कर्णाली प्रदेशबाट राज्यमन्त्री बनेकी गमता विकको राजनीतिक आरोह -अवरोह

पश्चिम दैलेखको आठबिस नगरपालिका–१ सात्तलाकी ५० वर्षीय गमता विक राजनीतिसँगै सामाजिक अभियन्ताको रूपमा परिचित नाम हो । २०३० सालमा अहिलेको आठबीस नगरपालिका–१ को बडरुखमा जन्मिएकी उनका लागि पढाइ त कल्पना बाहिरको थियो ।
२०४९ सालमा गाउँकै हरि विकसँग उनको बिहे भयो । हरि २०५४ सालमा एमालेबाट निर्वाचित वडा सदस्य थिए । त्यसैले उनी पनि राजनीतिप्रति झुकाव राख्न थालिन् ।
गमता दैलेख जिल्लाबाट दलिततर्फ सांसद बन्ने पहिलो महिला हुन् । उनी भन्छिन्, ‘एक त महिला, त्यसमाथि दलित समुदायकी मान्छे, थुप्रै ठाउँमा अपमान सहँदै आइयो, पार्टीभित्र पनि निष्ठाको राजनीति कहाँ छ र ?’ गाउँ सभाजस्ता महत्त्वपूर्ण कार्यक्रममा प्रमुख अतिथि बनाउँदा प्रमुख दलका माथिल्लो वरीयतालाई आधार बनाउने प्रचलन हुन्छ । जिल्ला कमिटी सदस्य हुँदा साबिक सात्तालामा अन्य पार्टीका त्यो तहका नेताहरू थिएनन् । तर गाउँसभामा दलित महिला भएकै कारण प्रमुख अतिथि स्वीकार गर्न तयार नरहेको दुःखान्त स्मरण उनीसँग छ । त्यस्तो विभेदपूर्ण प्रवृत्तिको भण्डाफोर गर्दै आज उनी राज्यमन्त्री बनेकी छन् ।
ग्रामीण रुढीवादी समाजमा जातीय विभेद, उत्पीडन, छाउपडी कुप्रथा उन्मूलन, खुला दिसामुक्तजस्ता अभियानको नेतृत्व गर्दै राजनीतिमा उदाएकी उनी प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै मङ्गलबार कर्णालीको भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा नियुक्त भएकी छन् l
नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्न पठाएकी विक अतिविपन्न दलित समुदायकी सङ्घर्षशील नारी राजनीतिक कार्यकर्ता हुन् l उनै माननीय सहरी विकास राज्यमन्त्री गमता विकको राजनीतिक जीवनको आरोह अवरोह हेरौ l
छाउपडीविरुद्ध विद्रोह
राजनीतिसँगै सामाजिक सेवामा अग्रसर गमतालाई सदरमुकामबाट जाने हरेक सरकारी र गैरसरकारी कार्यक्रममा खबर हुन्थ्यो । छाउपडीविरुद्ध पनि उनले सशक्त अभियान चलाएकी थिइन् । त्यो बेला पश्चिम दैलेखमा छाउपडी कुप्रथा व्याप्त थियो । गमताले आफ्नै घर परिवारबाट छाउविरुद्ध विद्रोह गरेकी थिइन् l
महिनावारी हुँदै उनी भान्साभित्र पसेर खाना बनाउन थालिन्, भैसी दुहुन थालिन्, तरकारीबारीमा पस्न थालिन् । महिनावारी नबारे देउता लाग्छ’ भन्ने मान्यताले जरो गाडेको समाजमा उनले निडरताका साथ विद्रोह गरिन् ।
महिलालाई कमजोर बनाउन गलत संस्कार बसालिएको रहेछ,’ उनी भन्छिन्, ‘पछि मेरै नेतृत्वमा गाउँभरका छाउगोठ भत्काउन सफल भयौं, शुरूमा अवरोध भए पनि पछि सबै दिदीबहिनीहरूले साथ दिए ।’
छाउपडी विरुद्धको आफ्नो अभियानमा गाउँका धामी भिमसिं थापा र विज्ञान शिक्षक शेरबहादुर थापाबाहेक अरूले साथ नदिएको उनी सम्झिन्छिन् । महिनावारी भएकी महिलालाई छोएमा चोखो हुनुपर्छ भन्दै पूजा गर्ने समुदायको बाहुल्य रहेको गाउँमा दलित महिलाले महिनावारी नबार्ने अभियान चलाउनु कम्ता चुनौती थिएन । उनी भन्छिन्, ‘मेरोजस्तै अभियान चलाउने संघसंस्था पनि आए, प्रशासनको सहयोग पाएँ, नत्र त मलाई गाउँबाट लखेटिहाल्थे नि !’
