मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार

साउन -१५ ,
मुख्यमन्त्री सरोजकुमार यादवले आज जनमत पार्टीका चन्दन सिंहलाई श्रम तथा यातायात र कांग्रेसका मोहम्मद समिनलाई गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।
योसँगै मन्त्रीपरिषदले पुर्णता पाएको छ । भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत छन् ।
उनी सुरुमा मन्त्री सामाजिक विकास मन्त्री नियुक्त भएकी थिइन्। पछि मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेकी साहलाई पाँचौं पटकको मन्त्रिपरिषद् विस्तारमा विना विभागीय मन्त्री बनाएका थिए। त्यसयता उनी हालसम्म विना विभागीय मन्त्रीमा सीमित छन्।
यसअघि आजै जनमत पार्टीबाट कृषि मन्त्री रहेका बसन्त कुशवाहा र राज्य मन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय मन्त्री बनाएको थियो। त्यसयता उनीहरू दुवै जना विना विभागीय मन्त्रीका रूपमा रहेका थिए। तर आज जनमतले राजीनामा गराएर थप एक मन्त्री पठाएको छ।
जनमत पार्टीका महासचिव तथा नवनियुक्त श्रम तथा यातायात मन्त्री चन्दन सिंहले आफूलाई प्रदेश मन्त्रीको जिम्वेवारी दिएकोमा जनमत पार्टीका अध्यक्ष सिके राउत पार्टी र कार्यकर्ताप्रति आफ्नो फेसबुक मार्फत् आभार व्यक्त गरेका छन् l
अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्...
रास्वपाले पार्टीको दस्तावेजमै उल्लेख गरिसकेको विषय हो यो अन्यथा होइन l
केन्द्रीय समितिको निर्णयको स्वीकार्यता फराकिलो हुने भन्दै केन्द्रीय समिति बैठक आह्नवान गरिएको हो ।