'दलितका लागि दलित'को आयोजनामा सुर्खेतमा भव्य जागरण सभा सम्पन्न

'दलितका लागि दलित' अभियान नेपालको आयोजनामा सुर्खेतको बाबियाचौरमा हालै भव्य एक जागरणसभा सम्पन्न भएको छ l उक्त सभामा विभिन्न बक्ताहरूले दलित आन्दोलन गर्नु पर्नेमा विशेष जोड दिएका थिए l हजारौ वर्ष देखिको प्रातडना आज पर्यन्त उस्तै रहेको र संसारकै उत्कृष्ट व्यवस्था गणतन्त्रमा पनि छोइछिटो, छुतअछुत भनेर मान्छेलाई हेलाँ गर्ने उचित मर्यादा नदिने, अधिकारवाट वन्चित गर्ने र ज्यान मार्ने सम्मको काम हुनु ज्यादै दुख र पीडाको कुरा हो अब हामी ज्यादति सहेर बस्दैनौ अधिकारको लागि लडन तयार छौं भन्दै दलित समुदायले भव्य सभा सहित जागरण अभियान संचालन गरेको थियो l हजारौंको संख्यामा बाजागाजा झाँकी सहित दलित समुदायको उपस्थिति थियो l
दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायको मागप्रति राज्यको ध्यानाकर्षण गराउन संयुक्तआन्दोलन गर्नुपर्ने बताएका छन् । सभाका सहभागी अगुवाहरूले अधिकार प्राप्तिका लागि शसक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् l
देवराज विश्वकर्मा
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीयविभेदका घटना दिन प्रतिदिन बढ्दो क्रममा रहेकाले त्यसका विरुद्ध राज्य गम्भीर हनुपर्ने बताए । उनले भने, राज्य गम्भीर नभए समुदायको रक्षाका लागि आयोग र दलित समुदाय एक भएर लड्नु पर्छ । दलित आयोग संवैधानिक भएपनि स्रोत साधनको अभाव र राज्यको हेपाह प्रवृतिले गर्दा समुदायले महशुस गर्ने गरी काम गर्न नसकेको उनले गुनासो गरे । आयोगको सल्लाह सुझाव वा निर्देशन त सरकारले कार्यान्वयन गर्दैन, जनताको के कुरा, परिस्थितिको निर्माण भयो भने सशक्त आन्दोलन गर्नपर्ने उनको तर्क थियो ।
रणसिंह परियार
कार्यक्रमका अर्का अतिथि कर्णाली प्रदेशसभा सदस्य रणसिंह परियारले 'प्रदेशसभाको दोस्रो कार्यकाल चलिरहदा पनि दलितको विधेयक नबन्नु लज्जास्पद भएको टिप्पणी गरे । देशको सबैभन्दा धेरै दलित कर्णालीमा छन् सदस्य परियारले भने तर दलितका लागि सिन्को भाँच्ने काम समेत भएको छैन, अर्को पटक के मुख लिएर जनतामा जाने ? हुम्लाबाट निर्वाचित सांसद परियारले हुम्लामा मरे घाट पाईदैन, बजारमा सुत्ने खाट पाईदैन, सरकार हाम्रो कुरा सुन्दैन भने एक पटक पार्टीभन्दा माथि उठेर समुदायको लागि लड्न तयार हुनुपर्नेमा जोड दिएका थिए । माओवादीबाट निर्वाचित सांसद परियारले 'भएको उपलब्धिलाई जोगाएर समुदायको अधिकार प्राप्तिका लागि लाग्नुपर्ने' बताए ।
खड्ग विश्वकर्मा
