ब्रिटिस सुन्दरीको चुम्बन

संस्मरण - पुष्कर शाह
जिन्दगीभर पेंटिंग बनाउँदा बनाउँदा थाकेको लियो नार्दो दा भिन्ची जस्तै म ढलेको छु l अनि मेरी मोनालिसा मेरै पेंटिंग बनाउदै छे l सेलिना उसको पेन्सिलले मेरो चित्र कोरीरहेकी छे । मैले बालुवामा साइकल लडाएर पछाडीको पांग्रामा टाउको अड्याएको छु । ऊ कस्तो कलाकार हो मलाई खासै थाहा छैन । उसले बनाएको मेरो चित्र हेरेपछि थाहा होला । कलिलो रात बिस्तारै छिप्पिंदै छ ।
मेरी मोनालिसा छेवैमा राखेको क्यान बियर घुटुक्क पार्छे अनि फेरि पेन्सिल चलाउछे । 'तिमी जस्तो बहादुर मान्छे संसारमा बिरलै भेटिन्छ।' बेला बेलामा ऊ मेरो प्रसंशा गर्दै बोल्छे । सायद भिन्चीले मोनालिसालाई त्यसै भने होलान् उनको चित्र कोर्दा खेरिपनि ? तिमी जस्ती सुन्दरी कोही र कहिल्यै कतै देखिन ?'
म लखतरान छु,दिनभरिको थकाईले ममा बोल्ने शक्ति अलि कम भएको छ । म उसको बोलाईलाई टाउकोको इसारा र मन्द मुस्कानले मात्र उत्तर दिन्छु l ऊ भन्छे ' मलाई तिम्रो मुस्कानपनि खुबै मिठो लाग्यो, तिमी मुस्कानको पनि बादशाह हौ, पुष्कर शाह मात्र होइनौ ?' ऊ फेरि थप्छे ।
ज्यान अलि हलुङ्गो भएको भए मपनि उसको कति मिठो सुन्दर बयान गर्दो हुँ । उसको सौन्दर्यले म पुलकित थिएँ, भित्र भित्र बेस्सरी मोहित भैसकेक्को थिएँ l उसको कुरा गर्ने शैलीमा म मुग्ध थिएँ l उसको बोलीमा मह घोलेको मिठास अनूभूत भएको थियो l
हुनपनि ऊ सामान्य युवती भन्दा निकै सुन्दर छे । आफूलाई मन परेको वस्तु र चिज अनि मान्छे कहिलेकाहीँ अकारण पनि असाध्यै राम्रो लाग्छ भन्छन् l तर ऊ संसारमा मैले देखे मध्य राम्रीहरूको हारमा पर्ने मान्छे हो l उसको बोली,जिउडाल,शैली, आँखा अनि हात पाउ सबै सबै एउटा पुरुष मान्छेको कमजोरीको लागि चित्ताकर्षक थियो l त्यसमाथि ऊ मेरो प्रसंशा गरिरहेकी थिई l
मेरो भने हाल यस्तो थियो कि ? छेउमा राखेको बियरको क्यान पनि कसैले मुखसम्म ल्याई दिए हुन्थ्योनि झैं भएर थाकेको थाकेको थियो । अझ यो सुन्दर डेनिश युवतीको हातले पिलाएको बियर पिउन पाए खास्सा हुन्थ्यो । म सुन्दर कल्पना गर्छु ! " निदायौ ? " ऊ मलाई बियर खुवाउन बिउझाउँछे ।
'बियरको चुस्की लिदै गर, सकिनै लाग्यो ।अनि त्यसपछि मस्तीले मात्नुपर्छ, बझ्यौ ?' म उस्तै मुस्कुराइ दिन्छु । "बियरले मातेर यो विचको बालुवामा छालहरूको संगीतमा उत्ताउलिंदै लडिबुडी खेल्न कम्ति आनन्द आउदैन ? कहिल्यै त्यस्तो गरेका छौ ?' ऊ पेन्सिल चल्दै बोलिरहन्छे ! 'मेरो अनुहार बिग्रेला' मलाई आधी क्यान बियरले बल्ल एक रन्को छोयो !'
