म डोम,डुम / म अछुत - सिर्जना अस्तित्व

म डोम/डुम..म अछुत
ऐ उच्च जात भनिएकाहरू
राजा महाराजा मानिएकाहरू
अमान्छेहरूबाट छानिएकाहरू
सोच निच भइकन सर्वोच्च ठानिएकाहरू
सुन त,
म नजाग्दै हेरक बिहान
म नपुग्दासम्म चिहान
श्वास साटफेर गरीकन सूचना जारी गर
सूर्यको ताप तापीकन विज्ञप्ति पनि निकाल
म जागें भने छोइदिन्छु सारा प्रकृति
जान्दछु तिमी दक्ष छौ बिगार्न आकृति
डर त्रास छैन मलाई अपमानसँग
अपमान अवहेलनाको विषको घुडको
जन्मँदै पिएर आएको हुँ l
हजारौ वर्षदेखि प्रताडना खेप्दै आएका
पूर्खाको सन्तति हुँ l
तिम्रा नित्य पूजा र पाठ जस्तै हुन् मेरालागि
तिमीले गर्ने
अपमान,अमर्यादा र हिंसा l
मलाई थुक्न शिर गगनतर्फ गर्ने
तिमीले जन्मदै पाएको हो तिम्रो चरित्र ।
अनि अझैँ सुन,
मेरा पाईलाहरू नचलमलाउँदै
मेरा औलाहरू नसुस्ताउँदै
यी साँझहरू आफ्नालागि कैद गर
नछोईदै
शिलबन्दी गर रातहरू
खामबन्दी गर पवनहरू
म डोम कहाँ नपुग्दै
म अछुत कहाँ नपुग्दै
छि !
तिमीलाई लाज हुनुपर्छ
मलाई छोएको हावा लिन्छौ
तिम्रो ईज्जत लिलाम हुनुपर्छ
मलाई छोएर निस्केको ताप लिन्छौ
तिमी सदा सदा पहिलो हुनुपर्छ
प्रकृतिको हर उपयोगमा अगाडि हुनुपर्छ
पहिलो अक्सिजन
पहिलो सूर्यको किरण
पहिलो प्रात र सन्ध्या तिम्रै हुनुपर्छ
अनि पो रवाफ सुहाउछ l
सृष्टिको उत्तम नमुना तिमी
सृष्टिकोद्वार खोलेर पहिले आएको मान्छे
किन म अछुतले विटुलेको
हावाले श्वास लिन्छौ ?
म अछुतले छोएको पानी खान्छौ ?
म अछुतले हिँडेको बाटोमा हिंडछौ l
तिमी उपल्लो वर्ग र जातको मान्छे
तिम्रो लागि छुट्टै धर्ती,
छुट्टै आकाश
र
छुट्टै बतास हुनुपर्ने होइन र ?
पृथ्वी त म जस्ता अछुतले छोएर विटुलो छ l
अछुतले छोएको माटोमा कसरी बस्छौ ?
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l