निबन्धकार श्रीबाबु कार्की अनेसास 'सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२३' बाट सम्मानित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विभिन्न विधामा 'सर्वोत्कृष्ट पुस्तक पुरस्कार'बाट विभिन्न स्रष्टाहरूलाई सम्मान प्रदान गरेको छ ।
घोषणाअनुसार यस वर्षको ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ भारतका रण काफ्लेको उपन्यास 'रैथाने'ले प्राप्त गरेको छ । यो पुरस्कारको राशि २ हजार डलर रहेको छ । ‘अनेसास होमनाथ सुवेदी डायस्पोरा पुरस्कार’ अमेरिकाका महेश्वर पन्तको 'बौलाको डायरी', ‘अनेसास श्याम कार्की तथा इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार’ नेपालका श्रीबाबु कार्कीको 'सन्दिग्ध शताब्दी', ‘अनेसास डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार’ नेपालकी कल्पना खरेलको 'रानी तलाउ' तथा ‘अनेसास सीता शर्मा संस्कृति तथा दर्शन सर्वोत्कृष्ट पुरस्कार’ नेपालकै गणेशकुमार जिसीको 'अरनिको एसिया एक प्रस्तावना'ले प्राप्त गरेको थियोे । त्यस्तै, ‘अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार’ कथाकार तथा समालोचक महेश पौड्यालको 'अपरिचित अनुहार', ‘अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार (डायस्पोरा)’ इजरायलकी सिन्धु पौडेलको 'मृत सागरको उचाइबाट', ‘अनेसास राष्ट्रकवि काव्य पुरस्कार’ डा. गोविन्द आचार्यको 'दङ्गी उर्वसी', ‘अनेसास स्व. लक्ष्मीदत्त पाण्डे सर्वोत्कृष्ट नियात्रा पुरस्कार’ निर्मोही व्यासको 'आवारा बादल'ले प्राप्त गरेका छन् ।
उक्त पुरस्कार गत नोभेम्बर -१९, २०२३ ( गत २०८० मंसिर २ गते ) का दिन मनासस भर्जिनियामा एक भव्य समारोहमा पुरस्कार वितरण भएको थियो । त्यो समारोहमा कारणवस उपस्थित हुन नसकेका स्रष्टाहरूलाई काठमाडौंमै वितरण गरिएको हो । प्रज्ञा प्रतिष्ठानको सभा हलमा एक समारोहबिच प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा अनेसास पुरस्कार वितरण सभाको आयोजना भएको थियो l
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l