जादुयी स्वरकी धनी गायिका नीता आचार्यको मातृभूमि प्रेम

माटोसँगको नाता नेपाली नीताको
प्राविधिक रूपमा अमेरिकी नागरिक भए पनि भावनात्मक रूपमा उनी नेपाली हुन् l नीता आचार्य अमेरिकी नागरिक भएको २९ वर्ष भयो तर नेपाललाई माया गर्छिन्, नेपाली माटोलाई आफ्नो सम्झिन्छिन् स्नेहले संगाल्छिन् l माटोसँग व्यक्तिको सम्बन्ध खास र विशेष हुन्छ l प्रिय स्मृतिहरू रहेको हुन्छ माटोसँग l त्यस्तै प्रिय स्मृति, यादगार क्षणहरू, मातृभूमिप्रतिको अटुट आस्था र विश्वास बोकेर नीता नेपाल आइरहन्छिन् l गायिका नीता आचार्यको जीन्दगीका केही पाटाको पोया यहाँ फुकाइएको छ l
जुन माटोमा खेल्यो हुर्क्यो बढ्यो,जहाँको पानी पहिलोपटक पियो जुन हावामा पहिलो स्पर्श लियो,जहाँको दृश्यमा आँखा पहिलोपटक ठोक्कियो, त्यो ठाउँ निश्चय नै सबैको लागि भावनात्मक रूपमा आफ्नो हुन्छ l मुटुले आफ्नो ठान्छ l झन् आफ्नो सालनाल गाढेको माटोको ममता हरकोहीको लागि विशेष हुन्छ प्रिय हुन्छ l यादगार रहन्छ l जन्मभूमिको माटोसँग नाता रहन्छ जो जहाँ जन्मेको भए पनि l
निता आचार्यलाई पनि आफ्नो माटोको सुगन्ध र हावाको प्रिय स्पर्शले कहिल्यै छोड्दैन l त्यसैले उनी बारम्बार नेपाल आउँछिन् आफ्नो माइतीदेशप्रति आफ्ना कर्तव्य निर्वाह गर्छिन् l गीतसंगीतकी पारखी नीताले यसपटक दुई गीत एकैपटक सार्वजनिक गरेर आफ्नो गायकी संसारभर रहेका नेपाल र नेपालीका लागि समर्पित गरेकी छन् l तीन गीतको भिडियो सार्वजनिक हुँदा नीताको स्वरमा कर्णप्रिय दुई गीतहरू रहेका छन् l भिडियो सार्वजनिकी समरोहमा परराष्ट्रमन्त्री एनपी साउदद्वारा नीता आचार्यलाई सम्मान पत्रले सम्मान पनि गरिएको थियो l
सुदूरपश्चिमको धार्मिक तथा मनोरम पर्यटकीयस्थल खप्तड लेखमा छायांकन गरिएका तीन गीतको भिडियो परराष्ट्रमन्त्री एनपी साउदले पर्यटन बोर्डमा आयोजित एक समारोहमा पुस महिनामा सार्वजनिक गरेका हुन् l दृश्यमा खप्तड शृंङ्खला २ अन्तर्गत शिव परियार र नीता आचार्यको स्वरमा रहेको र सङ्गीत र रचना दीपक शर्माको रहेको छ l जुन गीतका शब्दमा मर्मको स्पर्श भेटिन्छ भने नेताको स्वरमा जादुयी आकर्षण छ l सङ्गीत पनि त्यतिकै वजनदार रहेको छ l
‘जिन्दगी त सँगै जिउने हो
भए साथमा नभए यादमा
यी आँशुलाई सँगै पिउने हो
भए साथमा नभए यादमा
हिंड्दै जाँदा कति छुटिन्छन् कति भेटिन्छन् नि
कुनै प्रिय फुल्दै जान्छन्, कुनै रेटिनन्छन् नि
एउटा सपनामा अर्को विपनामा
सबै कुरा छैन हाम्रो हातमा’
विजय अधिकारी र नीता आचार्यको स्वरमा रहेको ‘गरिदेऊ बिदा’ शब्द सागर वास्तोलाको र सङ्गीत ऋषि खडकाको रहेको छ l त्यस्तै ‘मन्द मन्द’को शब्द पद्मा लिंखा मगरको रहेको छ भने सङ्गीत राजकुमार बगरको रहेको छ l यी तीन गीतमा पुरुष मोडेलका रूपमा सनम कठायतको अभिनय रहेको छ भने महिला मोडल स्मारिका ढकाल र सोफी धरेलले साथ दिएका छन् l तीन वटै म्युजिक भिडियोमा जनक सिंहको निर्देशन र सिनेमाटोग्राफी दीपक गिरी एन्ड टीमको रहेको छ l विकास दाहाल र अमृत चापागाईले भिडियोको सम्पादन गरेका छन् l
को हुन् नीता आचार्य ?
