अमेरिकाको बाल्टिमोरमा कार्गो जहाजको ठक्करले फ्रान्सिस स्कट ब्रिज भत्कियो

वाशिंगटन, अमेरिका
अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट ब्रिज’ को एक भाग भत्किएको छ । न्युयोर्क टाइम्सका अनुसार अमेरिकी समय अनुसार बिहान करिब १: ३० बजे जहाज पुलसँग ठोक्किएको थियो । त्यसपछि आगो लाग्यो र जहाज डुब्यो । पुल भत्किएपछि करिब ७ जनाको उद्धार गर्ने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् ।
पुल भत्किँदा त्यहाँ रहेका धेरै सवारीसाधन पनि पानीमा डुबेका छन् । रिपोर्टका अनुसार मेरिल्याण्ड यातायात प्राधिकरणले पुलमा दुर्घटना भएपछि दुबैतर्फका सबै लेन बन्द गरेर यातायात रोकिएको जनाएको छ ।
मिडिया रिपोर्टका अनुसार सिंगापुरको झण्डा बोकेको यो जहाजको नाम ‘डाली’ हो र यो श्रीलंकाको राजधानी कोलम्बो जाँदै थियो । यो जहाज ९४८ फिट लामो थियो । फ्रान्सिस पुल १९७७ मा पाटास्को नदीमा बनाइएको थियो । अमेरिकाको राष्ट्रियगान लेख्ने फ्रान्सिस स्कट कीको नाममा यस पुलको नाम राखिएको थियो ।
समाचार स्रोत र फोटो न्युयोर्क टाइम्स
मुन्तजामा रहेको होटेल होलिडे भिल्लामा मध्यान्ह १२ बजेबाट सांगीतिक प्रस्तुतिसहित हुने भएको छ ।
कतारको अल लुक्ता स्थित ट्युनिसियन स्कुलको कभर्ड हलमा ३१ मार्चमा मध्यान्ह १२:३० बजेबाट कार्यक्रम सुरु...
संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँ...