डा.रुद्रबहादुर चर्मकार (मंग्राती) व्यक्ति, चित्र र चरित्र

दलित गाथा (व्यक्ति विशेष) डा. रुद्रबहादुर चर्मकार
रुद्रबहादुर चर्मकार सामान्य परिवेशबाट उदाएका मान्छे थिए भने उनको गाथा सामान्य रूपमा नै रहन्थ्यो l खासै चर्चायोग्य विषय बन्दैनथ्यो l तर हाम्रो समाज जसले जातीय छुवाछुत गरेर एउटा समुदायलाई जहिल्यै अपमान,हेलाहोचो,तिरस्कार र बहिष्करणमा राखेको छ त्यही समुदायको व्यक्तिले आफ्नो क्षमता,लगन र मेहनतबाट उच्च शिक्षामा विद्यावारिधि समेत गरीसकेका छन् भने त्यो विषय आम चासोको विषय बन्छ नै l
स्थायी उपप्राध्यापकमा प्रतिस्पर्धा गरेर २६ वर्षमै नाम निकाल्नु कानुन सङ्कायमा स्नातक गरेर अधिवक्ता बन्नु, अनेक सामाजिक कार्य र सङ्घसंस्थाको नेतृत्वमा रहनु,बृहत अध्ययन अनुसन्धानमा जुट्नु पक्कै पनि सामान्य उपलब्धि होइन l तसर्थ रुद्रबहादुर चर्चा गर्न लायक पात्र हुन् l akabarey.com ले आज डाक्टर रुद्रबहादुर चर्मकारको गाथा प्रस्तुत गरेको छ l समाजले सबै भन्दा पिँधमा राखेको दलित समुदायबाट रुद्रबहादुरले बनाएको हैसियत वर्णन गर्न लायक छ l
दलित समुदाय नेपाल देश निर्माणमा सहभागी त्यस्तो समुदाय हो जसको श्रम,सिप,पसिना र साधनाले नछोएको,नभिजेको कुनै भूभाग छैन l विगतदेखि नै प्राविधिक रूपमा दक्ष कुनै समुदाय थियो भने त्यो दलित समुदाय थियो l दलित समुदाय श्रमजीवी वर्ग हो l आजसम्म निर्माणको इतिहासमा श्रमजीवी वर्गको जति योगदान अरू कसैको छैन चाहे त्यो श्रमजीवी वर्ग नेपालको दलित,जनजाति समुदाय होस् या अमेरिकन अफ्रिककन श्यामवर्णका मान्छेहरू हुन् ?
'कसैले इतिहास लेखिदिएन भनेर इतिहासविहीन हुने, कसैले परिचय दिएन भनेर परिचयविहीन हुने, कसैले महत्त्व दिएन भनेर महत्त्वविहीन हुने पक्कै होइन । लेख्न छोडेको र छुटाइएको इतिहास हो, इतिहास नभएको होइन । महत्त्व नभएको होइन, नदिइएको हो । वर्चस्वशाली वर्ग, त्यसका मतियार र उसको नियतले श्रम, कला, सीप र प्रविधि अनि आविष्कारको अवमूल्यन गरिएको हो । आफ्नो अधीनस्थ बनाएरै राखिछोड्ने अभीष्टले दलित समुदायप्रति वक्रदृष्टि परेको हो । वास्तवमा यो देश श्रमजीवी, इलमी, मिहिनेती अनि सीप र प्रविधिका धनी दलित समुदायको पसिनाले बनेको हो '(कान्तिपुर, दैनिक,माघ ५, २०८० डा.बिष्णु परियार र सञ्जीव कार्की ) l गरिब मजदुर, किसान र श्रमिकको पसिनाले नभिजेको कुनै भूमि छैन ।
आदिम युगको समाचार संवाहक, प्राविधिक,नवीन आविष्कारक,कला साधक,वैज्ञानिक र इमानदार मान्छेहरूको समुदाय हो दलित अर्थात् शिल्पी समुदाय । त्यसैले इतिहासविहीन बनाइन र किनारीकृत बनिरहन सक्दैन यो समुदाय । अब लेख्नुपर्छ दलितको इतिहास, उसकै हातले । पुरानो इतिहास भञ्जन गरेर नवनिर्माण र नवयुगको इतिहास निर्मितिमा लाग्नुपर्छ देश । इतिहासमा गुमनाम पारिएका समुदायको आविष्कार र मिहिनेतमा कुँदिएको छ दलितको इतिहास । दलितको इतिहास छैन भन्ने भाष्यको प्रतिभाष्य हो, दलितनिर्मित देश' l त्यसैले जति सक्दो दलित प्रतिभाको खोजी गरेर तिनका बारे लेख्नुपर्छ l आम मान्छेलाई सुसूचित गराउनु पर्छ l दमन गरिएका मान्छेसँग गतिलो इतिहास र वर्तमान छ भनेर l