चौकुने गाउँपालिकाका सुर्खेत अध्यक्ष खड्ग विश्वकर्माले 'परिवर्तनको लडाईमा अग्रमोर्चामा रहको दलित अधिकार प्राप्तिमा भने सबैभन्दा पछाडि राखिएकोमा विरोध गरे । ठुलो लडाई र बलिदानबाट प्राप्त भएको व्यवस्थामा पनि दलित मारिनु, बालात्कारमा पर्नु लज्जाको विषय हो उने अगाडि भने पद त्यागेर पनि समुदाय जोगाउने आन्दोलनमा लाग्नुपर्छ भने म तयार छु ' भनेर समुदायको लागि आफू पद त्यागेर लाग्न तयार भएको जानकारी गराएका थिए l
खगेन्द्र सुनार
कार्यक्रम आयोजक 'दलितका लागि दलित' अभियानका संयोजक खगेन्द्र सुनारले ''दलित लागि दलित' र 'आफ्नो लागि आफै' लड्नुको विकल्प नभएको बताए । हिजोसम्म अरूका लागि लड्यौ अब आफ्नो लागि लड्ने बेला आयो उनले भने युद्ध लड्न होस वा चुनाव लड्न दलित आफै तयार नभएसम्म हुनेवाला केही छैन । नवराज वि.कको मृत्युबाट आफ्नो अभियान सुरु भएको बताउदै उनले दलितलाई आत्मसम्मान नदिए दलित हत्याको बदला लिने चेतावनी दिए हाम्रो आन्दालन जारी छ संयोजक सुनारले भने अधिकार प्राप्त नभएसम्म सडकमै हुन्छौ ।' तर अधिकार प्राप्तिको आन्दोलन छोडेर अब भाग्दैनौं l मृत्यु या मुक्ति मात्र हो हाम्रो रोजाइ' खगेन्द्रको उदघोष थियो l 'जाग्दैछ दलित', 'दलित, उठ्दै छ जुरुक्क भन्दै दलित समुदायलाई आफ्नो हक अधिकार प्रतिष्ठा प्राप्तिको लागि आन्दोलन गर्न प्रेरित गर्दै खगेन्द्र सुनारले बोलेका थिए l
चर्चित लोक दोहोरी गाएक राजु परियारले अहिले पनि छुवाछुत भेदभावको गीत गाउन पर्दा पीडा हुने बताए । उनले आफ्ना चर्चित तथा लोकप्रीय गीतहरू कार्यक्रममा प्रस्तुत गरेका थिए । कार्यक्रममा सबै राजनीतिक दलका दलित संगठनका प्रमुख प्रतिनिधि, जनप्रतिनिधि, व्यापारी, व्यवसायी दलित अधिकारकर्मी,पत्रकार कलाकार अभियन्ता सहित हजारौ दलितहरूको सहभागीता थियो ।
'दलितका लागि दलित अभियान' नेपालले कर्णाली, लुम्बिनी, सुदुरपश्चिमलगायत देशका विभिन्न स्थानमा समुदाय जागरण सभा गरिरहेको छ । समुदायमा आफ्नो अधिकारको लागि र राज्यसत्ताले हजारौं वर्षदेखि गरेको अन्याय अत्याचार र शोषण दमनको हिसाब मागिरहेको छ l छुवाछुत जस्तो घृणित कार्य गरेर दलितको आत्मसम्मानमा पुर्याएको चोट वापत राज्यले उचित क्षतिपूर्ति, अवसर र मर्यादा दिनुपर्ने माग सहित दलितका लागि दलित अभियान अहोरात्र दलित समुदायसँग खटिरहेको छ l
फोटो : 'दलितका लागि दलित'का संयोजक खगेन्द्र सुनारले उपलब्ध गराएका हुन् l
दलित समुदायले भोग्दै आएको शोषण, दमन, र जातीय विभेदको ऐतिहासिक दस्तावेजीकरण गर्नु रहेको छ ।
सुर्खेत वीरेन्द्रनगरमा राष्ट्रिय दलित गोलमेच सम्मेलनको कर्णाली प्रदेश स्तरीय अन्तरक्रिया तथा भेला का...
अब एक पटक दलित समुदायलाई सत्तामा पुर्याउन जरुरी छ । शक्ति के हो भनेर देखाउन जरुरी छ ।