सांसद तोसिमा कार्की र डाक्टर गोविन्द केसी बिच छलफल

सांसद तोसिमा कार्कीले डाक्टर केसीसँगको भेटलाई उल्लेख गर्दै आफ्नो फेस बुक वालमा डाक्टर केसी, केदारभक्त माथेमालगायतसँग बसेको फोटो सार्वजनिक गरेकी छन् l डाक्टर गोविन्द केसीको सत्याग्रहमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएकी डाक्टर तोसिमा कार्कीले संसदमा पनि डाक्टर केसीको माग र भावना प्रतिनिधित्व गर्दै जोडदारसँगबोल्ने गरेकी छन् l केही दिन अगाडि डाक्टर केसीले अर्को सत्याग्रह सुरू गर्ने अल्टिमेटम दिए पछि केसीको माग बारे चासो राखेकी सांसद कार्कीले आज डाक्टर केसी र माथेमा लगायतसँग भेट गरेर सल्लाह सुझाव लिएकी छन् l केसीको अभियानमा आफू सडकदेखि संसदसम्म लडिरहने प्रतिवद्धता पनि डा. कार्कीको रहेको छ l आजसम्म कयौ मान्छेले डाक्टर केसीको साथ छोडे अब तपाईको भूमिका फेरियो तपाई पनि केसीको साथ अझै हुनहुन्छ र ? भन्ने akabarey. com को प्रश्नमा 'जनताको स्वास्थ्य र शिक्षालगायत केसी सरले राखेको जायज मागमा म अविरल साथ रहने छु' सांसद कार्की भन्छिन् l डाक्टर केसीले अनशन बस्ने स्थिति नबनोस् भनेर म निरन्तर सरोकार वालासँगको भेटमा छु l त्यही सन्दर्भमा आजको भेट तय गरिएको हो l सांसद कार्कीले सुनाइन् l केसी सरको शरीर २० औँ पटकको अनशन र उमेरले जराजीर्ण छ यस्तो शरीरको मान्छेलाई अब दुख दिँदा पाप लाग्छ म उहाँलाई अनशन बस्न नदिने वातावरणको लागि काम गर्दैछु l
सांसद डाक्टर कार्कीको फेस बुक स्टाटस जस्ताको त्यस्तै :
सडकदेखि सदनसम्म
१) पछिल्लो समय, सिटीभिटीले चिकित्सा शिक्षा ऐेन उल्लङ्घन गरी जथाभावी ऐन विपरीत सम्बन्धन दिने, शुल्क बढाउने, सिट तोक्ने कार्य गरेकोमा यसलाई तत्कालै रोकी चि शि ऐन बमोजिम चिकित्सा शिक्षा आयोग मार्फत गर्न/ गराउन |
२) एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकको मस्यौदालाई यथासिघ्र मन्त्रीपरिषदबाट पारीत गरी प्रकृया अघि बढाउन |
३) चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको कार्यकाल सकिन निकै कम समय रहेकोमा र चिकित्सा शिक्षा ऐनको दफा २२,२३,२४,२५ अनुरुप तत्कालै सिफारिस समिती बनाई नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइ एक दिन पनि आयोगजस्तो संवेदनशील नियामक निकायलाई नेतृत्वविहीन नबनाउन |
-शिक्षा मन्त्रीलाई प्रत्यक्ष भेटी आवश्यक कारवाही माग गरेका छौँ |
-हामी स्वयम् सदस्य रहेको संसदिय शिक्षा स्वास्थ्य समितीलाई विशेष ध्यानाकर्षण र कारवाही माग गरेका छौँ|
-प्रधानमन्त्रीलाई समेत यो विषयमा ध्यानाकर्षण पत्र पेश गरेका छौँ |
हिजो सडकबाट लडेका थियौँ, आज संसद, संसदिय समिती, मन्त्रालयहरुमा लड्दैछौँ| चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको हाम्रो दशकभर देखिको अनवरत लडाँई जारी छ |
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण...
भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् ।
स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको छ l अहिलेसम्म पारसलाई चौथो पटक हृदयघात भएको हो ।