मानव मस्तिष्कमा 'चिप' प्रत्यारोपण विश्वमै पहिलो पटक

विश्वकै धनी व्यक्ति एलन मस्कले आफ्नो कम्पनी न्युरालिङ्कले पहिलो पटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेको दाबी गरेका छन् l
मस्कले पहिलो पटक मानिसमा वायरलेस ब्रेन चिप सफल प्रत्यारोपण गरेको बताएका बीबीसीले जनाएको छ । चिप प्रत्यारोपण गरिएका व्यक्ति निको हुँदै गइरहेका मस्कले जानकारी दिएका हुन् l
यो चिपको सहायताले व्यक्तिले सोचेकै भरमा फोन, कम्प्युटर वा अन्य उपकरण नियन्त्रण गर्न सक्ने उहाँले बताउनुभएको छ । जटिल न्युरोलोजिकल (स्नायुसम्बन्धी) रोगहरूको सामना गर्न मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्न चाहेको कम्पनीले जनाएको छ ।
मस्कको कम्पनी न्युरालिङ्कलाई गएको वर्ष अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले मानवमाथि चिपको परीक्षण गर्न अनुमति दिएको थियो । कपालको रेसाभन्दा पनि पातलको यो चिप यसअघि रोबोटमा प्रयोग गरिएको थियो । कम्पनीले छ वर्ष लगाएर यो चिप बनाएको हो ।
तस्बिर र समचार स्रोत, एजेन्सीहरू l
मुन्तजामा रहेको होटेल होलिडे भिल्लामा मध्यान्ह १२ बजेबाट सांगीतिक प्रस्तुतिसहित हुने भएको छ ।
कतारको अल लुक्ता स्थित ट्युनिसियन स्कुलको कभर्ड हलमा ३१ मार्चमा मध्यान्ह १२:३० बजेबाट कार्यक्रम सुरु...
संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँ...