मान समारोहमा व्यक्त गरे l
नारी स्रष्टा समाजकी अध्यक्ष तथा कथाकार ममता मृदुलको अध्यक्षता सम्मपन्न उक्त कार्यक्रमको संचालन लक्ष्मी पोखरेलले गरेकी हुन् l
बालसाहित्य, कथा, लघुकथा र कवितामा स्थापित कार्कीको नविनतम् निबन्धकृति 'सन्दिग्ध शताब्दी' यतिबेला निकै चर्चाको कृतिका रूपमा रहेको छ ।उक्त कृतिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिकाबाट यसवर्षको सर्वोत्कृष्ट निबन्ध पुरस्कार 1000 US dollar समेत प्राप्त गरेको छ l 'सन्दिग्ध शताब्दी' धेरै भन्दा धेरै समीक्षा र टिप्पणी लेखिएको कृतिहरू मध्ये एक कृतिको रूपमा पनि चर्चित छ l
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l