हे गायज हाउ उ डोइङ्ग ? " सुन्दै ब्रिटिस लवज लाग्ने दुइटा युवा युवती हात समातेर बालुवामा लठ्ठारिंदै हाम्रो नजिक आए । सेलिनाले मेरो परिचय सुनाई " डु यु उ दिस म्यान ? " हि इज ट्राभलिङ्ग अराउण्ड द ओर्ल्ड " " रिअल्लि ?" ब्रिटिस युवती उसको केटाको हात छोडेर मेरो पिडुला समात्न आई ! मैले उठेर उसँग हात मिलाएँ ! "कहाँबाट सुरु गर्यौ तिम्रो यात्रा ? " उसले सोधी ! "नेपाल " " वाउ , हिमालयको फेदीबाट , ब्रेभ गुर्खा , आई लभ गुर्खा ! "
म उठेकोमा सेलिना अलिकति ठुस्स परी । सायद उसको चित्र सकिनै लागेको थियो, त्यतिमात्र होइन स्वाभाविक स्त्रीसुलभ इर्श्या पनि जागृत भएको हुनुपर्छ उसको ठुस्काइमा ? त्यो ब्रिटिस केटीले मेरो हात समातेर उसको केटा सामु लागि अनि कस्सेर बोली । " हनी डु उ नो दिस म्यान ? " हि इज रियल गुर्खा " सेलिना हामीतिरै मोडीइ । " हनी आइ वान्ट किस यु " उसले मलाई चुम्बन गर्न चाही ।
त्यो केटी मात्र हैन केटापनि मातेको छ भन्ने मलाई लागेको थियो । उसको केटा त्यहीँ हुँदाहुँदै मलाई चुम्बन गर्न खोज्नु भनेको ऊ अलि उत्तेजित भएकै हो झैँ लाग्यो। " ऊ को हो तिम्रो ? " मैले उसको केटालाई देखाएर सोधें । "माइ ब्वाइफ्रेन्ड " उसको ब्वाइफ्रेन्डसँगै हुँदाहुँदै ऊ मलाई किस गर्न चाहन्छे ।
हत्तेरी ब्रिटिस सुन्दरी चाहना । मैले पुलुक्क सेलिनालाई हे रें। सेलिना मलाई नै हेरी रहेकी थिइ। " ओ सोल्टी सुन्यौ तिम्ले , तिम्रो प्रेमिका के भन्दैछे ? " मैले त्यो केटो साच्चिकै मातेको हो कि भनेर उसको हात झडकालेर सोधें । " बिचरीको इच्छा पूरा गरी देउन त "
उसले मलाई नम्र भएर भन्यो । आबुइ ! सेलिना र मैले फेरि हेराहेर गर्यौं । उसले मलाई उसको ब्वाइफ्रेन्डलाई जस्तै गरि अंगालोमा बाँधी । दिनभर साइकलको ह्यान्डल समातेर गलेका मेरा हात बिस्तारै मुर्झाए । मैलेपनि उसलाई बेस्सरी अंगालोमा कसें । उसले मलाई उसका कोमल ओठले भयानक चुम्बन गरी । म ,सेलिना , उसको ब्वाइफ्रेन्ड हेरेको हेर्यै । दिनभरिको थकान फुस्स भयो । सायद मेरो ओठभन्दा उसका ओठ केही ठुला , पोटिला थिए l त्यसैले उसको ओठ, मेरो ओठमा नजोडेर उसले मलाई गालामा चुम्बन गरी ।
स्मरणीय विश्वसाइकल यात्री पुष्कर शाहको प्रकाशोन्मुख किताब मृत सागरदेखि सगरमाथासम्म बाट साभार
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l