भ्यालेन्टाइनलाई चिठी-सीमान्त

प्रिय भ्यालेन्टाइन,
भ्यालेन्टाइन प्रेम उत्सर्ग र विद्रोहलाई जीवित राखेर हर प्रेमी, प्रेमिकामा अमर प्रेम गर्न उत्प्रेरित गर्ने भ्यालेन्टाइन डे इटली हुँदै आज विश्वव्यापी बन्दै हाम्रो देशमा पनि फैलिरहेको छ । नश्वर शरीरको अमर अजर प्रेमको कहानी आज पनि हर प्रेमिल मनहरूको स्पन्दनमा स्पन्दित छ । तसर्थ प्रेमको शक्ति र सामर्थ्य अपराजित र अप्रतिम छ । आध्यात्मिक प्रेम जीवनको आदर्श हो । शैली हो । व्यवहार हो । जीवन शान्ति हो ।
प्रेम समर्पण हो, प्रेम त्याग हो, प्रेम विश्वास हो, प्रेम इज्जत र प्रतिष्ठा हो, प्रेममा पर्याप्तता कहिल्यै र कसैगरी हुँदैन, अपर्याप्तताको कारण नै प्रेमको खोजीमा मान्छे भौँतारिन्छ, प्रेमको याचना गर्छ, प्रेमको महत्त्व र गरिमा यसको अमरत्वसँग छ । सच्चा प्रेममा निष्ठा,नैतिकताले र नीतिले आँखा उघारेको हुन्छ । आध्यात्मिक ‘प्रेम’ शरीर र मनभन्दा माथिल्लो हो, जसको सम्बन्ध आत्मासँग हुन्छ । प्रेम जटिल हुनुहुँदैन समस्याग्रस्त बन्नु हुँदैन, प्रेम सरल र सहजानुभूतिले भरिएको हुनुपर्छ । प्रेम चित्त (सङ्कुचनमा) हैन व्यापक चैतन्यतामा बुझौँ, खोजौँ । प्रेमले लिन होइन दिन खोज्छ l अविरल स्नेह,माया, विश्वास र सदभाव प्रेमका खम्बा हुन् l
प्रिय भ्यालेन्टाइन,
तिमी छौ र न यो जिन्दगी सहज र सरल छ । प्रेम अन्तरहृदयको प्रतिध्वनि हो, मन मुटुको स्पर्श हो । यो साक्षत तर निराकार छ । आकारमा होइन आस्थामा प्रेम रहन्छ l
जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने विचार बनाएकाहरूका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रूपमा लिइन्छ । यो प्रेमको पप्रस्ताव गर्ने दिन मात्र होइन प्रेम प्रस्ताव गरीसकेको र विवाहसम्बन्धमा रहेका श्रीमान् श्रीमती पनि आफ्नो प्रेमानू भुतिमा रमाउने दिन हो l प्रेममा गलत गरिएको र सोचिएको रहेछ भने क्षमाशील हुने र प्रायास्चित गर्ने दिन हो l
प्रिय मान्छे,
केही दुखाइ,पीडा र घाउहरू औषधिले भन्दा हालखबर सोधाइले, सरोकार,चासो र शुभेच्छाले छिटो निको हुन्छ । शुभ होस् । कस्तो छ यहाँलाई ? जानअन्जानमा भएका त्रुटिमा म क्षमायाचना गर्दछु l
प्रिय मान्छे,
प्रेम बजारमा सजाइएको बिक्री वितरणको आकर्षक वस्तु होइन । प्रेम अमूल्य र अतुलनीय छ, हुन्छ । प्रेम सर्वव्यापी छ, अमूल्य छ । निःसन्देह प्रेम पवित्र र चोखो अनि अजम्बरी थियो, छ, हुनेछ । शारीरिक आकर्षणभन्दा माथि उठेको प्रेम वास्तविक प्रेम हो । आत्मिक, भावनात्मक र सहृदयी । प्रेममा गणित हुँदैन । प्रेम स्वार्थको कारोबार होइन यो निःसर्त हुन्छ । स्वार्थको लेनदेन हिसाब किताब गरिने सम्बन्ध प्रेम होइन व्यापार हो । प्रेममा व्यापार होइन पूजा हुन्छ । परस्परमा समर्पण र त्याग हुन्छ । प्रेम जैविक( अर्ग्यानिक ) हुन्छ । कस्मेटिक प्रेम गर्ने समयमा सच्चा प्रेममा आकर्षण देखिन्न तर अर्ग्यानिक प्रेमको निरन्तरता अटुट रहन्छ ।
निस्वार्थ नै प्रेमको एक मात्र स्वार्थ हो, निस्वार्थपन नै सर्त हो । प्रेममा रूप, बैँस, धन सम्पत्ति, पद र प्रतिष्ठालाई प्राथमिकीकरण गरियो भने त्यो क्षणभङ्गुर र अल्पकालीन हुनेछ । अल्पकालीन प्रेम गलत वृत्ति हो । दीर्घकालीन प्रेम जीवनको सर्वस्व हो । आज प्रेम दिवस, प्रेमको अमरत्वको सङ्कल्प र कामना गर्ने दिन । प्रेमको भयानक युद्धमा सहिद हुनेहरू प्रति विशेष सहानुभूति, घायल, अङ्ग–भङ्ग, क्षत–विक्षत मन र मस्तिष्कहरुलाई शीघ्र स्वाथ्य लाभको कामना ! विजय र पराजयको सामना गर्ने अनि जय पराजयको कुनै पर्वाह नगर्ने प्रेमिल मनहरू, प्रेम सापेक्ष मन र प्रेम निरपेक्ष मनहरू सबै, सबैलाई प्रेम दिवसको शुभकामना ! यद्दपि निस्वार्थ र बेहिसाब प्रेम र समर्पणको मात्र मूल्य र असतित्व रहन्छ l