अपमान गरिएको र अछुत भनिएको वर्ग,जसले सामाजिक प्रतिष्ठा र आत्मसम्मान प्राप्त गर्न आज पर्यन्त सकिरहेको छैन l सामाजिक रूपमा उसलाई अनेकन अप्ठ्याराहरू छन् l शिक्षामा वन्चितीकरण गरिएको थियो l आज पनि शिक्षामा सहज पहुँच छैन l अनेकन ठाउँमा विभेद भोग्नु पर्छ आत्मसम्मानमा चोट पुर्याएर बाँच्नु परेको छ l
समाजमा योगदान गर्ने वर्गको व्यक्ति असिमित व्यवधानहरू छल्दै, समाजका परम्पराका अनेक जन्जिर तोड्दै अब प्राज्ञिक र बौद्धिक नेतृत्व गर्ने स्थितिमा पुगेका छन् चर्मकार l त्यसैले उपप्राध्यापक डा. रुद्रबहादुर akabarey.com मा व्यक्ति चित्र र चरित्रको लागि छनोटमा परेका छन् l अवसर पाए, राज्यले समतामूलक समाज निर्माणको अभीष्ट राखे जहाँ र जुनसुकै समुदायको व्यक्तिले पनि आफ्नो प्रतीभा देखाउने मौका पाउँछ l आफ्नो क्षमताबाट रेकर्ड राखेका छन् डाक्टर रुद्रले l अन्य अवसर,प्राध्यापन,नेतृत्व, अनुसन्धान, एड्भोकेसी र सामाजिक न्यायको पैरवीमा रुद्रसरलाई अग्रिम शुभकामना !
बाल्यकाल र शिक्षा
अधिवक्ता रुद्रबहादुर चर्मकारको जन्म ( टेम्केमैयुङ– ६, कोट भोजपुरमा चैत्र १५, २०४१ (२८ मार्च, १९८५) मा बुबाः स्व. लालबहादुर चर्मकार (अवकाशप्राप्त भारतीय सैनिक अधिकृत) आमाः चन्द्रमाया चर्मकारको कान्छा सुपुत्रको रूपमा भएको हो l चार जना दाजुभाईमा कान्छा भाइ रुद्रले २०४६ साल पौष महिनाबाट औपचारिक विद्यालय अध्ययनको सुरूवात गरेका हुन् l २०५६-०५७ मा प्रथम श्रेणीमा एसएलसी (श्री जनोदय माध्यामिक विद्यालय,कोट,भोजपुर) बाट गरेका हुन् l २०५९ सालमा प्रविणता प्रमाणपत्र तह र २०६२मा स्नातक तह भोजपुर बहुमूखी क्याम्पसबाट पूरा गरेका हुन् l अंग्रेजी विषयमा स्नातकोत्त २०६४ सालमा त्रिवि केन्द्रीय क्याम्पस काठमाडौँबाट गरेका छन् l समाजशास्त्रमा पाटन संयुक्त क्याम्पसबाट २०६९ मा स्नातकोत्तर सकेर दुई विषयमा मास्टर्स गरेका छन् l २०७३मा अंग्रेजीमा एमफिल (दर्शनाचार्य) सकाएका रुद्रले २०७४ मा अंग्रेजी विषयमा 'दलित सौन्दर्य र मार्क्सवादी सौन्दर्यशास्त्रमा ( समकालीन नेपाली साहित्यमा दलित चेतना ) विद्यावारिधी सुरू गरेर २०७९ मा पिएचडी उपाधि लिने दलित समुदायको पहिलो व्यक्ति (३७ वर्षमा विद्यावारिधी प्राप्त ) हुने मौका पनि प्राप्त गरेका छन् l रुद्रबहादुर चर्मकारले २०७५ मा कानुन विषयमा नेपाल ल क्याम्पस भृकुटीमण्डपबाट एलएलबीको समेत गरेर कानुन अध्यनको पाटो पनि रोजेका छन् l सगरमाथा आवासीय अंग्रेजी माध्यामिक विद्यालय, भोजपुर बजार ( २०५९ देखि २०६२) सम्म शिक्षण गरेका रुद्रले २०६८ पौष २५ मा अंग्रेजी विषयको उपप्राध्यापकमा (स्थायी) नाम निकालेर त्यसयता प्राध्यापन पेशामा संलग्न छन् l