महिला संजालको भवन निर्माण
गाउँमा महिलाहरूलाई मेलापात र भान्सामै सीमित गरिन्थ्यो । गमताकै पहलमा गाविसले महिला सञ्जालको भवन निर्माणका लागि वर्षेनि १० हजार रुपैयाँ छुट्याएको थियो । उनी सञ्जालकी अध्यक्ष थिइन् तर खाता खोल्न सञ्जालमा महिला भेटिनन् ।
गमताका अनुसार महिलालाई सदरमुकाम पठाउन गाउँमा कोही पुरुषहरू तयार हुँदैनन् । हिँडेर २ दिन लाग्थ्यो सदरमुकाम पुग्न । बजेट निकासा गरेर भवन बनाउनुपथ्र्यो । खाता खोल्न सकस भयो । गाउँमा साथी नपाएपछि नागरिकता बनाउन सदरमुकाम पुगेकालाई बाटोबाटै फिर्ता ल्याइन् र खाता खोलिन्, भवन बन्यो । त्यो भवनमा अहिले पनि विभिन्न सामाजिक भेला, गोष्ठीहरू हुने गरेका छन् ।
खुला दिसामुक्त अभियानको नेतृत्व
गमताको गाउँ सात्तलामा ५२ कोठेसम्म ठूला घर थिए । ती घरमा शौचालय थिएनन् । शौचालय प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास भइसकेको थिएन । उनी सामाजिक कामको नेतृत्व गरेबापत अन्तर जिल्ला भ्रमण जाने अवसर पाउँथिन् । भ्रमणबाट उनलाई पनि घर फर्केर शौचालय बनाउनुपर्छ भन्ने चेतना जाग्यो । शुरूमा खाल्डे चर्पी बनाइन् । उनको वडामा चर्पी प्रयोग गर्ने गमताको परिवार पहिलो हो ।
चर्पी प्रयोग गर्दा छरछिमेकीले उनलाई खिसीटिउरी गर्थे । ‘घरका सबै एउटै घरमा दिसापिसाब गर्छन्, लाज पनि मान्दैनन भन्थे,’ उनी भन्छिन्, ‘बिस्तारै छरछिमेकीलाई बुझाउँदै शौचालय बनाउन लगाएँ ।’ अन्ततः गाविसका ९ वडामध्ये सबैभन्दा पहिले उनकै वडा खुला दिसामुक्त घोषणा भयो । सबै घरले चर्पी बनाएर प्रयोग गर्न थाले । उनकै पहलमा अन्य वडाहरू हुँदै २०७० सालमा सात्तला गाविस खुला दिसामुक्त बन्यो । शौचालयको नियमित प्रयोगबारे उनी गाउँ–गाउँ डुलेर अनुगमन गर्थिन् । ‘धेरै ठूला कुरा गर्न नसके पनि हाम्रो समाजको जातीय विभेद, अन्धविश्वासविरुद्ध सशक्त आवाज उठाउने सोच बनाएकी छु, पार्टीले संसद र सरकारमा जेजस्तो जिम्मेवारी दिन्छ, कुशलतापूर्वक निर्वाह गर्छु,’ उनी भन्छिन् ।
दुई दिन बन्धक राखेर, तानेर विवाह
गमता १८ वर्षकी भएकी थिइन् । उनका सबै दौंतरीको विवाह भएर छोराछोरी समेत भइसकेका थिए । यो उमेर परिवार र समाजका लागि भारी थियो । उमेर बढ्दै जाँदा घरमा विवाहको कुरा चल्यो । चर्चा सुरु भयो ।आफूभन्दा साना बहिनीको विवाह भइसकेकोले उनलाई पनि जसरी बिहे गर्ने बाध्यता थियो l
२०४९ सालमा गाउँ नजिकैका हरि कामीसँग गमताको विवाह गरिदिने कुरा भयो । दुवै परिवारले निर्णय गरे तर गमतालाई सोधिएन । उनलाई हरिसँग विवाह गर्न मन थिएन । इन्कार गरिन् । केही सिप चलेन।
