हराएकी स्नेहा होइनन्, हाम्रो शिक्षा प्रणाली हो - देव शर्मा

स्नेहा लामिछानेसँग बसेर थोरै कुराकानी गरे । उनी दुनियाँका लागि हराएकी थिइन्,दुनियाँ उनको लागि गायव थियो, तर उनी आफूले आफूलाई खोज्दै थिइन् । पढाईको प्रेसर थियो । इन्जिनियरिङ अध्यायनरत छात्रा, परीक्षामा केही विषयमा असफल भएपछि विक्षिप्त बनेकी थिइन् । केही असन्तोष थियो l केही विद्रोहको भाव थियो l मन उद्देलित बनेको थियो l मस्तिष्क कंक्रिट डिसिजन गर्न नसकी अलमलिएको थियो l
उनका लागि जिन्दगी प्रेसर कुकर जस्तो भई दियो । पढाइको प्रेसर, परिवारको प्रेसर, साथीभाइको प्रेसर । प्रेसरै प्रेसरले धेरै हानेपछि उनले एकान्तबासलाई रोजिन् । एक हप्तासम्म दुनियाँ उनको खोजिमा भौतारियो तर उनी भने पशुपति क्षेत्रमा आध्यात्मिक शान्तिसँगै आफूलाई खोज्दै थिइन्। आफूलाई चिन्न खोज्दै थिइन् ।
ए प्लसको होडबाजी, किताबको भारी र पढाइको प्रेसरले हाम्रा बच्चाहरू शारीरिक र मानसिक रूपमा थाकेका छन् । हाम्रो शिक्षा देखावटी बन्दै गएको छ । हामी आफैं राम्रो बन्नेभन्दा पनि फोटो एडिट गर्न तिर लागेका छौ । हाम्रो शिक्षा अन्धाधुन्द नक्कल गर्न लाग्यो l अनावश्यक प्रतिष्पर्धा गर्न लाग्यो l हाम्रो सिर्जनात्मक क्षमता भुत्ते भयो र रेडिमेड पश्चिमा शिक्षा लादियो l हाम्रो बच्चाहरूले रमाइलो गर्न बिर्सेका छन् । न पढाईमा रमाइलो, न खेलमा रमाइलो । बेस्वादको जिन्दगी महसुस गर्दैछन् ।
बच्चाहरूले आनन्द लिने र खुशीले शिक्षाको सागरबाट मोती टिप्ने अवसर नै पाएनन् । यहाँ हराएको स्नेहा थिइनन, हाम्रो शिक्षा प्रणाली थियो । हाम्रो विवेक थियो l हाम्रो सोच्ने तरिका , अपनाउनेविधि हराएको थियो l हराएको स्नेहा थिइनन, हाम्रो संस्कार थियो । हाम्रो स्वत्व हराएको थियो l हराएको स्नेहा थिइनन, हाम्रो अभिभावकत्व थियो । हराएको स्नेहा थिइनन, संस्कृति हराएको थियो ।
हराएको स्नेहा थिइनन, पढाउने गुरु हराएका थिए, गुरुमा हराएकी थिइन् l आफ्ना बालबच्चाको अवस्था थाहा नपाउने परिवार हराएको थियो l बालबच्चालाई आफ्नो अतृप्त सपनाको भारी लादेर आफूले भनेको गर्न बाध्य पार्ने समाज हराएको थियो l स्नेहा त हराएकी होइनन् भेटिइन पशुपतिमा आत्मिक शान्तिको कामना गर्दा गर्दै तर हराएको हाम्रो उन्नत शिक्षा संस्कार संस्कृति,परिपाटी र सभ्यता चैं कहिले भेटिन्छ ?
समय यसरी परिवर्तन भईदियो कि सानोमा पढाइको नोट बनाउने प्रेसर, ठुलो भएपछि नोट कमाउने प्रेसर । कुन दिन टाउकोमा सिट्टी लाग्छ थाहा छैन ।
देव शर्माले एक हप् देखि हराएकी स्नेहा लामिछानेलाई पशुपतिको आरतीस्थलमा भेटेर अनुभूत गरेका र केही छिनको कुराकानी पश्चात दृष्टिबोध गरेका विचारहरू हुन् l - akabarey.com सम्पादक
स्नेहा भेटिएकी छन् l उनको बारे akabarey.com ले पहिलो पटक समाचार सामग्री राखेको थियो :
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l