फ्रेन्च गुयाना र फ्री सेक्स ( विश्वलाई साढे पाँच फन्को ) - पुष्कर शाह

संसारको सबैभन्दा सुखी मान्छेमध्येको एक आफूलाई ठान्छु l जीवनमा मैले जति धेरै स्वतन्त्रता उपभोग गर्ने मान्छे सायद कमै छन् l बेला बेलामा मेरो यात्राको अर्थ नबुझेर मान्छेहरूले दुख दिँदा दुख लाग्छ
l सुखको चरो बनेर म यतिबेला दक्षिण अमेरिकी देश फ्रेन्च गुयानामा छु l फ्रेन्च बोलिने र युरो चल्ने देश हो यो l आधी जङ्गल र सिमसारले ढाकेको यो देशको जनसंख्या अति कम छ l बजारका पसल बिहान खुला भएर दिउँसो बन्दै हुन्छन् र चार बजेपछि फेरि खुल्छन् l सायद यहाँ मानिसहरू बियर पिउनकै लागि आउँछन् र दिउँसै बियर तानिरहेका हुन्छन् l
साँझ सात बजे तिर फोन कार्ड लिएर फोन गर्न खोजे प्रयोग गर्ने नम्बर नै थाहा भएनअंग्रेजी बोल्ने मान्छे भेट्टाउन नै गाह्रो l कसैलाई यसको प्रयोग गर्ने नम्बर थाहा छ कि भनेर सोध्दै गर्दा अन्दाजी पैसट्ठी वर्ष जातिको एउटा बुढो भेटियो l उसको आन्द्रे रहेछ l फोन कार्ड भन्ने बित्तिकै उसले मलाई अमेरिकन ठानेछ l फोन कार्ड चलाउन उसले पनि जानेन् l तर झुस्स फुलेको आन्द्रे मसँग गफिन थाल्यो l उसले मलाइ एउटा बियर खाइदिन अनुरोध गर्यो l मैले स्वीकार गरें l
पार्कमा साँझपाख मोटर रेस्टुरेन्टहरू थुप्रै थिए l त्यहीं हामीले पनि एक एक वटा बियर पियौं l आन्द्रेले मलाई कायनो शहर मोटरमा घुमाइदिने बतायो l साँझ र राति यो शहर हेर्न लायक हुने उसको कुरा थियो l म उसको मोटरमा बसें l उसले मलाई निकै भीडभाड हुने शहरको एउटा ठाउँ 'लेवलोन्ड' पुर्यायो l हाम्रो नेपालको पोखराको लेकसाइड र काठमाडौँको ठमेलजस्तो l
'लेवलोन्डको अर्को छेउ 'रू दिगु रोन्जोन'नामक ठाउँमा मान्छेहरूको निकै भीड थियो l जताततै नगरबधूहरू देखिए l विस्तारै गाडी चलाउँदा तरूनीहरू गाला मुसार्न आइपुग्थे l 'एभन्यु दे लाँ लिबर्ते'का सस्ता डिस्कोहरूमा चर्को हल्ला सुनिएको थियो l
आन्द्रेले मलाई तरूनीहरू देखाउँदै सोध्यो, 'कुनै मन पर्छ कि' ?' मैले स्ट्रिट गर्लहरूसँग रात बिताउने फाल्तु पैसा आफूसँग नभएको बताएँ l उसले अझै तरूनीहरूको रसिक यौनको कुरा गर्यो l हामी त्यहाँबाट मोडियौ l
उसले भन्यो तिमी सेक्स गर्न चाहन्छौ भने हामी दुई सेक्स गर्न सक्छौं l बल्ल बुझें आन्द्रेले मलाई बियर खुवाउनुको रहस्य l त्यतिखेर आन्द्रेले खुवाएको बियर मेरो घाँटीबाट हिलिक्क बाहिर निस्कियो l
विश्व साइकल यात्री पुष्कर शाहको किताव यात्रा संस्मरण संसारलाई साढे पाँच फन्कोबाट यो सामग्री साभार गरिएको छ l बुक -हिल पब्लिकेशन द्वारा प्रकाशित गरिएको यो किताब बेस्ट सेलर किताब हो यो किताबको पहिलो मुद्रण २०७१ सालमा आएको हो त्यसयता थुप्रै पटक पुन मुद्रण भएर आएको छ l पाठकले निकै रूचाएको किताबको व्यवसायिक उन्नयनको कामना गर्दै akabarey.com बुक हिल र पुष्कर शाहलाई धन्यवाद ज्ञापन गर्दछ l सम्पादक
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l