ड्यालस अमेरिकामा कृष्ण कुसुमको कथासङ्ग्रह ‘पार्श्वधुन’ माथि चर्चा

कृष्ण कुसुमको कथासङ्ग्रह ‘पार्श्वधुन’ माथि चर्चा -ड्यालस अमेरिका ७ जनावरी २०२४ कृष्ण कुसुमको पार्श्वधुन पछिल्लो समय डायस्पोराबाट नेपाली साहित्यले पाएको उत्कृष्ट कृति भएको समीक्षकहरूले बताएका छन् ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज ड्यालस अमेरिकाको आयोजनमा आइतबार भएको परिचर्चा कार्यक्रमका वक्ताहरूले प्रवासी जनजीवनका विषयलाई मिहिन ढङ्गले उतार्न कथाकार कुसुम सफल भएको धारणा व्यक्त गरेका छन् । कार्यक्रममा समिक्षकको रूपमा लेखक शतिश त्रिपाठीले कथाकारको लेखनलाई झण्डै दुई दशकदेखि नियाल्दै आएको र कुसुमले कथासङ्ग्रहको रूपमा पहिलो संग्रहमा नै उत्कृष्ट पुस्तक दिन सफल भएको टिप्पणी गरे । उनले सङ्ग्रहमा सङ्गृहीत तेह्रै वटा कथाको विषयले आफूलाई छोएको बताए । साथै हरेक कथाहरूमा उपकथाहरू जोडिएर आएको कुरा उल्लेख गर्दै हरेक कथा उपकथासङ्ग्रह भएकोले यौटै कथामा पनि विविध विषय समेटिएकाले यो सङ्ग्रह आफूलाई विशेष लागेको कुरा व्यक्त गरे ।
अर्का वक्ता निर्मला राईले पार्श्वधुनका कथा सरल भाषामा लेखिएको आफ्नै वरपरका कथाहरू भएकोले सबै कथामा आफ्नै कुराहरू आएको टिप्पणी गरिन् । यौटा पुरुष लेखकले महिलाको कुराहरू महिलाले जस्तै न्याय गरेकोमा कथाकारलाई धन्यवाद दिइन् । साथै कुसुमका कथामा प्रयोग गरिएको बिम्बहरूले आफूलाई पूर्वी पहाडको वाल्यकालमा पुराएको भन्दै कथाकारको लेखनशैलीको प्रशंसा गरिन् ।
कार्यक्रमका अन्तिम टिप्पणीकार भिम कार्कीले पार्श्वधुनमा विदेशी परिवेश / नेपाली राजनीति/ सामाजिक चेतना र मनोविज्ञान गरी चारवटा विषय सजीव तवरले चित्रण भएको व्याख्या गरे । कति कथा पढ्दा आफैंलाई जिरिंग बनाएको बताउँदै कथाकार विषय छनोटमा ऑंटिलो भएको र उठाएको विषयलाई राम्रोसँग न्याय गर्न सफल भएको कुरा बताए ।
अन्त्यमा लेखकले आफू एक असन्तुष्ट पाठक भएको र सो असन्तुष्टि पुरा गर्न अरूले लेख्न छुटाएको विषयलाई प्रमुख कथ्य बनाएर आफूले कथा लेखेको बताए । झण्डै सय जनाको हाराहारीमा उपस्थिति रहेको सो कार्यक्रमको संचालन अनेसास ड्यालस च्यापटरका उपाध्यक्ष सुमन काजीले गरेका थिए भने उपस्थित समुहलाई संस्थाका सचिव पवन लामिछानेले स्वागत गरेका थिए ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l