विभिन्न सामाजिक सङ्घसंस्थामा संलग्नता :
१. सदस्य, नेपाल प्रगतिशील प्राध्यापक संगठन, पाटन क्याम्पस एकाई (२०७३ देखि)
२. सदस्य, इन्सेक नेपाल (२०७३ देखि)
३. पूर्व महासचिव, इन्सेक नेपाल (२०७६ देखि २०७९)
४. सदस्य, इन्सेक नेपाल (२०७९ देखि)
५. पूर्व सदस्य तथा बोर्ड अफ डाइरेक्टर, मोलुङ्ग फाउण्डेशन, काठमाडौं (२०७२ देखि २०७८)
६. पूर्व सचिव, राष्ट्रिय दलित अधिकार समाज, ललितपुर (२०६४ देखि २०६९)
७. पूर्व उपाध्यक्ष,सचिव÷सदस्य, दलित उत्थान ग्रामीण समाज, भोजपुर (२०५९ देखि २०६२)
८. पूर्व सदस्य, युनेस्को क्लब, भोजपुर (२०६० देखि २०६२)
९. आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटी (२०६२ देखि)
व्यवसायिक आवद्धता :
१. शिक्षकः सगरमाथा आवासिय अंग्रेजी माध्यामिक विद्यालय, भोजपुर बजार ( २०५९ देखि २०६२) l
२. परियोजना अधिकृतः नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, काठमाडौं (२०६५ भाद्रदेखि फाल्गुण सम्म) ।
३. परियोजना संयोजकः नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ काठमाडौं (२०६५ फाल्गुण देखि २०६६) ।
४. दस्तावेजीकरण अधिकृतः नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ,काठमाडौं (२०६६ देखि २०६७) ।
५. वरिष्ठ कार्यक्रम अधिकृत : नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ,काठमाडौं (२०६७ देखि २०६८) ।
६. कार्यक्रम संयोजकः दलित अधिकारका लागि कन्सोटियमका तर्फबाट अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन कमिटी (२०६८ कार्तिकदेखि पौषसम्म) ।
७. उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय (२०६८ देखि) ।
अनुसन्धान फेलोशिप :
१. विद्यावारिधी फेलोसिप, विश्वविद्यालय अनुदान आयोग (२०७४ देखि २०७९)
२. टोम ज्याकोब्सन छात्रवृत्ति
२. रिसर्च एप्रिन्टीसिप, सिर्फ, एसएनभी, नेदरल्याण्डस्
सम्मान :
१. उत्कृष्ट विद्यार्थी, स्नातक तह, भोजपुर बहुमुखी क्याम्पस (२०६०÷२०६१)
२. दलित साहित्य र मार्क्सवादी सौन्दर्यशास्त्रमा विद्यावारिधि गरेबापत व्यवसायिक विकास तथा अनुसन्धान केन्द्र (पिडिआरसी) द्वारा सम्मानित l
३. इन्सेक नेपालद्वारा सम्मानित l
पुस्तक तथा लेखहरु प्रकाशन :
1. Local Media and Dalits in Nepal (2017)- Published from Europe .
2. Representation of Dalits’ Movements in Print Media: A Subalternic Analysis of
Nepali National Dailies (2017)- Published from Europe .
