सभामुखलाई रवि लामिछानेको पत्र : संसदमा बोल्न पाऊँ

वैशाख, २५
उपप्रधानमन्त्री तथा गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेले आफूमाथि उठेको प्रश्नको जवाफ संसदमा दिन पाउनुपर्ने माग गर्दै मंगलबार सभामुख देवराज घिमिरेलाई पत्र लेखेर संसदको आकस्मिक, शून्य र विशेष समयमा आफूमाथि उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने जिकिर गरेका छन् l
सङ्घीय संसदको अघिल्लो अधिवेशनमा आफूले सम्हालेको गृह मन्त्रालयका विषयमा सांसदहरूले सोधेका प्रश्नको जवाफ संसदमा उत्पन्न गतिरोधका कारण दिन नपाएको उनको भनाइ छ । यसले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम २ मा भएको व्यवस्था उल्लंघन भएको उल्लेख गरेका छन् l
जनताको जिम्मेवार प्रतिनिधि एवं गृहमन्त्री भएको कारण सांसदहरूले उठाएको विषयमा आम नागरिकलाई जानकारी गराउने आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारी भएको उनले बताएका छन् ।
‘…यही २८ गतेबाट चालु हुने अधिवेशनको यथाशक्य प्रारम्भिक दिनहरुमा संसदमा उपस्थित भई गत अधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने व्यवस्था मिलाइदिनुहुन …’ गृहमन्त्री लामिछानेले सभामुखलाई लेखेको पत्रमा भनेका छन् ।
गृहमन्त्री लामिछानेले आफूविरुद्ध कुनै पनि विषयमा उजुरी, जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नभएको भनी महान्यायाधिवक्ता कार्यालयबाट दिएको पत्र पनि सभामुखलाई बुझाएका छन् ।
संसदको हिउँदे अधिवेशनमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको नाम जोडिएको भन्द संसदीय छानबिन गर्न माग गरेको थियो । आफ्नो उक्त माग पूरा नभएसम्म लामिछानेलाई संसदको रोष्ट्रममा जान नदिने कांग्रेसको अडान छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरे समक्ष बुझाएको पत्र :
जनताको सरकारसँग भेट हुनेबित्तिकै वैरभाव हुने स्थिति अन्त्य गर्नुपर्छ ।
भगवान छन् न्यायप्रेमी जनता छन् l केही समयको परीक्षा हो l कसैसँग शिर नझुकाउनु l
साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै, न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।