'कति लखेट्छ यो समाज' - शुभद्रा भण्डारी

कति लखेट्छ यो समाज, उठ्न खोज्यो उठ्नै दिदैन
बोल्ल्नन खोज्यो बोल्ल्नै दिंदैन, जिब्रो थुत्न आइपुग्छ
कति लखेट्छ यो समाज ।
न आमाको दोष थियो, न यो सृष्टीको दोष ?
छोरी भएर जन्मिनुमा, झन् मेरो के दोष ?
सानैदेखि, उहिल्यैदेखि
स्कुल कलेज, घरवाहिर नजा भन्थ्यो समाज
राम्रो चट्ट परेको, मिलाएर नला भन्थ्यो समाज
खुट्टा बजारेर, चाल पाउने गरी नहिंड भन्थ्यो समाज
छोरी भएर छोराहरूसँग नभिड भन्थ्यो समाज
त्यो अचम्मको समाज, इज्जत र सामाजिक बन्धन,
मैले बच्चैदेखि सुन्दै र भोग्दै आएको छु,
छोरी भएरै जन्मिएकोले, बाउन्न्नन हण्डर त्रिपन्न ठक्कर खाएको छु ।
कति लखेट्छ यो समाज, कति लखेट्छ यो समाज ?
शिर निहुराएर हिड्यो, घोस्सी, कपटी भन्छ
शिर ठड्याएर हिड्यो, उत्ताउलीको संज्ञा दिन्छ ।
जवानीको रसरङ्ग छोरीलाई नी लाग्छहोला ?
उमेरसँगै माया पिरती उनको मनमा जाग्छहोला ?
छोरीहरूले प्रेम गरे, नाकै काटी भन्छ समाज
छोरीको भावनाको विरूद्दमा किन सधै हुन्छ समाज ।
कुरै कुरा, कुरै कुरा, कुरैकुरामा डुल्छ समाज,
छोरीहरूकै चियोचर्चामा किन सधैँ भुल्छ समाज ।
हाँसे पनि, रोए पनि, औजस मात्र दिन्छ समाज
पाईलापाईलामा पर्खाल लगाई, जस आफै लिन्छ समाज ।
हावा चल्यो, पात हल्यो, उतैतिर जान्छ समाज
केही गरौ भन्न खोज्यो, खुट्टा मात्र तान्छ समाज ।
समाजको मुख थुन्ने कुनै शास्त्रमा मन्त्र छैन ।
धामी झाक्री, ज्योतिसशास्त्र कसैसँग तन्त्र छैन ।
कति लखेट्छ यो समाज, हिसाव राख्ने यन्त्र छैन ।
धामी झाक्री, ज्योतिसशास्त्र कसैसँग तन्त्र छैन ।
शुभद्रा भण्डारी ( काठमाण्डौ- हाल युरोप अष्ट्रिया )
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l