3. A Critique on Nepali Literature from Dalit Perspective (in Press) .
अनुसन्धानमुलक लेख प्रकाशन :
दुई दर्जनभन्दा बढि अनुसन्धानमुलक लेखहरू विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय जर्नलहरूमा प्रकाशित ।
अनुसन्धानः कला, साहित्य, कानुन, सामाजिक क्षेत्र र मिडियासँग सम्बन्धित करिब दर्जनभन्दा बढी
अनुसन्धानहरू सम्पन्न ।
विचारमूलक लेख प्रकाशन :
दुई दर्जनभन्दा बढी दलित सवाल, राजनीति, समाज र समसामयिक l
विषयहरूमा लेखिएका लेखहरू राष्ट्रिय दैनिक, साप्ताहिक र स्थानीय साप्ताहिक पत्रिकाहरूमा प्रकाशन l
तालिम तथा प्रशिक्षण :
१. व्यवसायिक जीवनका लागि सयौं तालिम, प्रशिक्षण, कार्यशाला तथा सेमिनारमा सहभागी भएको ।
२. दलित आन्दोलन, समावेशीकरण, दलित साहित्य तथा दलित सौन्दर्यशास्त्रलगायत समसामयिक
विषयवस्तुहरूमा दर्जनौकार्यपत्र प्रस्तुतिकरण गरिसकेको ।
३. शिक्षण, अनुसन्धान विधि तथा अनुसन्धान निर्देशन सम्बन्धित तालिम तथा प्रशिक्षण प्राप्त ।
दलित समुदायको इतिहासमा प्रथम :
१. त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी विषयको उपप्राध्यापकको रूपमा खुल्ला प्रतिस्पर्धाबाट एकै पटकमा
नाम निकाल्न सफल दलित समुदायको पहिलोव्यक्ति (२०६८ सम्ममा) l
२. दलित समुदायबाट सबैभन्दा कान्छो उमेरमा त्रिविमा उपप्राध्यापकमा नाम निकाल्न सफल व्यक्ति (२६ वर्ष ८ महिना) l
३.दलित समुदायबाट अंग्रेजी विषय अन्तर्गत मार्क्सवादी सौन्दर्यशास्त्रको आलोकमा दलित चेतना ( ‘समकालीन नेपाली साहित्यमा दलित चेतना’ शीर्षकमा ) विद्यावारिधि गर्ने पहिलो व्यक्ति (३७वर्षमा विद्यावारिधि प्राप्त ) l
अनुवाद तथा सम्पादन :
दर्जनौ प्रतिवेदन, पुस्तक तथा अनुसन्धानमुलक लेख रचना र साहित्यिक लेखहरु अंग्रेजीबाट नेपाली र
नेपालीबाट अंग्रेजीमा अनुवाद तथा सम्पादन गरेको ।
रुचि : प्राध्यापन, वकालत, अनुसन्धान तथा लेखनमा विशेष रुचि हुनुका साथै समानता, अधिकार, मर्यादा
र मानव अधिकारको रक्षाका निम्ति निरन्तर कृयाशिल रहने ।
समाजबाट विभेद तथा छुवाछुत अन्त्यका लागि डा. चर्मकारले केही सुझावहरू प्रस्तुत गरेका छन् l नीति निर्माण गर्ने,शैक्षिक पाठ्यक्रम निर्माण गर्ने, अध्ययन अनुसन्धान गर्ने र नव संस्कृति निर्माण गर्नेलाई विद्वान् अधिवक्ता डा.रुद्रबहादुरको सुझाव पक्कै पनि फलदायी हुनेछ l उनका सुझावलाई बुँदागत रूपमा प्रस्तुत गरिएको छ :
१. दलितहरुको आर्थिक सशक्तिकरण गर्दै स्वरोजगार मार्फत स्वावलम्बी बनाउने ।
२. दलितहरुको शैक्षिक स्तर उकास्ने ।
३. दलित एकता, स्पष्ट मार्गदर्शन तय गरी विभेद तथा छुवाछुत विरुद्ध सांस्कृतिक अभियान संचालन गर्ने ।
४. दलित–गैरदलित सहभागी भई सहभोज र पुर्नमिलन कार्यक्रमहरू आयोजना गर्ने ।
५. राज्यको तहबाट विद्यालय शिक्षामा जातीय भेदभाव र छुवाछुत विरुद्धका पाठ्यक्रम समावेश गरी
बालबालिकाहरूलाई जातीय भेदभाव र छुवाछुत अमानवीय व्यवहार र सामाजिक अपराध हो भनी
शिक्षण गराउने ।
६. विद्यालयस्तरका शिक्षक शिक्षिकाहरूलाई छुवाछुत विरुद्धका प्रशिक्षण कार्यक्रमहरूमा निरन्तर प्रशिक्षण
गराउने र सोही अनुसार शिक्षण प्रचारप्रसार गर्नका लागि निर्देशन दिने ।