अमेरिकाको क्यालीफोर्नियामा अमेरिकी नागरिकसँग विवाह गरेर पुगेकी नीता काठमाडौँको बालुवाटारमा जन्मी हुर्की र बढेकी हुन् l नेपाली माटोलाई असाध्यै माया गर्ने नेपाली चेलीको रूपमा नीतालाई चिनिन्छ l सानैदेखि गीतसङ्गीतकी सौखिन नीता विद्यालय स्तरमा हुने हरेक सांगीतिक कार्यक्रममा भाग लिने र प्रतिष्पर्धा गर्ने गर्थिन् l गायन उनको प्यासन हो l यसर्थ उनी गीत गाउनकै लागि अहिले नेपाल आएकी छन् l
गीत जहाँ बसेर गाए पनि हुन्छ आजको प्रविधिको दुनियाँमा तर आफ्नै माटो छोएर गीत गाउनुको मजा बेग्लै हुन्छ त्यसैले नेपाल आएँ l प्रसिद्द गायक राजनराज शिवाकोटीसँग पनि गीत गाइसकेकी नीताका यस अघि पनि गीत रेकर्ड भैसकेको छ l ‘भाग्य मेरो’ २०७८ सालमा रेकर्ड भएको गीत हो l राजकुमार बगर र टिकाकुमार पुनको शब्दमा नीताको स्वर परेको छ l
नीता पेशाले शिक्षिका हुन् l उनले शिक्षण पेशा गरेको पनि १५ वर्ष पुगिसकेको छ l अहिले स्कुल बिदा लिएर उनी आएकी छन् l उनका दुई छोरीहरू छन् l आफ्नो जन्मभूमिको मायामा बशिभूत बनेकी नीता गायनमा बुलन्द छन् l सुरिलो र मीठो स्वरकी धनी नीताको गायकीमा वर्षौ साधना गरेको छनक पाइन्छ l ‘भाग्य मेरो’ २०७८ मा रेकर्ड गराएकी नीताको गीत राम्रै चलेको थियो l आफ्नो शरीर र स्वरले साथ दिएसम्म गीत गाइरहने नीताको धोको छ l नेपाली गीत गाउनु निताको सौख मात्र होइन, ध्यान साधना र अनुष्ठान पनि हो l
हालै अर्को गीत चुपचाप चुपचाप नबस न तिमी भन्ने गीत रेकर्ड गराएर त्यसको छायाँङ्कन समेत भएको छ l जुन गीतको रचना विश्व साइकल यात्री पुष्कर शाहले गरेका छन् l जसलाई सङ्गीतवद्ध गर्ने काम शङ्कर थापा ‘स्माइल’ले गरेका हुन् l
‘चुपचाप चुपचाप नबस न तिमी
तिम्रो मौनताले मलाई पोल्ने गर्छ l
पर झन् पर नसर न तिमी
टाडा हुँदा तिमी यो मन जल्ने गर्छ l’
आफ्नो शब्दलाई नीताको स्वरले न्याय गरेको भन्छन् पुष्कर शाह l नीताको स्वरमा साँच्चिकै जादु छ l नीता नेपाली साङ्गितीक आकाशकी एउटा चम्किली तारा बन्नेमा शाह विश्वस्त बन्छन् l
नीता सानैदेखि सामाजिक काममा क्रियाशील रहने व्यक्ति हुन् l सामाजिक काम र सामाजिक भावना स्कुल पढ्दा देखि नै जागृत भएको हो l स्कुलमा नेपाल स्काउट र रेड्क्रस मार्फत समाजसेवामा जोडिएकी नीता अमेरिकामा पनि व्यक्तिगत र संस्थागतरूपमा सहयोगको लागि खटेकी हुन्न्छि l हालै नापका डेभिस नेपालको बोर्ड सदस्यको रूपमा पनि नीता सामाजिक कामको लागि संस्थागत भएकी छन् l गीतसङ्गीतको अलवा, शिक्षण सेवा, दुखमा परेकालाई सहयोग र सामाजिक क्रियाशीलता नीता आचार्यका परिचयका पाटाहरू हुन् l गीत सङ्गीतको आरधनामा नीता आचार्यको लगाव अझ अटुट र उल्लेखनीय रहोस् l नेपाली साङ्कगीतिक आकाशमा नीताको स्वरले जादु देखाउने विश्वासका साथ अकबरे.कम विशेष शुभकामना व्यक्त गर्दछ l
अकबरे.कमको लागि तस्बिर स्वयं नीता आचार्यले उपलब्ध गराउनु भएको हो l - सम्पादक
नले दार्जिलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा र त्यही...
आफ्ना विचारहरू अत्यन्तै शिष्ट,सन्तुलित सौम्य,मर्यादित,बौद्धिक र तार्किक ढङ्गले व्यक्त गर्ने सुन्दरसँ...
विश्वमा मान्छेको अधिकतम आयु १५० वर्ष भएको अनुसन्धानको निस्कर्ष छ l हाम्रै देसमा पनि सुनसरीका वीरनारा...