सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन गरेर निकास दिन कांग्रेससँग प्रधानमन्त्री सहमत

काठमाडौं, जेठ, ५
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा बैठक गरी छलफल गरेका छन् l
छलफलमा कांग्रेसले राखेको तीन बुँदे मागमा प्रधानमन्त्री दाहाल सकारात्मक रहेको कुरा कांग्रेस नेताहरूसँग बताएका छन् l
कांग्रेसले राखेको तीन बुँदे मागलाई सत्ता साझेदारसँग छलफल गरेर कांग्रेससँग फेरि बस्ने गरी बैठक सकिएको छ l बैठकबारे जानकारी दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गरेर निकास दिन सहमत भएको बताए । लेखक भन्छन् : उहाँ सकारात्मक हुनुहुन्छ । यो विषयमा सत्ता साझेदार दलसँग छलफल गरेर कांग्रेससँग थप छलफल गर्ने भन्नुभएको छ । ’
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेर बहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला र रमेशलेखकलगायतका नेताहरू बालुवाटार पुगेका थिए ।
जसको कुरा सुने पनि त्यो हो त्यसमा म असहमत छैन भन्ने तर आफ्नो अडानमा अडन नसक्ने बानीप्रति भने काङ्ग्रेसले शङ्का व्यक्त गरेको छ l ओली र रविको प्रेसर धान्न प्रधानमन्त्री राजी बने निकास निस्कने कुरामा कांग्रेसनेताहरू ढुक्क छन् l
फाइल फोटो प्रयोग
अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्...
रास्वपाले पार्टीको दस्तावेजमै उल्लेख गरिसकेको विषय हो यो अन्यथा होइन l
केन्द्रीय समितिको निर्णयको स्वीकार्यता फराकिलो हुने भन्दै केन्द्रीय समिति बैठक आह्नवान गरिएको हो ।