असार १४ गतेको दिन थियो । घरकाले उनलाई दुई दिनसम्म कोठामा बन्धक बनाएर राखे । उनी हरिसँग केही भन्न चाहन्थिन् तर छुट थिएन । त्यतिबेला श्रीमानको अनुहारसम्म नहेरी विवाह गर्ने चलन थियो ।
नमान्दा नमान्दै माइती र घर पक्षले उमेर ढल्किसकेको भन्दै जबरजस्ती तानेर ८ कक्षासम्म पढेका हरिसँग उनको विवाह गरिदिए । जबर्जस्तीको बिहे भए पनि हरि असल सहयोगी श्रीमान थिए जसको कारण उनीहरूको जिन्दगीको रथ र राजनीतिक सामाजिक जीवन अहिले सहज ढङ्गले चलिरहेको छ l
श्रीमान हरिको साथ र सहयोग समर्पण
गमता र उनका पति हरिले २ सन्तानमै परिवार नियोजन गरे । गाउँमा २ सन्तानमै परिवार नियोजन गरेको भन्दै अनेक खाले टीकाटिप्पणी भए तर उनीहरूले कुनै पर्वाह गरेनन् । ‘२ वटा मात्र बच्चा हुँदा पालनपोषण र पढाइमा सजिलो हुन्छ, खर्च धान्न सकिन्छ भनेर श्रीमानलाई सम्झाएँ,’ उनी भन्छिन्, ‘मैले २ सन्तान मात्र जन्माउने भनेको कुरा घरमा र छरछिमेकमा मन परेको थिएन, हाम्रो यो निर्णय धेरै सन्तान जन्माउनुपर्ने अवस्था विरुद्धको विद्रोह थियो ।’
उनले संघर्ष र सफलतामा श्रीमान् को दरिलो साथ पाएकी छन् । उनी भन्छिन्, ‘एक्लै हिँड्दा समाजमा कुरा काट्ने धेरै हुन्थे, आइमाई मान्छे एक्लै कता–कता हिँडेकी भन्थे तर मेरा श्रीमानले साथ दिनुभयो, अरूको कुराको वास्ता गर्नुभएन ।’
स्कूल नटेकेरै साक्षर
४ भाइ र ३ बहिनीमध्ये जेठो सन्तान हुन् गमता । बुवा उदय कामी कालापहाड जानुपर्ने बाध्यताका कारण आमासँगै मेलापात गर्दै भाइबहिनी हुर्काउने दायित्व उनकै काँधमा आइलागेको थियो । ३० को दशकमा उनले स्कूल पढ्ने कल्पना बाहिरको कुरा थियो । गाउँमा स्कूल पनि थिएन ।
परिवारिक चेतना र आर्थिक अवस्था दुवैका कारण उनी शिक्षाको उज्यालोबाट टाढै थिइन् । २०६१ सालमा विश्व खाद्य कार्यक्रम अन्तर्गत सञ्चालित कामका लागि खाद्यान्न कार्यक्रमले उनको गाउँमा महिला समूह गठन गर्यो । साक्षरता कक्षा सञ्चालन गर्ने त्यो कार्यक्रमको उद्देश्य थियो । कार्यक्रमले सबै तयारी गर्यो तर पढ्न कोही महिला आएनन् ।
‘गाउँका मान्छेले हाम्रो पढाइ बिथोल्न थुपै्रपटक हुलदंगा गरेको सम्झना ताजै छ, पुरुषहरू महिलालाई साक्षरता कक्षामा पठाउन मान्दैन्थे,’ गमता भन्छिन्, ‘उल्टै सहजकर्तालाई लेखेट्ने योजना बन्यो, त्यसको प्रतिवाद गर्दै एक्लै भए पनि पढ्ने साहस गरें ।’ पछि उनले क्रमशः अरू महिलाको साथ पाउन थालिन् ।
