कैले तिमी त कैले डलर याद आयो - डा.बिष्णु जोशी

पहिलो मायाको असर याद आयो
लजालु ती तिम्रा नजर याद आयो
मोहनी झैँ लगाउने एकै मुस्कानमा
गुलाबी ती तिम्रा अधर याद आयो
बालुवामा तिम्रो नाम लेखी मेट्थें
त्यो ताल, खोला, बगर याद आयो
हजुरकी राधा जस्तै मेरी उनी हुन्
कृष्णजीसँग मागेको वर याद आयो
मलाई छोडी तिमि विदेश उडेपछि
कैले तिमी त कैले डलर याद आयो l
डा.बिष्णु जोशी
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l