प्रिय मान्छे,
प्रेम कुनै विशेष आग्रहका लागि नहोस्, जीवन र जगतको खातिर होस् । प्रेम पीडासँग होइन पवित्रआत्मासँग मजबुत रहन्छ । प्रेमले लुकाउँदैन, नलुकाएपछि दुखाउँदैन पनि । प्रेम इतिहासमा पढिएका रोमियो जुलियट, लैला मज्नु, मुना मदनमा देख्ने–खोज्ने होइन । आफैँमा, आफ्नो प्रेममा खोज्नु र परिष्कार गर्नु जरुरी छ । प्रेम रुढता र जडतामा रहन्न । समय सापेक्ष हुन्छ तर यसको चोखोपन शरीरमाभन्दा बढी मनमा हुन्छ । दिलमा हुन्छ l त्यसैले माया गर्ने निधारले होइन मुटुले हो भन्ने गीतले प्रख्याति नै पाएको छ l प्रेमले अभावमा भाव पैदा गराउँछ र प्रेमलाई सुखद बनाउँछ । सच्चा प्रेमले परस्परमा हार्न–जित्न सहज मान्छ । सहजताको राजमार्गबाट प्रेम सहज रूपमा हिँड्न सक्छ । निष्ठायुक्त आत्मिक प्रेममा जितहार र बदलाको भावना हुन्न,कमजोरीमा स्वीकारोक्ति र क्षमाशील हृदयको परिचय हुन्छ l
भ्यालेन्टाइनको इतिहास
पश्चिमा देशहरूबाट सुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकैँ झाँगिएको छ l
यसको सङ्क्षिप्त इतिहास हेरौ l हजारौ वर्षअघि रोमनका राजा क्लोडियसले आफ्नो सन्देशमा कुनै पनि सैनिकले विवाह नगरुन् भन्ने उर्दी जारी गरेका थिए । विवाहगर्दा सैनिकहरू पारिवारिक झमेलामा पर्छन् र सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए ।
पादरी भ्यालेन्टाइन भने अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने मान्यता राख्थे । यी दुवैजनाको अलग–अगल विचार ठूलो विवादको विषय बनेको थियो । त्यहाँ प्रेम र विवाहलाई प्रतिबन्ध लगाइएका सम्राटको राजाज्ञा थियो । राजाज्ञाको उर्दी अस्वीकार गरी भ्यालेन्टाइन पादरीले विवाह गराए । फलस्वरूपः राजाको निषेधाज्ञा तोडेको आरोपमा ई.पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झना नै भ्यालेन्टाइन दिवस मनाउने मुख्य आधार हो । उनले उर्दीलाई अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरितमात्र गरेनन्, युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिकस्थलमै सामूहिक विवाह कार्यक्रमसमेत सम्पन्न गरेका थिए । त्यो दिन नै भ्यालेन्टाइन दिवसका रूपमा विख्यात भयो। त्यही निष्ठा समर्पण र त्यागको दिनको रूपमा विश्वभर ‘भ्यालेन्टाइन डे’स्मरण गरिन्छ ।
प्रिय भ्यालेण्टटाइन,
प्रेम सद्भाव र अनुराग प्रकट गर्न कुनै साइत, घडी र पलाको आवश्यकता पर्दैन, किनभने प्रेम प्राकृतिक कुरा हो l दुर्भाग्य प्रेमलाई कृतिम र बनावटी रूपमा परिभाषित गरिन् थालेको छ l ३६५ दिन नै प्रेम व्यक्त गर्न सकिन्छ तर विशेष दिन सर्वव्यापी र सर्वमान्य दिनको महत्त्व झन छुट्टै र विशेष हुन्छ त्यसैले आजको दिन फेब्रअरी १४ प्रेमको मानक दिन हो । प्रेमको बलिदान स्मरण गर्ने दिन हो l प्रेम मानवीय गुण र धर्म हो प्रेम विवाहसँग मात्र सम्बन्धित छैन, यो सृष्टि र प्राणीसँग अन्योन्यास्रित छ । प्रेम मानवतावाद हो । प्रेमले जात, धर्म, वर्ण,उमेर र लिङ्ग र भूगोलको भेद गर्दैन । प्रेमले उत्साह भर्न सिकाउँछ । प्रेमले रुन होइन, हाँस्न प्रेरणा दिन्छ । प्रेम निर्भीक र निर्भय हुनुपर्छ । अतः अतीतलाई सम्झी नरोइरहनु तिमी, जति रोए नि भुल्नु त पर्दो रहेछ ! नओइलाउने मनको मखमली माया छ जुनी जुनीलाई ! बजार गर्माउने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको हार्दिक हार्दिक शुभकामना प्रिय मान्छेलगायत सबै, सबैमा l आज सरस्वती पूजा पनि हो l सरस्वतीले विद्या र बुद्धि प्रदान गरुन भ्यालेन्टाइन डे र सरस्वती पूजा दुवैको विशेष शुभकामना l
स्नेहनीय
सीमान्त
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l