उनीजस्तै निरक्षर १५ जना महिला कक्षा लिन तयार भए । साँझको खाना खाइवरी महिलाहरू काखीमा बच्चा च्यापेर दियालो बाल्दै कक्षा घरमा पुग्थे । त्यहाँ दुई–अढाइ घण्टा पढेर सुत्न घर फर्किन्थे । ‘लालटिनको उज्यालोमा ६ महिनासम्म कक्षा लिएर लेखपढ गर्न सक्ने भएँ, अक्षर चिन्न, पढ्न, लेख्न सक्ने भएँ, हिसाबकिताब गर्न जान्ने भएँ,’ उनी भन्छिन्, ‘त्यही साक्षरता कक्षाबाट सिकेको ज्ञानले सामाजिक काममा थप सक्रिय हुन प्रेरित गर्यो ।’ अहिले उनी संविधान, विभिन्न ऐनकानूनदेखि पार्टीका दस्तावेजहरू खरर पढ्न सक्ने भएकी छन् ।
गमता अहिले एमालेको कर्णाली प्रदेश कमिटी सदस्य छिन् । गाविसमा जनप्रतिनिधि नहुँदा कर्मचारीलाई सहयोग गर्न राजनीतिक दलहरू सम्मिलित संयन्त्र बनाइएको थियो । गाउँ सभाजस्ता महत्त्वपूर्ण कार्यक्रममा प्रमुख अतिथि बनाउँदा प्रमुख दलका माथिल्लो वरियतालाई आधार बनाउने प्रचलन बसालिएको थियो । उनी जिल्ला कमिटी सदस्य थिइन् । सात्तला गाविसमा अन्य पार्टीमा त्यो तहका नेताहरू थिएनन् तर गाउँसभामा उनी दलित महिला भएकै कारण प्रमुख अतिथि स्वीकार्न तयार भएनन् तर उनी त्यस्तो विभेदपूर्ण प्रवृत्तिको भण्डाफोर गर्दै ‘स्पेश’ लिन थालिन् ।
उनी भन्छिन्, ‘एक त महिला, त्यसमाथि दलित समुदायकी मान्छे, थुप्रै ठाउँमा अपमान सहँदै आइयो, पार्टीभित्र पनि निष्ठाको राजनीति कहाँ छ र ?’ गाउँ सभाजस्ता महत्त्वपूर्ण कार्यक्रममा प्रमुख अतिथि बनाउँदा प्रमुख दलका माथिल्लो वरीयतालाई आधार बनाउने प्रचलन हुन्छ । जिल्ला कमिटी सदस्य हुँदा साबिक सात्तालामा अन्य पार्टीका त्यो तहका नेताहरू थिएनन् । तर गाउँसभामा दलित महिला भएकै कारण प्रमुख अतिथि स्वीकार गर्न तयार नरहेको दुःखान्त स्मरण उनीसँग छ । त्यस्तो विभेदपूर्ण प्रवृत्तिको भण्डाफोर गर्दै आज उनी राज्यमन्त्री बनेकी हुन् ।
स्वास्थ्य स्वयंसेविका
२०६४ देखि ०७४ सम्म महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गरेको अनुभव पनि उनीसँग छ । त्यो बेला खाजा खान दिएको रकमले सुत्केरी गराउने बेड बनाउनेदेखि गाउँका गरिब, निमुखाको पक्षमा उभिएर अड्डा, अदालतसम्म धाइन् । गाउँमा उपचार सम्भव नहुँदा अशक्त बनेकाहरूको घाउमा मलम लगाउने स्रोत बनिन् ।
नगरपालिकामा उपप्रमुख उमेद्वार
२०७४ सालमा उनलाई पार्टीले आठबिस नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार बनायो । स्वयंसेविकाबाट राजीनामा दिइन् । ४२ मत अन्तरले उनी पराजित हुन पुगिन् । उपप्रमुख लड्दा उनलाई ७ लाख बढी ऋण लाग्यो, ऋण तिर्न अझै बाँकी छ, ऋणकै घरले यसपटक प्रत्यक्ष उम्मेदवार बन्ने आँट गरिनन् । ०७९ को स्थानीय निर्वाचनमा पनि उपप्रमुखको उम्मेदवार पार्टीले आफूलाई नै बनाएको बताउँदै उनी भन्छिन्, ‘आफूलाई आएको टिकट सहर्ष छाडें, निरन्तर पार्टी काम र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै समानुपातिक सूचीका लागि सिफारिस गर्यो ।’ दलित महिला र पिछडिएको क्षेत्रको कलस्टरमा उनी १ नम्बर प्राथमिकतामा थिइन् । संसदभित्र अन्धविश्वास, विभेद र उत्पीडनविरुद्ध सशक्त आवाज उठाएर नै उनले आफ्नो विचार व्यक्त गरिन् l