७. संवैधानिक तथा कानुनी व्यवस्था अक्षरशः कार्यान्वयन गर्न गराउनका लागि मातहतका निकायहरूमा
कडा निर्देशन दिने । सरकारी तथा गैरसरकारी कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले विभेद गरेमा
सामान्यलाई भन्दा दोब्बर कारवाही गर्ने ।
८. जातीय भेदभाव तथा छुवाछुतलाई मानवता विरोधी गम्भीर सामाजिक अपराध मान्ने व्यवस्था गर्ने l
९. जातीय भेदभाव र छुवाछुतका घटनाहरूको अनुसन्धान गर्ने छुट्टै संयन्त्रको निर्माण गर्ने र जसमा
योग्य, क्षमतावान र अनुभवी दलित अनुसन्धान अधिकृतहरू नियुक्त गरिनुपर्दछ ।
१०. दलित समुदायका परम्परागत पेशा व्यवसायहरूको स्तरीकरण, स्तरोन्नती र आधुनिकिरण र
व्यवसायिकरण गर्ने ।
११. राज्यका सङ्घ प्रदेश र पालिकास्तरमा जातीय विभेद तथा छुवाछुतका गतिविधिहरू संचालन गर्नका
लागि निश्चित प्रतिशत बजेट अनिवार्य रूपमा विनियोजन गर्नुपर्ने अनिवार्य व्यवस्था गर्ने ।
१२. राज्यका हरेक निकायहरूमा दलित समुदायको जनसंख्याको अनुपातमा समावेशीकरणलाई कार्यान्वयन
गर्ने ।
१३. राजनीतिक दलहरूक विधानहरूमा दलित सशक्तिकरण र सामावेशीकरणको स्पष्ट व्यवस्था गर्नुका
साथै घोषणापत्रहरू जातीय विभेद तथा छुवाछुत उन्मुलनका लागि नीति तथा कार्यक्रम समावेश गर्ने
र सोको कार्यान्वयनका लागि प्रतिवद्धता उल्लेख गरेको हुनुपर्नेछ ।
भोजपुर जिल्लाको दुर्गम पालिकाबाट आर्थिक, सामाजिक र सांस्कृतिक विभेदका बिचमा अध्ययनमा सफल हुदै एकै पटकमा खुला प्रतिस्पर्धामार्फत उपप्राध्यापक हुन सफल व्यक्तिले विभेदका सयौं घटनाहरूलाई इगोको रूपमा लिई सङ्घर्षशील यात्रा तय गरिरहेको छ भन्ने उनको धारणा छ l
डाक्टर रुद्र चर्मकार आफ्ना परिवारका सदस्यहरू विशेषगरी न्यायाधीश आफ्ना दाइ र अन्य दाइभाउजूहरूसँग बाट पनि दीक्षित र अनुशिक्षित छन् l शिक्षाको पहुँच सबैमा पुर्याउन सकियो भने समाजको चेतना स्तरको विकासमा सहयोग पुग्ने विश्वास राख्छन् l आफ्नो बाल्यकाल र विद्यार्थी कालमा दलित हुनुको पीडा खासै अनुभूत गर्न नपाएका ( बुबा अवकाशप्राप्त भारतीय सैनिक अधिकृत भएको कारण गाउँ समाजमा आर्थिक स्थिति राम्रो भएको र सामाजिक प्रतिष्ठा पनि भएकोले ) तर शिक्षित,पठित, व्यवसायिक र वौद्धिक वर्गले सहरमा, कार्यस्थलमा गरेको नजानिँदो छुवाछुतबाट भने खिन्न छन् l छुवाछुतरूपी समाजको कलङ्क मेट्न दलित गैरदलित सबै मिलेर लाग्नु पर्ने र यो घीन लाग्दो छुवाछुत प्रथा यथाशीघ्र हटाएर उन्नत र सभ्य समाज निर्माणमा हातेमालो गर्न आग्रह गर्छन् l डा. रुद्रको परिवार आज पनि संयुक्त रूपमा बसोबास गर्छन् l दाजु भाउजू परिवारका सबै सदस्य आआफ्नो क्षेत्रमा स्थापित छन् l पारिवारिक एकता,विश्वास र ममताको भरिलो टेकोले आफू मजबुत बन्दै गरेको विश्वासमा मंग्राती भेटिन्छन् l
नले दार्जिलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा र त्यही...
आफ्ना विचारहरू अत्यन्तै शिष्ट,सन्तुलित सौम्य,मर्यादित,बौद्धिक र तार्किक ढङ्गले व्यक्त गर्ने सुन्दरसँ...
विश्वमा मान्छेको अधिकतम आयु १५० वर्ष भएको अनुसन्धानको निस्कर्ष छ l हाम्रै देसमा पनि सुनसरीका वीरनारा...