एकल जातीय वर्चस्व रहेको राजदूत छनोट - सम्पादकीय

विभिन्न ११ देशमा रिक्त रहेको राजदूतमा सरकारले ८ देशको लागि ८ जनाको सिफारिस गरेको छ l लोकदर्शन रेग्मी भारत,चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्क, डा विजन पन्त बेलायत, पुष्पराज राजकर्णिकार स्पेन, नेत्रप्रसाद तिमल्सेना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि सिफारिस गरिएका छन् l राजदूतहरूमा पाँच जना एकल जातीय वर्चस्वका (ब्राह्मण समुदाय) का छन् । दलितलाई निषेध गरिएको छ भने दुईजना जनजाति समुदायबाट सिफारिसमा परेका छन् भने एकजना मुसलमान समुदायका रहेका छन् l
अन्य दलबाट राजदूत सिफारिसमा जे जस्तो भए पनि रास्वपाले विधिवत र प्रक्रियासङ्गत प्रतिस्पर्धा गराएर आफ्नो भागको दुई सिटमा दलित समुदायको प्रतिनिधित्व गराउनेछ । किनकि रास्वपा नयाँ हो । विकृतिको केन्द्र भञ्जन र अन्यभन्दा फरक गर्नु उसको चरित्र र दृष्टान्त हो ।
समावेशी र समानुपातिक विधि र पद्धतिको अनुसरणमा मात्रै जनताको मन जित्न सकिन्छ । सबै समुदायको प्रिय बनिन्छ l राजदूतमा भागवण्डा होइन छनोटमा मापदण्ड विधि र प्रक्रियाको लागि रास्वपाको दबाब हुनुपर्थ्यो । यद्यपि उसको भागमा परेका दुई राजदूत चयन प्रक्रियालाई रास्वपाले मानक बनाएर देखाउने अवसर भने चुकिसकेको र गुज्रिएको छैन । रास्वपाले स्वतन्त्र, पारदर्शी र परराष्ट्र मामला बुझ्ने व्यक्ति र ल्याकतवाला (विषय विज्ञ ) पर्ने विधि तय गरेर आफ्नो भागको राजदूत सम्बन्धित देशमा पठाउने छ ।
राजदूत छनोट प्रक्रिया र राजदूतमा समावेश असमावेशी तरिका र शैलीको व्यापक विरोध भएको छ l छनोट हुन बाँकी ३ देशको राजदूतमा भने दलितलगायत समुदायको प्रतिनिधित्व रहनु पर्ने र महिलाको सङ्ख्या थप्नु पर्ने सुझाव जनस्तरबाट आएको सुनिन्छ l देश सबैको हो भन्ने भान दिन पनि दलितलगायत समुदायको प्रतिनिधित्व गराउन जोडदार अपिल गरिन्छ l
हरण गरिएको आत्मसम्मान, पुगेको नैतिक घाटा, दुख दिएर खोसिएको सामाजिक साखको क्षतिपूर्ति कहिल्यै र कसैगर...
अग्रिम र सिस्टमेटिक टिकट बुकिंग व्यवसायीलाई सहुलियत यात्रुलाई भरपर्दो र प्रभावकारी सेवामामा राज्यका...
दलितलाई हेर्ने दृष्टिकोण सच्याउन र सच्चिन सरकार र विशेषगरी केपी ओलीलाई हार्दिक अपिल गरिन्छ l प्रश्न...