स्कूल नटेकेरै साक्षर
४ भाइ र ३ बहिनीमध्ये जेठो सन्तान हुन् गमता । बुवा उदय कामी कालापहाड जानुपर्ने बाध्यताका कारण आमासँगै मेलापात गर्दै भाइबहिनी हुर्काउने दायित्व उनकै काँधमा आइलागेको थियो । ३० को दशकमा उनले स्कूल पढ्ने कल्पना बाहिरको कुरा थियो । गाउँमा स्कूल पनि थिएन ।
परिवारिक चेतना र आर्थिक अवस्था दुवैका कारण उनी शिक्षाको उज्यालोबाट टाढै थिइन् । २०६१ सालमा विश्व खाद्य कार्यक्रम अन्तर्गत सञ्चालित कामका लागि खाद्यान्न कार्यक्रमले उनको गाउँमा महिला समूह गठन गर्यो । साक्षरता कक्षा सञ्चालन गर्ने त्यो कार्यक्रमको उद्देश्य थियो । कार्यक्रमले सबै तयारी गर्यो तर पढ्न कोही महिला आएनन् ।
‘गाउँका मान्छेले हाम्रो पढाइ बिथोल्न थुपै्रपटक हुलदंगा गरेको सम्झना ताजै छ, पुरुषहरू महिलालाई साक्षरता कक्षामा पठाउन मान्दैन्थे,’ गमता भन्छिन्, ‘उल्टै सहजकर्तालाई लेखेट्ने योजना बन्यो, त्यसको प्रतिवाद गर्दै एक्लै भए पनि पढ्ने साहस गरें ।’ पछि उनले क्रमशः अरू महिलाको साथ पाउन थालिन् ।
उनीजस्तै निरक्षर १५ जना महिला कक्षा लिन तयार भए । साँझको खाना खाइवरी महिलाहरू काखीमा बच्चा च्यापेर दियालो बाल्दै कक्षा घरमा पुग्थे । त्यहाँ दुई–अढाइ घण्टा पढेर सुत्न घर फर्किन्थे । ‘लालटिनको उज्यालोमा ६ महिनासम्म कक्षा लिएर लेखपढ गर्न सक्ने भएँ, अक्षर चिन्न, पढ्न, लेख्न सक्ने भएँ, हिसाबकिताब गर्न जान्ने भएँ,’ उनी भन्छिन्, ‘त्यही साक्षरता कक्षाबाट सिकेको ज्ञानले सामाजिक काममा थप सक्रिय हुन प्रेरित गर्यो ।’ अहिले उनी संविधान, विभिन्न ऐनकानूनदेखि पार्टीका दस्तावेजहरू खरर पढ्न सक्ने भएकी छन् ।
२०४९ सालमा गाउँकै हरि विकसँग उनको बिहे भयो । हरि २०५४ सालमा एमालेबाट निर्वाचित वडा सदस्य थिए । त्यसैले उनी पनि राजनीतिप्रति झुकाव राख्न थालिन् । एमालेको वडा, गाउँ, इलाका र निर्वाचन क्षेत्रीय कमिटीमा लामो समय काम गरिन् । २०७२ सालमा दैलेख बजारमा सम्पन्न जिल्ला अधिवेशनमा उनी जिल्ला कमिटी सदस्य निर्वाचित भइन् । ३५ सदस्यीय कमिटीमा उनी प्रतिस्पर्धाबाट छानिइन् । गमता अहिले एमालेको कर्णाली प्रदेश कमिटी सदस्य छिन् । गाविसमा जनप्रतिनिधि नहुँदा कर्मचारीलाई सहयोग गर्न राजनीतिक दलहरू सम्मिलित संयन्त्र बनाइएको थियो । गाउँ सभाजस्ता महत्त्वपूर्ण