सुमिनाको ‘बागी स्त्रीकोआत्मकथा’ कविता सङ्ग्रहको लोकार्पण

काठमाडौं, पुस, १३
लेखक तथा कवि सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ काठमाडौंमा सार्वजनिक भएको छ । शुक्रबार कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्य कार्यक्रमको आयोजना गरी संग्रह सार्वजनिक गरिएको हो ।
इन्डिगो इङ्कको प्रकाशन रहेको यस संग्रहबारे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव तथा विश्लेषक आहुति, प्रगतिशील लेखकहरू कुमारी लामा र अभय श्रेष्ठले कविता सङ्ग्रह बारे समालोचनात्मक टिप्पणी गरेका थिए ।
कविताबारे टिप्पणी गर्दै अभय श्रेष्ठले सुमिनाको कवितामा प्रष्ट वैचारिकी पाइने बताए । उनले भने, ‘वैचारिक रूपले प्रष्ट कविता पढ्न चाहनेहरूलाई सुमिनाजीको कविता पढ्न पाउँदा खुशी लाग्नेछ ।’, संग्रहका धेरै कविताहरु राम्रो लागेको, केही कवितामा विमति र केही कवितामा भने आपत्ति रहेको उनको भनाइ थियो । केही कविता भने वैचारिकरूपले दुर्वल रहेको र नवसंस्करणमा ती कविता झिक्न योग्य रहेको श्रेष्ठको सुझाव थियो l
यस्तै कविताबारे बोल्दै लेखक कुमारी लामाले सुमिनाको कविता विचारको विलास मात्र नभएर पक्षधरता र उत्पिडित समुदायको आवाजलाई मुखर गर्नको निमित्त अगाडि आएका बुलन्द आवाज रहेको बताइन् । कविको धेरै विचारहरूमा आफ्नो सहमति रहेको उनले बताइन् । ‘वहाँको विचार नै विद्रोही रूपमा आएर कवितामा अन्तिम अश्त्र, जंगली फूल, बागी स्त्रीको आत्मकथा जस्ता चोटिलो कविता बनेका छन्,’ उनले भनिन् । महिलालाई हेर्ने परम्परागत चिन्तन कविता सङ्ग्रहले त्याग्न नसकेको, धेरै शब्दहरू दोहोरिएर आएको जस्ता कमजोरीप्रति लामाले ध्यानाकर्षण गराएकी थिइन् l
कविताबारे टिप्पणी गर्दै आहुतिले सुमिनाका कविता वैचारिक हस्तक्षेपसहितका कविता भएको र यही नै उनको कविताको शक्ति भएको बताए । उनले भने, ‘सुमिनाका कविता वैचारिक त छदै छन्, ती मुख्यतया मार्क्सवादको वैचारिकीमा उभिएका छन् । समाजवादी यथार्थवादलाई पकड्नु उहाँका कविताको मूल विशेषता हो ।’ यद्दपि कवितामा मार्क्सवादी सौन्दर्यानूभूति हुँदाहुँदै पनि पुँजीवादी सौन्दर्य चेतनाको प्रभाव हट्न नसकेको देखिन्छ, आहुतिको टिप्पणी थियो l कविताको बारे कवितामा नै विमर्श लेखिसकेको कारण कम बोल्ने भन्दै आहुतिले अन्य वैचारिक कुरालाई कवितासँग जोडेर आफ्नो धारणा राखेका थिए l आफ्नो कविता विमोचनमा व्यक्तिगत तवरमा समाजका यति धेरै मान्छे तान्ने ल्याकतले सुमिनाको प्रभाव र आकर्षण देखिएको आहुतिको भनाई थियो l
कार्यक्रममा कवि सुमिनाले कवि र कविता विचको दुरी, पक्षधरता र लेखनको उदेश्य गरी तीन बुँदामा आफ्ना लेखकीय मन्तव्य प्रस्तुत गरेकी थिइन् । ‘मैले जुन र जस्ता कविताहरू लेखेकी छु, यी कविताहरू कसैको निम्ति अत्यन्तै असान्दर्भिक र बेकारका बस्तु बन्न सक्छन्, त्यसको पूर्वआभास मसँग छ । त्यसलाई म स्वभाविकरूपमा पनि लिनेछु । किनकी वर्ग समाजमा, वर्ग निरपेक्ष कुनै कवि लेखक साहित्यकार पनि हुनसक्दैन । एकैसमय कोही सबैको प्रिय बन्छु भनेर सोच्छ भने त्यो समस्याग्रस्त कुरा हुन्छ । तह र तप्कामा विभाजित समाजमा एउटा तप्काको आवाज बोल्न अर्को तप्काको बैरी हुनैपर्छ,’ कवि सुमिनाको भनाइ थियो ।
'अपराजिता पारिजात'का सम्पादक तथा कान्तिपुर, नयाँ पत्रिका जस्ता अखबारमा नियमित लेखन कर्मगर्ने सुमिना प्रगतिशील साहित्यकारको रूपमा परिचित छिन् । सुमिनाको 'बागी स्त्रीको आत्मकथा' प्रथम कवितासंग्रह हो । उनले थुप्रै लेख रचना प्रकाशित गराएकी छिन् l
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l