कार्यक्रममा प्रमुख अतिथि बनाउँदा प्रमुख दलका माथिल्लो वरियतालाई आधार बनाउने प्रचलन बसालिएको थियो । उनी जिल्ला कमिटी सदस्य थिइन् । सात्तला गाविसमा अन्य पार्टीमा त्यो तहका नेताहरू थिएनन् तर गाउँसभामा उनी दलित महिला भएकै कारण प्रमुख अतिथि स्वीकार्न तयार भएनन् तर उनी त्यस्तो विभेदपूर्ण प्रवृत्तिको भण्डाफोर गर्दै ‘स्पेश’ लिन थालिन् ।
दलित हुनुको पीडा
चुनाव हार्नुको एक कारण महिला थियो भने अर्को विशेष कारण थियो जातीय विभेद । विभेदै विभेदको साङ्लोले बेरिएको समाजमा उनले भोग्नुपर्ने अर्को विभेद थियो- जात । यही जातका कारण चुनावमा आफूले हार्नु परेको उनको बुझाइ छ ।
अभियानकै क्रममा पनि उनले कयौंपटक यस्ता विभेद भोगेकी छन् । एकपल्ट त जातकै कारण वास पाइनन् उनले ।‘२०५९ सालको कुरा हो, त्यतिबेला सडक बनेको थिएन । रावकोट भन्ने गाउँमाँ भारी जंगल छ । कार्यक्रम सकेर घर जाँदै थिएँ । जंगल काट्नुअघि रात परिहाल्यो । बास पाउँछु कि भन्ने कत्ति आश थियो । धेरैलाई गुहारें, तर बाहुन जातिको गाउँमा दलित भएकै कारण मैले बास पाइनँ,’ उनले सुनाइन् । त्यतिबेला जंगलै जंगल कुदेर एउटा वृद्धवृद्धाको छाप्रोमा उनले रात कटाउनुपरेको थियो । यस्ता कयौं विभेद उनी अहिले पनि सम्झिन्छिन् । त्यसैले आफ्नो लडाइ महिलासँगै दलित विभेदविरुद्धको पनि ठान्छिन् गमता ।
यदि समानुपातिक समावेशी, सङ्घीयता र दलित कोटाको व्यवस्था नभएको भए यतिबेला आफ्नै गाउँको चुलो चौकोमा सीमित हुन्थिन् । तर व्यवस्था परिवर्तन र समावेशी समानुपातिक प्रतिनिधित्व प्रणालीको कारण नै आज गमताहरू जस्ता महिलाहरू राजनीतिमा छन् र माननीय संसद मन्त्री हुने अवसर पाएका छन् l यद्दपि एउटा व्यक्ति र समुदायको प्रतिनिधित्व नै समग्र मुद्दाको सम्वोधन होइन तथापि प्रतिनिधित्वले पनि सम्मानजनक अवस्थाको प्रत्याभूति गराउदै अरू हक अधिकार समता र मर्यादा प्राप्त गर्न सहज वातावरण निर्माण गर्दै लैजान्छ l
स्मरणीय: पत्रपत्रिका र विशेषगरी लोकान्तरका प्रकाश अधिकारी, रातोपाटीका पंखबहादुर शाही र नेपाल प्रेसका समर्पण श्री र नेपाल लाइभकी धनु विश्वकर्माको सामग्रीमा आधारित भएर गमता विकको राजनीतिक आरोह अवरोह तयार गरिएकोको छ l सम्बन्धित सबैमा akabarey.com आभारी छ l
दलित समुदायले भोग्दै आएको शोषण, दमन, र जातीय विभेदको ऐतिहासिक दस्तावेजीकरण गर्नु रहेको छ ।
सुर्खेत वीरेन्द्रनगरमा राष्ट्रिय दलित गोलमेच सम्मेलनको कर्णाली प्रदेश स्तरीय अन्तरक्रिया तथा भेला का...
अब एक पटक दलित समुदायलाई सत्तामा पुर्याउन जरुरी छ । शक्ति के हो भनेर देखाउन जरुरी छ ।